Best Khabar Team | २०७६ मंशिर २५ गते बुधबार
१२ डिसेम्बर, २०१९
काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक जित्ने नेपाली खेलाडीलाई सरकारले जनही ९ लाख रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई आज सरकारी निवास बालुवाटार बोलाएर खेलाडीहरुले राष्ट्रको इज्यत जोगाएको भन्दै उनीहरुलाई प्रोत्साहनस्वरुप ९ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।

खेलाडीहरुको हौसला बढाउन तथा उनीहरुप्रति सम्मान व्यक्त गर्नका लागि उनीहरुलाई नगद रकम दिन लागेका प्रधानमन्त्रीको भनाई छ । बालुवाटारमा आज खेलाडीहरुलाई बोलाएर प्रधानमन्त्रीले स्वर्ण, रजत तथा कास्य पदक विजेता सबै खेलाडीलाई सरकारले प्रोत्साहनस्वरुप रकम प्रदान गर्ने बताउनुभएको हो ।
प्रधानमन्त्रीका अनुसार साग खेममा रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख समेत प्रदान गरिने छ । यस्तै, फूलबल खेलमा स्वर्ण जित्ने खेलाडीलाई पनि सरकारले प्रतिव्यक्ति ५ लाखका दरले रकम प्रदान गर्ने जनाएको छ । यसअघि प्रधानमन्त्रीले सागमा राम्रो खेल खेल्ने खेलाडीलाई राहत एवं प्रोत्साहन प्रदान गर्ने बताउनुभएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पोर्चुगलको चर्चित बैंक ‘स्टेन्डर्ड टोटा’ का अध्यक्ष मुन्तेइरुको कोरोना संक्रमणबाट ज्यान गयो, स्पेनमा २१ वर्षका फुटबल प्रशिक्षकको पनि कोरोनाकै कारण निधन
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलमा कोरोनाको संक्रमणबाट यहाँस्थित एक...
पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर
२०७६ जेठ २० गते सोमबार
३ जुन २०१८ काठमाडौं । विगत केही वर्षयता बाबुराम...
युरोपमा कोरोनाको प्रभाव : बेल्जियम र लण्डन दुबै देशले सिमा ‘लकडाउन’ गर्दै
२०७६ चैत्र ४ गते मंगलबार
१७ मार्च, २०२० लिंकरोभर, बेल्जियम । पछिल्लो समयमा युरोपमा...
अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’
२०७७ मंशिर २७ गते शनिबार
१२ डिसेम्बर, २०२०न्यूर्योक, अमेरिका । कोरोना भाइरस विरुद्ध आफ्नै...
Top