दुबईबाट आइपुगे १६९ नेपाली, विमानस्थलबाट सिधै ‘होल्डिङ्ग सेन्टर’ पु-याईयो

Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार


०५ जुन, २०२०
काठमाडौं । संयुक्त अरव इमिरेट्सको सार्जाबाट नेपालका लागि छुटेका डेढसय बढी नेपालीहरुसहित एयर अरेवियाको विमान चढेर काठमाडौं अवतरण गरेको छ । उनीहरु आज साँझ ६ बजेर १० मिनेट जाँदा काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । विमानस्थलमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनीहरुलाई राजधानीका विभिन्न स्थानमा बनाइएको ‘होल्डिङ्ग सेन्टर’ पु-याइएको छ । हाल काठमाडौं, ललितपुर र भक्तपुरका करिब १ दर्जन स्थानमा बनाइएका होल्डिङ्ग सेन्टरमा उनीहरुलाई राखिएको छ ।

विमानस्थलबाट नेपाली सेनाले सबैको तथ्यांक लिएर उनीहरुको स्थायी घर अनुसार हरेक प्रदेशका नागरिकका लागि बेग्लाबेग्लै स्थानमा लगिएको हो । देशको सातवटै प्रदेशका नागरिकलाई बस्न मिल्ने गरी काठमाडौंमा क्वारेन्टाइन र होल्डिङ्ग सेन्टर स्थापना गरिएको छ । काठमाडौं आइपुगेकाहरुलाई आजको राती त्यही राखिने र भोलि बिहान सम्बन्धित प्रदेशको क्वारेन्टाइनमा राखिने बताइएको छ । उनीहरुले क्वारेन्टाइनमा कम्तीमा २ साता विताउनुपर्ने हुन्छ ।

तस्वीरहरु : प्रदिप शर्मा । बेस्टखबर डटकम

१ जना बालकसहित १ सय ६९ जना नागरिक र एउटा शव समेत लिएर एयर अरेवियाको विमान दुबईको स्थानीय समय अनुसार बिहान १२ बजे सार्जा विमानस्थलबाट उडेको थियो । सरकारले विदेशमा रहेका र तत्काल नेपाल फर्कन चाहने र बाध्यतामा रहेका नेपालीहरुलाई लक्षित गरी उद्दार कार्य थालेसँगै आज पहिलो पटक विदेशबाट नेपाली नागरिकहरु आउन शुरु गरेका हुन् । यस क्रममा आजै बर्माबाट पनि बिहान २६ जना नेपाली स्वदेश फर्केका थिए ।

यसअघि दुबईबाट १ सय ५७ जना यात्रुसहित विमान नेपाल आएको जानकारी प्राप्त भएपनि नेपाल आउनेको संख्या १ सय ६९ रहेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोला ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

युरोपका उदाहरणीय एक नेपाली बुबा : जसले कहिल्यै हार मानेनन् युरोपका उदाहरणीय एक नेपाली बुबा : जसले कहिल्यै हार मानेनन्

२०७९ फाल्गुन १५ गते सोमबार

२१ औं शताब्दीको अहिलेको जमानामा पनि हाम्रो समाज कतिपय...

लकडाउन जेठ ३२ सम्म लम्बियो लकडाउन जेठ ३२ सम्म लम्बियो

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०काठमाडौं । सरकारले कोरोना रोग नियन्त्रणका लागि...

नेपालमा बढ्दै कोरोना संक्रमित : २४ घण्टामा थपिए हालसम्मकै  धेरै संक्रमित नेपालमा बढ्दै कोरोना संक्रमित : २४ घण्टामा थपिए हालसम्मकै धेरै संक्रमित

२०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०काठमाडौं । पछिल्लो केही समययता फैलिएको कोरोना...

इराकको बग्दाद विमानस्थलमा अमेरिकी हवाई आक्रमण : इरानका विशेष सैन्य दस्ताका प्रमुख सुलेमानी मारिए इराकको बग्दाद विमानस्थलमा अमेरिकी हवाई आक्रमण : इरानका विशेष सैन्य दस्ताका प्रमुख सुलेमानी मारिए

२०७६ पुष १८ गते शुक्रबार

०३ जनवरी, २०२० बग्दाद । अमेरिकी सरकारले गरेको हवाई...

Top