Best Khabar Team | २०७६ पुष १ गते मंगलबार

१७ जुलाई, २०१९, एजेन्सी
इस्लामावाद । देशद्रोेहको मुद्दामा पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफविरुद्ध मृत्युदण्डको फैसला सुनाइएको छ । स्थानीय विशेष अदालतका ३ जना न्यायशीसको बेञ्चले उहाँमाथि राज्यद्रोहको मुद्दामा मृत्युदण्डको फैसला सुनाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पूर्व राष्ट्रपति मुर्शरफ भने उपचारका क्रममा दुबईमा रहनुभएको छ ।
यही बेला लाहोरस्थित उच्च अदालतका उच्च न्यायाधीश संलग्न बेञ्चले यो फैसला सुनाएको हो । उहाँमाथि संविधानको उल्लंघन गरेको तथा अदालतले उपस्थित हुनका लागि पटक पटक गरेको आग्रहलाई वेवास्ता गरेको आरोप लागेको छ ।
राजधानी इस्लामावादस्थित अदालतमा २०१४ को मार्च महिनामा तत्कालीन पूर्व सैनिक एवं तत्कालीन राष्ट्रपति जनरल परवेज मुशर्रफलाई अभियुक्त बनाएर संविधान उल्लंघन एवं अवहेलनासम्बन्धी मुद्दा दायर भएको थियो । स्मरणीय के छ भने आजभन्दा करिब २० वर्षअघि मुर्शरफले सैन्य विद्रोह गर्नुभएको थियो ।
त्यसलगत्तै शासनसत्ता हातमा लिनुभएका मुर्शरफले आफू शैन्य प्रमुख रहेकै बेला २००१ को मध्यताका आफूलाई राष्ट्रपति घोषणा गर्नुभएको थियो । २००७ मा आफू राष्ट्रपति रहेकै बेला देशमा संकटकाल लगाएर देशद्रोह गरेकोले उहाँलाई मृत्युदण्ड दिन अदालतले आदेश दिएको अदालतको भनाई उद्दृत गर्दै पाकिस्तानी समाचारपत्र द डनले जनाएको छ।
यसैबीच दुबईमा उपचाररत मुर्शरफले भने आफूमाथि षड्यन्त्र गरिएको र आफूले राष्ट्रघात नगरेको भिडियो सन्देश सार्वजनिक गर्नुभएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
जलवायु पविर्तनसम्बन्धी कुम्भमेला मड्रिडमा शुरु, करिब २ सय देशका प्रतिनिधि सहभागी
२०७६ मंशिर २३ गते सोमबार
०९ डिसेम्बर, २०१९मड्रिड । युरोपेली मुलुक स्पेनको पर्यटकीय सहर...
पहिलोपटक कपिलबस्तुमा पनि भेटिए २ कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या सय नाघ्यो
२०७७ बैशाख २५ गते बिहिबार
०७ मे, २०२०तौलिहवा । नेपालको कपिलबस्तु जिल्लामा पहिलो पटक...
भारतका चर्चित संगीतकर्मी वाजिद खानको कोरोनाका कारण निधन
२०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०नयाँदिल्ली । बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको...
अमेरिकाको टेक्सासमा नेपाली बालक गाडिभित्रै मृत भेटिए
२०७६ असार १९ गते बिहिबार
०४ जुलाई, २०१९ टेक्सास । अमेरिकाको टेक्सास राज्यमा परिवासँग...
Top