सडक महोत्सवको निम्तो बाँड्न पोखराबाट सौरहासम्म

Best Khabar Team | २०७६ मंशिर २९ गते आइतबार


१५ डिसेम्बर, २०१९
पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गरेको २१ औ पोखरा सडक महोत्सवको निम्तो बाँढ्दै पोखराका व्यवसायीको टोली सौराहा पुगेको छ । आइतबार चितवनको सोराहामा पत्रकार सम्मेलन गरे निम्तो दिए । यस अगाडी जनकपुर, इटहरीमा समेत पत्रकार सम्मेलन गरेर निम्तो दिएका थिए ।

पोखरामा पर्यटन प्रर्बधन गर्न आयोजना गर्दै आएको सडक महोत्सव पुस १२ गते देखी १६ गते (डिसेम्बर २८ देखि जनवरी १ सम्म) सम्म सञ्चाल हुनेछ । सडकमै खाऔँ, सडक रमाऔँ’ भन्ने नाराका साथ प्रत्येक अङ्गेजी नयाँ वर्षका अवसरमा महोत्सव गर्दै आएको छ ।

सौराहामा आयोजीत पत्रकार सम्मेलनमा रेवान पोखराका पुर्व अध्यक्ष सुर्य भुजेलले पोखरा सडक महोत्सवले पोखराको मात्रै नभएर आर्थिक रुपमा देश भर चलायमान बनाउदै गरेको बताए । उनले पोखरा सडक महोत्सवको अवसरमा बस, जहाजले थप सेवा विस्तार गरेर सेवा दिदै आएको बताए । उनले यसबाट देश भरी नै चलायमान भएका स्पष्ट देखीने गरेको बताए ।

कार्यक्रममा पुर्व अध्यक्षा गोपी बहादुर भट्टराईले सडक सञ्जाललाई अझ राम्रो बनाउनु पर्ने बताए । त्यसका लागि सरकारलाई दुबै तर्फका व्यवासायी लाग्नु पर्ने बताए । कार्यक्रममा रेवावन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले पोखरा र सौराहा सगँ सगैँ हातेमालो गरेर हिडिरहेको बताए । उनले दुबै ठाउँका व्यवसायी सगँ सगँ लाग्नु पर्ने बताए । सौराहाका व्यवसायी र पत्रकारले पोखराको फेवातालको बारेमा चिन्ता व्यक्त गरे । उनीहरुले फेवाताल संरक्षका लागि व्यसायीले लाग्नुपर्ने सुझाब दिएका थिए ।

पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेल, पश्चिमाञ्चल होटल संघका उपाध्यक्ष लक्ष्मण सुवेदी, नाटाका पुर्व अध्यक्ष ओमप्रकाश पाण्डे, ट्रेकिङ एजेन्सीज एसोसियन अफ नेपाल पश्चिमाञ्चनका अध्यक्ष हरि भुजेल, पत्रकार विनोद लामिछाने लगायतले स्तरीय बस सेवा सञ्चालन गर्नु पर्नेमा जोड्दिए ।

पोखराको फिस्टेल गेटदेखि डिहिको पाटनसम्मको करिब ३ किलोमिटर खुला सडकमा महोत्सव संचालन हुनेछ । खुला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै साँस्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुनेले बताए । महोत्सव संचालन हुने दायाँबाँयाका सडकहरूमा रङ्गरोगन गरिएको छ भने रङ्गीचङ्गी धोजा टाँगेर सिँगारिने छ । अँग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरिएको महोत्सवको मुख्यस्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आकर्षण रहने छ ।

महोत्सवको आक्रर्षणमा भारतिय, पाकिस्तान साँस्कृतिक, नेपालका लोपउन्मुख साँस्कृतिक कार्यक्रमहरु ३ कि.मि. क्षेत्रका वाटोमा रहेका स्टेजहरुमा प्रर्दशन गरिने, सडक मै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृतचित्त प्रदर्शनी, बालउद्यान, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लाइभ कन्सर्ट प्रस्तुति राजु लामा, सविन राई, कर्म व्याण्ड, अभए एण्ड स्टिम इन्जस, लाह्रे, माउण्ट ८८४८ को प्रस्तुती रहने आयोजकले जनाएको छ ।

त्यसै गरी ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लोक दोहोरी प्रस्तुति पुरुषोत्तम न्यौपाने, प्रजापती पराजुली, कृष्ण गुरुङ्ग, वद्री पंगेनी, प्रीति आले, राजन गुरुङ्ग, टिका सानु, सरला पाण्डे, राजु परियार, कमला घिमिरे, पशुपती शर्मा, संझना भण्डारी, कुमार पुन, पार्व्ित जिसि, हास्य कलाकारहारु पोख्ररेली माग्ने वुढा, दिवाकर भण्डारीको समुह, मनोज गजुरेल र पुर्खे बा लगाएका कलाकारले हसाउने छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

यी १२ सांसद जसले संविधान संशोधन प्रस्तावमाथिको मतदानमा सहभागिता जनाएनन् यी १२ सांसद जसले संविधान संशोधन प्रस्तावमाथिको मतदानमा सहभागिता जनाएनन्

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमिसहित...

‘नयाँ नक्सा’ सार्वजनिक, अब नेपालको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर ‘नयाँ नक्सा’ सार्वजनिक, अब नेपालको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०काठमाडौं । सरकारले विगतमा भारतले अतिक्रमित गरेको...

पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना

२०७६ मंशिर २३ गते सोमबार

गंगाजमुना अर्थात् गंगा र जमुना, दुई दिदीबहिनी । विशेष...

देशभर कोरोना संक्रमितको संख्या १४ हजार बढी (प्रदेशहरुको तथ्यांकसहित) देशभर कोरोना संक्रमितको संख्या १४ हजार बढी (प्रदेशहरुको तथ्यांकसहित)

२०७७ असार १७ गते बुधबार

०१ जुलाई, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा देखिएको कोरोना...

Top