पाकिस्तानका पूर्वराष्ट्रपति मुर्शरफलाई मृत्युदण्ड दिन विशेष अदालतको आदेश

Best Khabar Team | २०७६ पुष १ गते मंगलबार


फोटो साभार : ग्लोवलभिलेजस्पेश डटकम

१७ जुलाई, २०१९, एजेन्सी
इस्लामावाद । देशद्रोेहको मुद्दामा पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफविरुद्ध मृत्युदण्डको फैसला सुनाइएको छ । स्थानीय विशेष अदालतका ३ जना न्यायशीसको बेञ्चले उहाँमाथि राज्यद्रोहको मुद्दामा मृत्युदण्डको फैसला सुनाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पूर्व राष्ट्रपति मुर्शरफ भने उपचारका क्रममा दुबईमा रहनुभएको छ ।

यही बेला लाहोरस्थित उच्च अदालतका उच्च न्यायाधीश संलग्न बेञ्चले यो फैसला सुनाएको हो । उहाँमाथि संविधानको उल्लंघन गरेको तथा अदालतले उपस्थित हुनका लागि पटक पटक गरेको आग्रहलाई वेवास्ता गरेको आरोप लागेको छ ।

राजधानी इस्लामावादस्थित अदालतमा २०१४ को मार्च महिनामा तत्कालीन पूर्व सैनिक एवं तत्कालीन राष्ट्रपति जनरल परवेज मुशर्रफलाई अभियुक्त बनाएर संविधान उल्लंघन एवं अवहेलनासम्बन्धी मुद्दा दायर भएको थियो । स्मरणीय के छ भने आजभन्दा करिब २० वर्षअघि मुर्शरफले सैन्य विद्रोह गर्नुभएको थियो ।

त्यसलगत्तै शासनसत्ता हातमा लिनुभएका मुर्शरफले आफू शैन्य प्रमुख रहेकै बेला २००१ को मध्यताका आफूलाई राष्ट्रपति घोषणा गर्नुभएको थियो । २००७ मा आफू राष्ट्रपति रहेकै बेला देशमा संकटकाल लगाएर देशद्रोह गरेकोले उहाँलाई मृत्युदण्ड दिन अदालतले आदेश दिएको अदालतको भनाई उद्दृत गर्दै पाकिस्तानी समाचारपत्र द डनले जनाएको छ।

यसैबीच दुबईमा उपचाररत मुर्शरफले भने आफूमाथि षड्यन्त्र गरिएको र आफूले राष्ट्रघात नगरेको भिडियो सन्देश सार्वजनिक गर्नुभएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

९  महिनादेखि भक्तजनका लागि बन्द पशुपतिनाथको मन्दिर पुस १ देखि खुल्ला गरिँदै ९ महिनादेखि भक्तजनका लागि बन्द पशुपतिनाथको मन्दिर पुस १ देखि खुल्ला गरिँदै

२०७७ मंशिर १५ गते सोमबार

३० नोभेम्बर, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

What is the ‘Burning Objects’ in Nepal’s sky this Thursday night? What is the ‘Burning Objects’ in Nepal’s sky this Thursday night?

२०७६ चैत्र १३ गते बिहिबार

26 March, 2020 PokharaThis Thursday night, people from Western...

अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’ अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२०पेरिस । फ्रान्सको पेर्पिग्न्यों शहरमा तीन जना...

स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को...

Top