Best Khabar Team | २०७७ जेठ ३१ गते शनिबार
१३ जुन, २०२०
काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमिसहित तयार भएको नेपालको नयाँ नक्सालाई समावेश गरेर तयार पारिएको नयाँ निसान छाप पारित गर्नका लागि आज प्रतिनिधिसभा भएको मतदानमा केही सांसदहरु अनुपस्थित रहेका थिए ।

नयाँ निसान छाप पारित गर्नका लागि भएको संविधान संशोधन प्रस्तावमाथिको मतदानमा विभिन्न राजनीतिक दलसम्बद्ध १२ जना सांसदहरु अनुपस्थित भएका हुन् । संसद सचिवालय स्रोतले दिएको जानकारी अनुसार प्रतिनिधिसभामा हाल कायम रहेको २ सय ७५ सांसद मध्ये २ सय ५८ जनाले मात्रै संविधान संशोधनको पक्षमा मतदान गरेका थिए ।
सचिवालयका अनुसार संविधान संशोधनको विधेयकमाथि मतदानमा सहभागी नहुने सांसदहरुमा हरिबोल गजुरेल, शिवकुमार मण्डल, प्रमोद शाह, दुरालीदेवी खत्वेनी, धनबहादुर बुढाा, गोपालबहादुर बम, अमृतादेवी अग्रहरी रहेका छन् । यस्तै सूर्यनारायण यादव, सरिताकुमारी गिरी र ज्ञानकुमारी छन्त्याल र सूर्यबहादुर केसीले पनि मतदानमा सहभागीता जनाएनन् ।
यसमध्येमा गिरीले आजको संसद बैठकमा उपस्थिति जनाएको भएपनि बैठक बहिष्कार गर्दै बाहिरिएकी थिइन् । विभिन्न अभियोगमा सांसदहरु रेशम चौधरी, मोहम्मद अफताव आलम र विजयकुमार गच्छदार र हरिनारायण रौनियारको सांसद पद भने अहिले निलम्बनमा परेको छ ।
यी बाहेक अन्य १२ जना सांसद बैठकमा किन अनुपस्थित भए भन्ने विषयमा कुनै जानकारी सार्वजनिक भएको छैन । राष्ट्रिय स्वाधिनताको पक्षमा भएको यो ऐतिहासिक बैठक र मतदान कार्यक्रममा सांसदहरु अनुपस्थित हुनुलाई आम नागरिकले भने अनौठो र दुःखद भएको प्रतिक्रिया दिएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘चेला’लाई विदेश पठाउने भन्दै लाखौं ठगी गर्ने ‘बाबा’ काठमाडौंमा पक्राउ
२०७६ पुष २८ गते सोमबार
१३ जनवरी, २०२० काठमाडौं । आफूलाई तान्त्रिक बाबा भएको...
अमेरिकामा यहुदी धर्मगुरुको घरमा छुराकाण्ड : ५ घाइते
२०७६ पुष १३ गते आइतबार
२९ डिसेम्बर, २०१९ न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेका यहुदी...
कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कोरोना संक्रमितहरुले स्वास्थ्यकर्मीले...
ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री मोदी नै पुगे विमानस्थल
२०७६ फाल्गुन १२ गते सोमबार
२४ फेब्रुअरी, २०२० नयाँदिल्ली । दुईदिने भारत भ्रमणका लागि...
Top