Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०
काठमाडौं । देशभर हालसम्म ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । कपिलबस्तुमा आज ४ जना र भक्तपुरमा हिजो एकजना गरी कुल पाँचजनामा कोरोना संक्रमण देखिएको हो । सुरक्षा स्रोतले दिएको जानकारी अनुसार हिजो भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएका २७ वर्षका एक पुरुष सशस्त्र प्रहरीमा कार्यरत प्रहरी जवान रहेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोट स्थायी घर भै नीलबाराही गणमा कार्यरत ती प्रहरी जवान घरायसी कामका लागि केहीदिन अघि तराईका जिल्लामा गएको र त्यसपछि काठमाडौं फर्केर स्वाब परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको हो ।
उनी पूर्वगृहमन्त्री भीम रावलको घरको सुरक्षामा खटिएका सुरक्षाकर्मी हुन् । यस्तै कपिलबस्तुमा आज ४ जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये एकजना राष्ट्रिय अनुसन्धान विभागका असई, एकजना सशस्त्र प्रहरी बलका सई र नेपाल प्रहरीका एकजना हवल्दार र एक जना सई गरी कुल ४ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरुको अहिले स्थानीय अस्पतालको आइसोलेसनमा राखेर उपचार अघि बढाईएको छ ।
यसअघि कोरोना संक्रमित रहेको गाउँमा पुगेर स्वाब संकलन गर्ने क्रममा उनीहरुमा कोरोना संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि नेपालमा पर्साका २ र जनकपुरका एकजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको थियो भने वीरगञ्जकै एकजना नर्समा पनि कोरोना संक्रमण भेटिएको थियो । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।
जोखिमपूर्ण क्षेत्रमा सँधै अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मीलगायतको सुरक्षाका लागि उचित ध्यान नदिने हो भने भोलिका दिनमा यसले थप असर पु-याउने भन्दै सरोकारवालाले सरकारसँग उनीहरुको सुरक्षामा गम्भीर बन्न आग्रह गरेका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना भाइरसको नाम अब ‘कोभिड १९’
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२०एजेन्सी । झण्डै एक हजार २ सय...
हिमपहिरोमा पुरिएका धादिङ्का तामाङ्को शव ३ महिनापछि भेटियो
२०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२०काठमाडौं । २०७६ साल माघ ३ गतेदेखि...
अस्पतालले भन्यो : ‘कोरोना संक्रमितको मृत्यु भएकै छैन, मृत्युको विषयमा समाचार लेख्दा संवेदनशील बनौं’
२०७७ जेठ ७ गते बुधबार
२० मे, २०२०बुटबल । कोरोना संक्रमणलगायत अन्य विभिन्न समस्याबाट...
रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०चन्द्रनिगाहपुर । रौतहटमा आज थप २२ जनामा...
Top