Best Khabar Team | २०७६ मंशिर १९ गते बिहिबार
०५ डिसेम्बर, २०१९
काठमाडौं । विगत १० दिनदेखि राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराईरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि आज सरकारी निवास फर्कनुभएको छ । पछिल्लो समयमा एपेन्डिसाइटिसको अप्रेशन पछि प्रधानमन्त्री ओली शिक्षण अस्पताल हाताभित्रै रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारात हुनुहुन्थ्यो ।

उहाँलाई अस्पतालले सधन कक्षमा राखेर उपचार गरेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि उहाँ आज अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । अस्पतालले निकालेको प्रेस विज्ञप्ति अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको छ । यद्यपि उहाँलाई अझै केहीदिन घरमै बसेर आराम गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
मृगौल रोगबाटसमेत पीडित रहनुभएका प्रधानमन्त्रीको मिर्गौलाको डायलसिस समेत गरिएको अस्पताल स्रोतले जानकारी दिएको भएपनि अस्पतालले औपचारिक रुपमा यसको कुनै जानकारी दिएको छैन । गत मंगलबाट प्रधानमन्त्रीको एपेन्डाइटिक्सको अप्रेशन भएको र संक्रमण हुने जोखिम रहेको भन्दै उहाँलाई अस्पतालले सघन कक्षमा राखेर उपचार गरेको थियो ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
जर्मनी गोलीकाण्ड : मृतकको संख्या ९ पुग्यो, संदिग्ध आक्रमणकारी र उनकी आमा कोठाभित्रै मृत भेटिए
२०७६ फाल्गुन ८ गते बिहिबार
२० फेब्रुअरी, २०२० बर्लिन । युरोपेली मुलुक जर्मनीका दुई...
धादिङ्गका प्रशेष पाण्डेले जिते भ्वाइस अफ नेपाल छैटौं सिजनको उपाधि
२०८२ बैशाख १९ गते शुक्रबार
०२ मे, २०२५काठमाडौ । काठमाडौंमा जारी भ्वाईस अफ नेपाल...
विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन
२०७७ श्रावण २६ गते सोमबार
१० अगस्ट, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई मध्यनजर...
कास्कीमा सर्तसहित निषेधाज्ञा खुकुलो पारियो, सवारी साधनमा जोर विजोर लागू
२०७७ भाद्र १२ गते शुक्रबार
२८ अगस्ट, २०२०लेकसाईट, पोखरा कास्की । चार नम्बर प्रदेश...
Top