नेपाली युवाको अमेरिकी सपना : अबैधरुपमा अमेरिका छिरेका ५ युवालाई विमान ‘चार्टर’ गरी हत्कडी लगाएर नेपाल पठाईयो

Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार


अमेरिकी अध्यागमन विभागले पक्राउ गरी नेपाल फर्काइएका युवा काठमाडौंको त्रिभवन विमानस्थलमा । तस्वीर सौजन्य : प्रहरी ।

१९ डिसेम्बर, २०१९

न्यूयोर्क । पछिल्लो समयमा नेपाली युवाहरुको अमेरिका प्रतिको क्रेज बढ्दै गै रहेको छ । डिभी भरेर होस् वा पर्यटक भिषामा अमेरिका छिरेर होस् अमेरिकामै सुन्दर भविष्य खोज्दै वर्तमानमा कडा संघर्ष र मेहनत गरेर यतै रुमलिनेहरुको संख्या बाक्लो छ । यही सपना साँचेर देखेर अबैधरुपमा अमेरिका छिरेका ५ नेपाली युवालाई अमेरिकाको अध्यागमन विभागले पक्राउ गरी नेपाल ‘डिपोर्ट’ गरेको छ ।

ती युवालाई नेपाल पठाउन अध्यागमन विभागले विमाननै चार्टर गरेको थियो । उनीहरुलाई अध्यागमन विमागबाट खटिएका सुरक्षाकर्मीले पक्राउ गरी करिब ९ महिना जेल राखेर विमानमै हत्कडी लगाएर नेपाल पठाएको हो । नेपाल फकाईएका युवाहरुमारूकुम स्यालापाखा गाउँपालिका वडा नम्बर ९ का नरेन्द्र रेउले, प्रमोदकुमार पुन मगर, बाग्लुङ धम्जाका देवेन्द्रबहादुर क्षेत्री, दाङ घोराहीका अभिश्वर बुढामगर र नवलपरासी कावासोतीका अर्जुन पौडेल रहेका छन् । उनीहरु नेपालबाट लाखौं रुपियाँ खर्चगरेर दलालमार्फत अबैध स्थलमार्ग हुँदै करिब ८ महिना लगाएर अमेरिका आइपुगेका थिए ।

अमेरिकी अध्यागमननले उनीहरुलाई सिमावर्ती मेक्सीकोको बार नाघेर अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ गरी नियन्त्रणमा लिएको हो । उनीहरुसँगै ३ जना पाकिस्तानी युवा पनि डिपोर्टमा परेका थिए । उनीहरुले नेपाल पुगेसँगै आफूहरुले अबैध रुपमा अमेरिका जाने क्रममा बाटोमा विभिन्न जोखिम तथा हण्डर भोग्नुपरेको बताएका छन् । दलालले मेक्सीकोसम्म पु¥याईदिने तर अमेरिका छिराउन नसक्ने बताएका कारण उनीहरुले आफूहरुलाई मेक्सिको पु¥याउने दलालको नाम पनि सार्वजनिक गरेका छैन ।

यसरी डिपोर्ट गरिएकामा एकजना युवा भने अध्ययन भिषाको समय सकिइसकेपछि पनि अबैधरुपमा अमेरिका बस्दै आएका युवा छन् । काठमाडौं आइपुगेपछिमात्रै उनीहरुको हातमा लगाईको हत्कडी खोलिएको अमेरिकाले फर्काइएका युवाले बताएका छन् । उनीहरुलाई प्रहरीले संरक्षणमा राखेर अहिले अनुसन्धान अघि बढाएको छ । विमानस्थल ओर्लँदा उनीहरुको हातमा प्लाष्टिकको झोला र बोरामा केही सामान देखिन्थ्यो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमित पत्रकारको भोगाई : ‘अस्पतालको आइसोलेसनमा पिउने पानी समेत पाईनँ’ कोरोना संक्रमित पत्रकारको भोगाई : ‘अस्पतालको आइसोलेसनमा पिउने पानी समेत पाईनँ’

२०७७ बैशाख ३१ गते बुधबार

कोरोना संक्रमणका बारेमा आम नागरिकलाई सत्य, तथ्य र निष्पक्ष...

पोखरामा सडक महोत्सवको रौनकता पोखरामा सडक महोत्सवको रौनकता

२०७६ पुष १६ गते बुधबार

०१ डिसेम्बर, २०१९ पोखरा । नयाँवर्ष २०२० को अवसर...

ठमेलले यसरी ग-यो पर्यटन वर्ष २०२० को स्वागत (फोटोफिचर) ठमेलले यसरी ग-यो पर्यटन वर्ष २०२० को स्वागत (फोटोफिचर)

२०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९ काठमाडौं । नेपाल भ्रमण वर्ष २०२०...

साढे तीन महिनादेखि हिमालमा हराईरहेका सातै जनाको शव भेटियो साढे तीन महिनादेखि हिमालमा हराईरहेका सातै जनाको शव भेटियो

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०पोखरा । नेपाली सेनाले विगत साढे ३...

Top