Best Khabar Team | २०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०
काठमाडौं । काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत मकवानपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मुटुसम्बन्धी रोगबाट पीडित भै शिक्षण अस्पताल (टिचिङ्ग हस्पिटल) अन्र्तगत रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ती महिलामा गएराति कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित महिलाको स्थानी घर मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्रचौर रहेको बताइएको छ । उनी एकसाता अघि मुटुसम्बन्धी समस्याको उपचारका लागि उनी सेन्टरमा भर्ना भएकी थिइन् । ५४ वर्षकी ती महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकहरुले उनको स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाएका थिए । प्रयोगशालाले उनीमा कोरोना भएको पुष्टि गरेको छ ।
उनको अवस्था केही जटिल रहेको अस्पतालले जनाएको छ । हाल उनलाई शिक्षण अस्पतालकै हातामा रहेको गणेशमान भवनमा रहेको आइसोलेसन सेन्टरमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ । केहीसमयअघि उनमा स्वाव प्रश्वाससम्बन्धी समस्या देखिएको थियो । त्यसपछि हेटौंडा अस्पतालले थप उपचारका लागि भन्दै एकसाता अघि उनलाई काठमाडौं रिफर गरेको थियो । हाल उनको उपचारमा खटिएका चिकित्सकहरुको समेत स्वाब परीक्षण गरी उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालका ७ विरामीमा कोरोना संक्रमण, अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द
२०७७ असार २३ गते मंगलबार
०८ जुलाई, २०२०काठमाडौं । आफ्नो अस्पतालमा उपचाररत ७ जना...
बिषाक्त च्याउले जाजरकोटमा लियो एकै घरका ४ जनाको ज्यान
२०७७ श्रावण १३ गते मंगलबार
२९ जुलाई, २०२०खलंगा, जाजरकोट । वर्षातको पानीका कारण जंगलमा...
कोरोना संक्रमितलाई अन्यत्र रिफर नगर्न र कम्तीमा २० प्रतिशत बेड संक्रमितको लागि छुट्ट्याउन निजी अस्पतालहरुलाई सरकारको निर्देशन
२०७७ श्रावण ३० गते शुक्रबार
१४ अगस्ट, २०२०काठमाडौं । सरकारले आफ्ना अस्पतालहरुमा उपचारका क्रममा...
Top