नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुग्यो

Best Khabar Team | २०७७ जेठ २१ गते बुधबार


०३ जुन, २०२०
काठमाडौं । नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौंमा शिक्षण अस्पतालमा उपचारत एक पुरुषको कोरोनाबाट निधन भएको छ ।

शिक्षण अस्पतालको गणेशमान भवन

उनी दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर २ का ७६ वर्षका पुरुष रहेका छन् । उनको शिक्षण अस्पतालको गणेशमान भवनमा रहेको कोरोना आइसोलेसनको आइसियू कक्षमा उपचार भै रहेको थियो । काठमाडौंको सिनामंगलमा रहेको काठमाडैं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका उनको अवस्था गम्भीर बनेपछि जेठ १४ गते राति शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

शुरुमा उनी टाउकोमा चोट लागेर अस्पताल भर्ना भएका थिए । यसअघि नेपालका विभिन्न जिल्लामा सुत्केरी महिलासहित ८ जनाको निधन कोरोना संक्रमणकै कारण भएको पुष्टि मन्त्रालयले गरिसकेको छ । यस्तै देशभर २ हजार ३ सय जनामा कोरोना संक्रमण भएको पुष्टि पनि मन्त्रालयले गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

न्युजिल्याण्डमा पनि आपत्कालको घोषणा : एक महिना सिँगो देश ‘लकडाउन’ न्युजिल्याण्डमा पनि आपत्कालको घोषणा : एक महिना सिँगो देश ‘लकडाउन’

२०७६ चैत्र १२ गते बुधबार

२५ मार्च, २०२०विलिङ्गटन । न्युजिल्याण्डमा पनि कोरोनाको संक्रमण चुलिँदै...

‘सेन्टर जेल’ का तीनजना कैदीबन्दीको मृत्यु, मृतकमध्ये एकमा कोरोना पुष्टि ‘सेन्टर जेल’ का तीनजना कैदीबन्दीको मृत्यु, मृतकमध्ये एकमा कोरोना पुष्टि

२०७७ भाद्र १६ गते मंगलबार

०१ सेप्टेम्बर, २०२०काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको सेन्टर जेल...

फिनल्याण्डमा ३४ वर्षकी महिला बनिन् प्रधानमन्त्री फिनल्याण्डमा ३४ वर्षकी महिला बनिन् प्रधानमन्त्री

२०७६ मंशिर २४ गते मंगलबार

११ डिसेम्बर, २०१९ हेलसिकी । पृथ्वीको उत्तरी गोलार्धमा रहेको...

१७५ जनाको जम्बो टोली लिएर उड्यो चीनबाट राष्ट्रिय ध्वजाबाहक विमान, ६ जना उतै रोकिए १७५ जनाको जम्बो टोली लिएर उड्यो चीनबाट राष्ट्रिय ध्वजाबाहक विमान, ६ जना उतै रोकिए

२०७६ फाल्गुन ३ गते शनिबार

१५ फेब्रुअरी, २०२० काठमाडौं । अन्तत: २४ दिनपछि चीनमा...

Top