सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिने सरकारको घोषणा

Best Khabar Team | २०७६ मंशिर २५ गते बुधबार


१२ डिसेम्बर, २०१९
काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक जित्ने नेपाली खेलाडीलाई सरकारले जनही ९ लाख रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई आज सरकारी निवास बालुवाटार बोलाएर खेलाडीहरुले राष्ट्रको इज्यत जोगाएको भन्दै उनीहरुलाई प्रोत्साहनस्वरुप ९ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्रीसँग सामूहिक फोटो खिचाउँदै स्वर्णपदक विजेता खेलाडीहरु । तस्वीर : रविन तिमल्सिना बेस्टखबर डटकम

खेलाडीहरुको हौसला बढाउन तथा उनीहरुप्रति सम्मान व्यक्त गर्नका लागि उनीहरुलाई नगद रकम दिन लागेका प्रधानमन्त्रीको भनाई छ । बालुवाटारमा आज खेलाडीहरुलाई बोलाएर प्रधानमन्त्रीले स्वर्ण, रजत तथा कास्य पदक विजेता सबै खेलाडीलाई सरकारले प्रोत्साहनस्वरुप रकम प्रदान गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्रीका अनुसार साग खेममा रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख समेत प्रदान गरिने छ । यस्तै, फूलबल खेलमा स्वर्ण जित्ने खेलाडीलाई पनि सरकारले प्रतिव्यक्ति ५ लाखका दरले रकम प्रदान गर्ने जनाएको छ । यसअघि प्रधानमन्त्रीले सागमा राम्रो खेल खेल्ने खेलाडीलाई राहत एवं प्रोत्साहन प्रदान गर्ने बताउनुभएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एक सन्काहा थाई सैनिक : जसले लिए एकैदिन २० को ज्यान एक सन्काहा थाई सैनिक : जसले लिए एकैदिन २० को ज्यान

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२० बैंकक । थाइल्याण्डको राजधानी बैंककबाट उत्तरपूर्वमा...

दुबईबाट आइपुगे १६९ नेपाली, विमानस्थलबाट सिधै ‘होल्डिङ्ग सेन्टर’ पु-याईयो दुबईबाट आइपुगे १६९ नेपाली, विमानस्थलबाट सिधै ‘होल्डिङ्ग सेन्टर’ पु-याईयो

२०७७ जेठ २३ गते शुक्रबार

०५ जुन, २०२०काठमाडौं । संयुक्त अरव इमिरेट्सको सार्जाबाट नेपालका...

पोखरा विमान दुर्घटना : सोमबार राष्ट्रिय शोक, ५ सदस्यीय छानबिन समित गठन पोखरा विमान दुर्घटना : सोमबार राष्ट्रिय शोक, ५ सदस्यीय छानबिन समित गठन

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०२३काठमाडौं । पोखरामा आज बिहान भएको विमान...

बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो

२०७७ बैशाख १९ गते शुक्रबार

०१ मे, २०२०नेपालगञ्ज । नेपालमा थप दुईजनामा कोरोना संक्रमण...

Top