Best Khabar Team | २०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०
काठमाडौं । नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौंमा शिक्षण अस्पतालमा उपचारत एक पुरुषको कोरोनाबाट निधन भएको छ ।

उनी दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर २ का ७६ वर्षका पुरुष रहेका छन् । उनको शिक्षण अस्पतालको गणेशमान भवनमा रहेको कोरोना आइसोलेसनको आइसियू कक्षमा उपचार भै रहेको थियो । काठमाडौंको सिनामंगलमा रहेको काठमाडैं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका उनको अवस्था गम्भीर बनेपछि जेठ १४ गते राति शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।
शुरुमा उनी टाउकोमा चोट लागेर अस्पताल भर्ना भएका थिए । यसअघि नेपालका विभिन्न जिल्लामा सुत्केरी महिलासहित ८ जनाको निधन कोरोना संक्रमणकै कारण भएको पुष्टि मन्त्रालयले गरिसकेको छ । यस्तै देशभर २ हजार ३ सय जनामा कोरोना संक्रमण भएको पुष्टि पनि मन्त्रालयले गरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिका छि-यो कोरोना भाईरस, एक अमेरिकी युवकमा कोरोनाको संक्रमण
२०७६ माघ ८ गते बुधबार
२२ जनवरी, २०२०वासिङ्गटन् । अमेरिकाको वासिङ्गटन राज्यमा एक अमेरिकी...
ब्राजिलमा भेटिएको ‘नयाँ खाले’ कोरोना संक्रमण बेलायत र स्कटल्याण्डमा पनि देखियो
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१वेस्टह्याम, बेलायत । पहिलो पटक ब्राजिलमा भेटिएको...
भारतमा अलपत्र नेपालीको व्यवस्थापन गर्न दूतावासलाई सरकारको निर्देशन
२०७७ बैशाख २१ गते आइतबार
०३ मे, २०२०काठमाडौं । लकडाउनका कारण भारतका विभिन्न स्थानमा...
सामान्य भन्दा ४ गुणा महंगोमा टिकट विक्री हुन थालेपछि सरकारले लगायो ‘चार्टर फ्लाईट’ माथि प्रतिबन्ध
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०काठमाडौं । ‘चार्टर फ्लाईट’का नाममा विभिन्न ट्राभल्स...
Top