Best Khabar Team | २०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०
काठमाडौं । जुम्लाका २ र स्याङ्गजाका २ जनासहित देशका विभिन्न जिल्लामा गरी थप ९० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार जुम्ला जिल्ला घर भएका २ जनामा कोरोना संक्रमण देखिएको छ ।
यद्यपि उनीहरु बारा जिल्लामा कार्यरत रहेको बताइएको छ । मन्त्रालयले आज नियमित पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार सुर्खेतमा १२, स्याङ्गजामा २, महोत्तरीमा २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमिमध्ये ३ जना बालबालिका रहेका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म देशभर कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । देशभर १ सय ५५ जनाले कोरोनालाई जितेर घर फर्केका छन् भने ४ जनाको कोरोनाको कारण निधन भएको पुष्टि मन्त्रालयले गरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘चल न माया चल’को सफलताले बाह्र वर्षपछि फेरि खोला फर्कियो भन्छन् गायक सुवेदी
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२० काठमाडौं । नेपालीमा एउटा उखान छ,...
नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकी ठहर (प्रतिवेदनसहित)
२०७६ कार्तिक ७ गते बिहिबार
२४ अक्टोबर, २०१९ वासिङ्गटन डिसी । चिनियाँ राष्ट्रपति सि...
नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना !
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२० वीरगञ्ज । नेपालमा पहिलो पटक सञ्चारकर्मी...
२४ घण्टामा ३३४ जना संक्रमित थपिए : एकैदिन हालसम्म सबैभन्दा धेरै संक्रमित थपिए
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०काठमाडौं । नेपालमा एकैदिन हालसम्म सबैभन्दा धेरै...
Top