Best Khabar Team | २०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०
काठमाडौं । सरकारले विगतमा भारतले अतिक्रमित गरेको भूमिलाई समेत समावेश गरेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले आज पत्रकार सम्मेनमार्फत् नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । नयाँ नक्सामा विगतमा नेपालको भूमि भएपनि भारतले कब्जा गरेर संरचना बनाएको तथा उनीहरुको देशको नक्सामा राखेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा तथा कालापानीजस्ता भूभागलाई समेटिएको छ ।
यसअघि केहीदिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भारतले अतिक्रमण गरेको नेपाली भूमि समावेश गरेर नयाँ नक्सा सार्वजनिक गर्ने बताएकी थिइन् । यस्तै ३ दिनअघि बसेको मन्त्रीपरिषद्को बैठकले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सरकारको यो निर्णयलगत्तै मन्त्री अर्यालले आज नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । नयाँ सार्वजनिक गरिएको नक्सा आजैको मितिबाट प्रचलनमा ल्याइने मन्त्री अर्यालले बताइन् । विगतमा सो क्षेत्रमा रहेको लिम्पियाधुरादेखी गुन्जी, नाभी र कुटीलगायतका क्षेत्रहरु नेपालको नक्सामा समावेश गरिएको मन्त्री अर्यालको भनाई छ ।
यो विषयमा भारतसरकारसँग पनि सौहार्दपूर्णरुपमा छलफल गर्ने उनले बताइन् । थप भूभाग समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिएपछि नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर हुने भएको छ ।
केहीदिनअघि भारतले सो क्षेत्रमा एकलौटी रुपमा खनेको बाटो उद्घाटन गरेपछि त्यसको चौतर्फी विरोध हुँदै आएको थियो । त्यसपछि सरकारले यो निर्णय गरेको हो । सरकारको यो निर्णयलाई सबै नेपाली जनताले साथ र समर्थन गरेका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भदौ १ बाट अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको तयारी, साउन तेश्रो साताबाटै राष्ट्रिय उडान सूचारु गर्ने योजना
२०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...
सैन्य ‘कु’ का विरुद्ध भएको प्रदर्शनमा गोली लागेर म्यानमारमा १० को मृत्यु, दर्जनौं घाइते
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१यांगुन, म्यान्मार । करिब एक महिना अघि...
नेवारी संस्कृतिमा भीमरथारोहण (संस्कार)
२०८२ श्रावण ३ गते शनिबार
बाबुराम तिमल्सिनाभाषा तथा संस्कृतिविद जव मानिस विस्तार विस्तार बूढो...
युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै
२०७६ चैत्र १० गते सोमबार
२३ मार्च, २०२०काठमाडौं । युरोपेली मुलुक फ्रान्सबाट नेपाल फर्किएकी...
Top