Best Khabar Team | २०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०
काठमाडौं । काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत मकवानपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मुटुसम्बन्धी रोगबाट पीडित भै शिक्षण अस्पताल (टिचिङ्ग हस्पिटल) अन्र्तगत रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ती महिलामा गएराति कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित महिलाको स्थानी घर मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्रचौर रहेको बताइएको छ । उनी एकसाता अघि मुटुसम्बन्धी समस्याको उपचारका लागि उनी सेन्टरमा भर्ना भएकी थिइन् । ५४ वर्षकी ती महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकहरुले उनको स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाएका थिए । प्रयोगशालाले उनीमा कोरोना भएको पुष्टि गरेको छ ।
उनको अवस्था केही जटिल रहेको अस्पतालले जनाएको छ । हाल उनलाई शिक्षण अस्पतालकै हातामा रहेको गणेशमान भवनमा रहेको आइसोलेसन सेन्टरमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ । केहीसमयअघि उनमा स्वाव प्रश्वाससम्बन्धी समस्या देखिएको थियो । त्यसपछि हेटौंडा अस्पतालले थप उपचारका लागि भन्दै एकसाता अघि उनलाई काठमाडौं रिफर गरेको थियो । हाल उनको उपचारमा खटिएका चिकित्सकहरुको समेत स्वाब परीक्षण गरी उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय
२०७७ श्रावण २६ गते सोमबार
१० अगस्ट, २०२०काठमाडौं । सरकारले यसअघि गरेको निर्णयलाई पुर्नविचार...
लेबनानमा विस्फोटक पदार्थले भरिएको गोदाममा विस्फोट, कम्तीमा ७८ जनाको मृत्यु (भिडियोसहित)
२०७७ श्रावण २१ गते बुधबार
०५ अगस्ट, २०२०बेरुत, लेबनान । विस्फोटक पदार्थ भण्डारण गरेर...
पोखरामा सडक महोत्सवको रौनकता
२०७६ पुष १६ गते बुधबार
०१ डिसेम्बर, २०१९ पोखरा । नयाँवर्ष २०२० को अवसर...
सामुदायिक विद्यालयका विद्यार्थीलाई अबदेखि स्थानीय उत्पादनकै खाजा : कक्षा १० मा पनि भर्ना हुन मिल्नेगरी शिक्षा नियमावली संशोधन
२०७७ फाल्गुन ४ गते मंगलबार
१६ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले अब उप्रान्त देशका ७७...
Top