फिनल्याण्डमा ३४ वर्षकी महिला बनिन् प्रधानमन्त्री

Best Khabar Team | २०७६ मंशिर २४ गते मंगलबार


११ डिसेम्बर, २०१९
हेलसिकी । पृथ्वीको उत्तरी गोलार्धमा रहेको युरोपेली मुलुक फिनल्याण्डले ३४ वर्षकी एक महिलालाई प्रधानमन्त्रीको रुपमा पाएको छ । हिजो सम्पन्न मन्त्रीपरिषद्को बैठकले सान्ना मारिनलाई प्रधानमन्त्रीको रुपमा चयन गरेको हो ।

उनी फिनल्याण्डको समाजवादी लोकतान्त्रिक पार्टीबाट प्रधानमन्त्रीमा चुनिएको हो । एक साता अघि तत्कालीन प्रधानमन्त्री एण्टी रिन्नेले राजीनामा दिएलगत्तै फिनल्याण्डमा प्रधानमन्त्री पद रिक्त रहेको थियो । विपक्षी दलहरुले रिन्नेलाई राजीनामा दिन संसदमा दबाब दिएसँगै उनले संसद्बाट राजीनामा दिएका थिए ।

यद्यपि विपपक्षीको विरोधका बावजुत पनि चुनावी प्रक्रियामा रिन्ने र मारिन प्रतिस्पर्धीका रुपमा रहेका थिए । चुनावी परिणाम अनुसार रिन्नेले २९ मत प्राप्त गरेका थिए भने सान्ना मारियाले ३२ मत प्राप्त गरेर प्रधानमन्त्रीमा विजयी भएकी हुन् ।

यसअघि फिनल्याण्डमा ३६ वर्षका प्रधानमन्त्री थिए । त्यो रेकर्ड समेत सान्नाले तोडेकी छन् । युरोपमा निक्कै संबृद्ध मुलुकको रुपमा रहेको फिनल्याण्डले युवा प्रधानमन्त्री पाएसँगै आर्थिक विकास तथा विकास निर्माणका काममा थप तिव्रता पाउने अपेक्षा फिनल्याण्डी जनताले गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९कलैया । जाडोयाम शुरुभएसँगै मध्य तराईका जिल्लाहरुमा...

युरोपेली मुलुक लक्जम्बर्गमा पहिलो पटक तमु ल्होसार (फोटोफिचर) युरोपेली मुलुक लक्जम्बर्गमा पहिलो पटक तमु ल्होसार (फोटोफिचर)

२०८१ पुष ११ गते बिहिबार

२६ डिसेम्बर २०२४लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । युरोपेली मुलुक लक्जम्बर्गमा...

काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी

२०७७ श्रावण २० गते मंगलबार

०४ अगस्ट, २०२०काठमाडौं । काठमाडौंको टंगालमा रहेको अख्तियार दुरुपयोग...

सिन्धुपाल्चोकको जुगलमा भेटिएका विरामीमा मौसमी संक्रमण : स्वास्थ्य मन्त्रालय सिन्धुपाल्चोकको जुगलमा भेटिएका विरामीमा मौसमी संक्रमण : स्वास्थ्य मन्त्रालय

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० चौतरा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखिएको...

Top