Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९
नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीलगायतका स्थानमा चर्चिएको नयाँ नागरिकता सम्बन्धी काननुको विवादलाई मध्यनजगर नगर्दै विभिन्न क्षेत्रमा प्रदर्शनमा रोक लगाइएको छ । दिल्ली, उत्तरप्रदेश, कनार्टकलगायतका केही ठाउँमा प्रदर्शनमा प्रविबन्ध लगाईको विविसीले जनाएको छ । यस्तै राजधानी दिल्लीका केही स्थानमा टेलिफोन तथा इन्टरनेट सेवा समेत अवरुद्ध गरिएको छ । दिल्लीका कतिपय स्थानमा मेट्रोरेलसेवा समेत बन्द गरिएको छ ।
नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर विगत केही दिनयता दिल्लीलगायतका भारतका केही प्रमुख शहरहरुमा प्रर्दशन तीव्र बन्दै गएपछि स्थानीय प्रशासनले प्रदर्शनमा रोक लगाएको हो । कतिपय स्थानमा प्रदर्शनकारीहरुलाई पक्राउ गरी प्रहरीले नियन्त्रणमा लिएको छ । कतिपय स्थानमा प्रदर्शनकारीहरुले हृंशक प्रदर्शन गरेपछि प्रशासानले कडा कानुन ल्याएको हो । सुरक्षाकर्मीहरुले प्रदर्शनकारीहरुलाई प्रदर्शन रोक्न तथा सर्वसाधारणलाई प्रदर्शनबाट टाढै रहनका लागि आग्रह गरेका छन् ।
स्थानीय प्रशासनको अनुरोधका बाबजुत पनि मुम्बई, दिल्लीको लालकिल्ला, ब्यांलोर, युपीलगायतका स्थानमा विभिन्न समूहले प्रदर्शन जारी राखेका छन् । विशेष गरी विभिन्न मुलुकबाट गैरकानुनीरुपमा भारत प्रवेश गरेका मुस्लिम समुदायलाई पनि भारतको नागरिकता दिने कुरा नागरिकता सम्बन्धी कानुनमा उल्लेख गरेपछि त्यसको विरुद्धमा भारतको अल जामिया इस्लामिया कलेजबाट शुरु भएको प्रदर्शन देशब्यापी बनेको हो ।
जामिया कलेजमा भएको प्रदर्शनमा प्रहरीले व्यापक धरपकड गरेपछि अन्य स्थानका सर्वसाधारण, विद्यार्थी, नागरिकसमाज, समाजसेवीलगायतकाले स्वर्तफूर्तरुपमा आन्दोलनमा सहभागीता जनाएका छन् । उनीहरुले आन्दोलनमा ऐक्यबद्धता जनाउन समेत सबैलाई आग्रह गरिरहेका छन् । भारतीय टेलिकम कम्पनी एयरटेलले राजधानी दिल्लीका केही भागमा भ्वाइस, एसएमएस र इन्टरनेट सेवा बन्द गरेको जनाएको छ। सरकारको आदेशमा यी सबै काम भएको एयरटेलको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गायक कटुवालको पक्राउ नियोजित : संगीतकर्मी संघ
२०७६ फाल्गुन ७ गते बुधबार
१९ फेब्रुअरी, २०२०काठमाडौं । लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी...
फ्रान्समा कोरोनाबाट मृतकको संख्या थपिँदै जाँदा लकडाउन पनि एक महिना थपियो
२०७७ बैशाख २ गते मंगलबार
१४ अप्रिल, २०२० एण्डोभन । युरोपेली मुलुक फ्रान्समा पछिल्लो...
मध्यरातमा जुवाको खालमा प्रहरी छापा : वडाअध्यक्षसहित १६ पक्राउ
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी, २०२० कैलाली । कैलालीको धनगढीमा एक स्थानीय...
लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । गत चैत्र ५ गतेदेखि मलुकभर...
Top