Best Khabar Team | २०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९
काठमाडौं । बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’को सफलतापछि निर्देशक गणेश पाण्डेले ‘सहायक श्रीमान’ (को–हजबेन्ड) नामक नयाँ डकुमेन्ट्री फिल्म निर्माण गरेका छन् । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म राष्ट्रिय सभागृहमा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलोपटक सार्वजनिक गरिएको छ ।

कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको यो डकुमेन्ट्री बहुपति प्रथामा आधारित छ । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । ‘हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाईका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । उनीहरु माया र काम मात्रै बाँडदैनन्, श्रीमती पनि एक आपसमा बाँड्छन् ।

जुन हाम्रो पुस्ताका लागि अत्यन्तै अनौठो हो । एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीन वटा परिवारको कथामा हामीले यो डकुमेन्ट्री निर्माण गरेका छौं,’ निर्देशक पाण्डेले भने, ‘करिब ४ बर्षको छायांकन र रिसर्चबाट यो डकुमेन्ट्री निर्माण भएको छ । हाम्रो पुस्ताका लागि यो डकुमेन्ट्री नयाँ विषय हो । त्यसैले पनि हाम्रो मेहनतलाई दर्शकहरुले मन पराइदिनुहुन्छ भन्ने आशा लिएको छु ।’ यो वृत्तचित्रको लेखन निर्देशन पाण्डेले नै गरेका हुन् ।
साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको डकुमेन्ट्रीको प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन् । यसैगरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन्

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
यसरी जन्मँदैछ अफ्रिकी महादेशमा नयाँ देश ‘एम्बाजोनिया’ !
२०७७ जेठ २६ गते सोमबार
– प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम ।विश्वमा हाल अस्तित्वमा रहेका...
यार्सागुम्बा संकलनमा गएकी एक महिला र बालिकामाथि आक्रमण, २ को अवस्था गम्भीर
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं । बहुमूल्य हिमाली ‘भियग्रा’ को...
दुर्घटनामा सर्वसाधारणको ज्यान गैरहँदा नियमक निकाय भने डम्फू बजाउनमै भनेव्यस्त
२०७६ पुष २ गते बुधबार
१८ डिसेम्बर, २०१९ काठमाडौं । मुलुकमा पछिल्ला वर्षहरुमा सडक...
बेलायतमा कोरोनाबाट अर्का एक नेपालीको निधन, ज्यान गुमाउनेको संख्या ३ पुग्यो
२०७६ चैत्र २६ गते बुधबार
०८ अप्रिल, २०२० लण्डन । कोरोना (कोभिड १९) को...
Top