‘नयाँ नक्सा’ सार्वजनिक, अब नेपालको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर

Best Khabar Team | २०७७ जेठ ७ गते बुधबार


२० मे, २०२०
काठमाडौं । सरकारले विगतमा भारतले अतिक्रमित गरेको भूमिलाई समेत समावेश गरेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले आज पत्रकार सम्मेनमार्फत् नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । नयाँ नक्सामा विगतमा नेपालको भूमि भएपनि भारतले कब्जा गरेर संरचना बनाएको तथा उनीहरुको देशको नक्सामा राखेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा तथा कालापानीजस्ता भूभागलाई समेटिएको छ ।

यसअघि केहीदिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भारतले अतिक्रमण गरेको नेपाली भूमि समावेश गरेर नयाँ नक्सा सार्वजनिक गर्ने बताएकी थिइन् । यस्तै ३ दिनअघि बसेको मन्त्रीपरिषद्को बैठकले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

नयाँ नक्सा सार्वजनिक गर्दै मन्त्री अर्याल ।

सरकारको यो निर्णयलगत्तै मन्त्री अर्यालले आज नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । नयाँ सार्वजनिक गरिएको नक्सा आजैको मितिबाट प्रचलनमा ल्याइने मन्त्री अर्यालले बताइन् । विगतमा सो क्षेत्रमा रहेको लिम्पियाधुरादेखी गुन्जी, नाभी र कुटीलगायतका क्षेत्रहरु नेपालको नक्सामा समावेश गरिएको मन्त्री अर्यालको भनाई छ ।

यो विषयमा भारतसरकारसँग पनि सौहार्दपूर्णरुपमा छलफल गर्ने उनले बताइन् । थप भूभाग समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिएपछि नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर हुने भएको छ ।

केहीदिनअघि भारतले सो क्षेत्रमा एकलौटी रुपमा खनेको बाटो उद्घाटन गरेपछि त्यसको चौतर्फी विरोध हुँदै आएको थियो । त्यसपछि सरकारले यो निर्णय गरेको हो । सरकारको यो निर्णयलाई सबै नेपाली जनताले साथ र समर्थन गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चौधौं शताब्दीमा करोडौं मानिसको ज्यान लिएको ‘प्लेग’ रोग देखियो मंगोलियामा चौधौं शताब्दीमा करोडौं मानिसको ज्यान लिएको ‘प्लेग’ रोग देखियो मंगोलियामा

२०७७ असार २२ गते सोमबार

०६ जुलाई, २०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणको केन्द्रविन्दु बनेको...

स्पेन सरकारको घोषणा : पोर्चुगल बाहेक अन्य ईयु राष्ट्रसँगको सिमाना जुन २२ देखि खुल्ने स्पेन सरकारको घोषणा : पोर्चुगल बाहेक अन्य ईयु राष्ट्रसँगको सिमाना जुन २२ देखि खुल्ने

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०सेभिल्ला, स्पेन । कोरोना भाइरस (कोडिभ–१९) को...

चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०खलंगा । भारतले नेपालीको सिमावर्ती क्षेत्र दार्चुलामा...

कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०ललितपुर । नेपालको सबैभन्दा पुरानो र ठूलो...

Top