Best Khabar Team | २०७७ बैशाख १८ गते बिहिबार

३० अप्रिल, २०२०
नयाँदिल्ली । पछिल्लो २४ घण्टायता बलिउड क्षेत्रले दुई दिग्गज अभिनेताहरुलाई गुमाएको छ । भारतीय चलचित्र क्षेत्रमा सदाबाहक नायकको रुपमा परिचित चलचित्र अभिनेता ऋषि कपुर र इरफान खानको पछिल्लो २४ घण्टायता अस्पतालमा उपचारका क्रममा निधन भएको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अभिनेता कपूरको उपचारका क्रममा भारतको मुम्बईमा गएराति ज्यान गएको हो ।
६७ वर्षका कपूर विगत केहीवर्षयता क्यान्सर रोगबाट पीडित थिए । गतवर्ष अमेरिकामा उनले क्यान्सरको उपचार गराएर भारत फर्केका थिए । अमेरिकामा हुँदा उनको अवस्था सामान्य रहेको र उपचारपछि घर फर्केपनि पछि विभिन्न समस्या देखिएपनि फेरि अस्पताल भर्ना भएका थिए । त्यसयता सामान्य अवस्थामा रहेका कपुरको मुम्बईस्थित सर एचएन रिलायन्स अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको हो ।

पछिल्लो पटक कपुरद्वारा अभिनित ‘द बडी’ नामक चलचित्र प्रदर्शनीमा आएको थियो । स्मरणीय के छ भने ऋषि कपूरकी पत्नी नितू कपूर बलिउडकी अभिनेत्री, छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर हुन् । सन् १९५२ मा जन्मिएका कपुरले ‘मेरो नाम जोकर’ नामक चलचित्रमा बालकलाकारको रुपमा अभिनय गरेर आफ्नो अभिनय यात्रा शुरु गरेका थिए ।
सो चलचित्र उनका पिता राज कपूरले निर्देशन गरेका थिए । यसअघि हिजो मात्रै बलिउडले चलचित्र नायक इरफान खानलाई गुमाएको थियो । स्वर्गीय नायक इरफान खानको बारेमा विस्तृत समाचार यहाँ क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना महामारीकैबीच पहिलोपटक युरोपेली देश डेनमार्कले यसरी खोल्यो ‘प्राइमरी स्कुल’
२०७७ जेठ १ गते बिहिबार
१४ मार्च, २०२०कोपनहेगन, डेनमार्क । डेनमार्क युरोपको यस्तो एउटा...
नेपालीसहित विश्वका आधादर्जन देशका नागरिकलाई लिएर काठमाडौंबाट दोहा उड्यो कतार एयरलाईन्सको चार्टर विमान
२०७७ जेठ ११ गते आइतबार
२५ मे, २०२०, २४ मे, २०२० काठमाडौं । विदेशी...
युएईको अस्पतालमा उपचाररत १ इटालीयनसहित दुई नेपाली कोरोना संक्रमणबाट मुक्त भए
२०७६ चैत्र १० गते सोमबार
२३ मार्च, २०२० अबुधावी । संयुक्त अरव इमिरेट्समा कोरोना...
आजबाट सवारी साधनमा फेरि जोरविजोर नियम लागू, राति हिड्न प्रतिबन्ध
२०७७ श्रावण २१ गते बुधबार
०६ अगस्ट, २०२०काठमाडौं । सरकारले लकडाउन खुलेको घोषणा गरेलगत्तै...
Top