चीनको बुहानस्थित ल्याबबाट कोरोना भाइरस फैलिएको हल्ला निराधार : डब्लुएचओ

Best Khabar Team | २०७७ माघ २८ गते बुधबार


१० फेब्रुअरी, २०२१
जेनेभा, स्वीट्जरल्याण्ड । बिश्वमा हालसम्म साढे २३ लाख भन्दा बढी मानिसको ज्यान लिने कोरोना भाइरसको उद्गम थलो चीन भएपनि चीनको बुहान शहरको प्रयोगशालाबाट यो भाइरस बाहिर आएको भन्ने हल्ला निराधार भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । चीनको वुहानस्थित एक प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको भन्ने अन्तर्राट्रिय आरोपपछि हालै विश्व स्वास्थ्य संगठनले चीनको बुहान शहरमा गरेको स्थलगत अध्ययनपछि यो निष्कर्ष सार्वजनिक गरेको हो । संगठनले पठाएको टोलीले यो रोगको भाइरस कुनै रोग लागेको जीबबाट मानिसमा फैलिएको हुनसक्ने ठम्याई समेत गरेको छ ।

स्वीट्जरल्याण्डको जेनेभास्थित डब्लुएचओको मुख्यालय ।

हालै चीनको बुहानस्थित ल्याबमा पुगेर अनुसन्धान कार्यमा संलग्न विश्वस्वास्थ्य संगठनका खाद्य सुरक्षा एवम् पशु रोग विशेषज्ञ पिटर बेन एम्बारेकका अनुसार प्रयोगशाला (ल्याब) बाट यो रोग फैलिएको भन्ने अफवाहाहरु निराधार हुन् । संगठनको टोलीले करिब एक महिना लगाएर गरेको अध्ययन तथा अनुसन्धान पछि मंगलबार चीनको ल्याबबाट यो भाइरस फैलिएको भन्ने हल्ला सत्य नभएको जनाएको छ । टोलीले रोगग्रस्त कुनै जीबबाट नै यो भाइरसको जिबाणु मानव शरीरमा प्रवेश गरेको र त्यही मानिसका सम्पर्कमा रहेका मानिस हुँदै यो विश्वभर फैलिएको हो ।

चीनको बुहानस्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजी ।

चीनको बुहानस्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट भाइरस आम नागरिकमा फैलिएको हल्ला बाहिर आएपछि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो भाइरसलाई ‘चिनियाँ भाइरस’ को संज्ञा दिएका थिए । अमेरिकी राष्ट्रपतिले सार्वजनिक कार्यक्रममा नै कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेपछि विश्वका अन्य मुलुकले पनि यो भाइरस चीनबाट फैलिएको बताउँदै बुहानको ल्याबमा गएर चेकजाँच गर्न संगठनलाई दबाब दिँदै आएका थिए ।

कतिपयले बुहानको ल्याबबाट यो भाइरस निस्किएको बताएपछि विश्व स्वस्थ्य संगठनका टोलीलै हालै गरेको भाइरसको नमुना परीक्षणमा यो भाइरस ल्याबबाट फैलिएको कुनै ठोस आधार नभेटिएको बताएको हो । विश्वका विभिन्न १० देशका विशेषज्ञ सहभागी सो टोलीले बुहान र आसपासका शहरमा केही हप्ता बसेर यसको बारेमा विस्तृत अध्ययन तथा अनुसन्धान गरेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दुईसातापछि टर्कीमा फेरि शक्तिशाली भूकम्प : सयौं घाइते दुईसातापछि टर्कीमा फेरि शक्तिशाली भूकम्प : सयौं घाइते

२०७९ फाल्गुन ९ गते मंगलबार

२१ फेब्रुअरी, २०२३इस्तानबुल, टर्की । झण्डै ४६ हजारको ज्यान...

अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा महत र उनकी पत्नीमा कोरोना संक्रमण अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा महत र उनकी पत्नीमा कोरोना संक्रमण

२०७७ श्रावण २४ गते शनिबार

०८ अगस्ट, २०२०काठमाडौं । अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा...

ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री मोदी नै पुगे विमानस्थल ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री मोदी नै पुगे विमानस्थल

२०७६ फाल्गुन १२ गते सोमबार

२४ फेब्रुअरी, २०२० नयाँदिल्ली । दुईदिने भारत भ्रमणका लागि...

अमेरिकामा एकाविहानै  ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प अमेरिकामा एकाविहानै ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प

२०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२० टेक्सास । अमेरिकाको युटाह् (Utah) राज्यमा...

Top