भारतमा नागरिकता कानुनको विरोध : दिल्लीमा मोबाइल र इन्टरनेट सेवा बन्द, प्रदर्शनमा रोक

Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार


१९ डिसेम्बर, २०१९
नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीलगायतका स्थानमा चर्चिएको नयाँ नागरिकता सम्बन्धी काननुको विवादलाई मध्यनजगर नगर्दै विभिन्न क्षेत्रमा प्रदर्शनमा रोक लगाइएको छ । दिल्ली, उत्तरप्रदेश, कनार्टकलगायतका केही ठाउँमा प्रदर्शनमा प्रविबन्ध लगाईको विविसीले जनाएको छ । यस्तै राजधानी दिल्लीका केही स्थानमा टेलिफोन तथा इन्टरनेट सेवा समेत अवरुद्ध गरिएको छ । दिल्लीका कतिपय स्थानमा मेट्रोरेलसेवा समेत बन्द गरिएको छ ।

नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर विगत केही दिनयता दिल्लीलगायतका भारतका केही प्रमुख शहरहरुमा प्रर्दशन तीव्र बन्दै गएपछि स्थानीय प्रशासनले प्रदर्शनमा रोक लगाएको हो । कतिपय स्थानमा प्रदर्शनकारीहरुलाई पक्राउ गरी प्रहरीले नियन्त्रणमा लिएको छ । कतिपय स्थानमा प्रदर्शनकारीहरुले हृंशक प्रदर्शन गरेपछि प्रशासानले कडा कानुन ल्याएको हो । सुरक्षाकर्मीहरुले प्रदर्शनकारीहरुलाई प्रदर्शन रोक्न तथा सर्वसाधारणलाई प्रदर्शनबाट टाढै रहनका लागि आग्रह गरेका छन् ।

स्थानीय प्रशासनको अनुरोधका बाबजुत पनि मुम्बई, दिल्लीको लालकिल्ला, ब्यांलोर, युपीलगायतका स्थानमा विभिन्न समूहले प्रदर्शन जारी राखेका छन् । विशेष गरी विभिन्न मुलुकबाट गैरकानुनीरुपमा भारत प्रवेश गरेका मुस्लिम समुदायलाई पनि भारतको नागरिकता दिने कुरा नागरिकता सम्बन्धी कानुनमा उल्लेख गरेपछि त्यसको विरुद्धमा भारतको अल जामिया इस्लामिया कलेजबाट शुरु भएको प्रदर्शन देशब्यापी बनेको हो ।

जामिया कलेजमा भएको प्रदर्शनमा प्रहरीले व्यापक धरपकड गरेपछि अन्य स्थानका सर्वसाधारण, विद्यार्थी, नागरिकसमाज, समाजसेवीलगायतकाले स्वर्तफूर्तरुपमा आन्दोलनमा सहभागीता जनाएका छन् । उनीहरुले आन्दोलनमा ऐक्यबद्धता जनाउन समेत सबैलाई आग्रह गरिरहेका छन् । भारतीय टेलिकम कम्पनी एयरटेलले राजधानी दिल्लीका केही भागमा भ्वाइस, एसएमएस र इन्टरनेट सेवा बन्द गरेको जनाएको छ। सरकारको आदेशमा यी सबै काम भएको एयरटेलको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

४ महिनापछि पायो प्रतिनिधि सभाले सभामुख, सापकोटाले खाए सपथ ४ महिनापछि पायो प्रतिनिधि सभाले सभामुख, सापकोटाले खाए सपथ

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी । निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा...

कोरोना संक्रमित बढेपछि उपत्यकामा थप कडाई गर्ने ३ जिल्लाका प्रजिअको निर्णय कोरोना संक्रमित बढेपछि उपत्यकामा थप कडाई गर्ने ३ जिल्लाका प्रजिअको निर्णय

२०७७ श्रावण २३ गते शुक्रबार

०७ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा लकडाउन खुल्ला भएसँगै...

एनआरएनएको नयाँ नेतृत्वका लागि अध्यक्षमा ५ जना भिड्दै, पहिलोपटक अनलाईन भोटिङ्ग हुँदै एनआरएनएको नयाँ नेतृत्वका लागि अध्यक्षमा ५ जना भिड्दै, पहिलोपटक अनलाईन भोटिङ्ग हुँदै

२०८० आश्विन २६ गते शुक्रबार

१२ अक्टोबर, २०२३लिंकरोड, बेल्जियम गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ...

High Cost Of A Strong Euro High Cost Of A Strong Euro

२०७७ भाद्र ११ गते बिहिबार

Daniel Gros Europe is experiencing a “good” crisis. Despite...

Top