बेलायतमा कोरोनाबाट थप २ नेपालीको ज्यान गयो

Best Khabar Team | २०७७ बैशाख १२ गते शुक्रबार


२४ अप्रिल, २०२०
बेस्टह्याम । पछिल्लो पटक बेलायतमा कोरोना संक्रमणबाट एक नेपाली युवतीको ज्यान गएको छ । लण्डनको नटिन्टनमा बस्दै आएकी ३२ वर्षकी बीमा नाछिरिङ्गको कोरोना संक्रमणमा परी २ दिन अघि ज्यान गएको हो । २ सातायाता कोरोनाको संक्रमण देखिएपछि उनी अस्पतालमा उपचाररत थिइन् । तर उपचारकै क्रममा मंगलबार राति उनको ज्यान गएको अस्पतालको भनाई उद्दृत गर्दै बेलयातमा रहेका उनका नातेदारहरुले बताएका छन् ।

मृतक बीमाको नेपालको घर खोटाङ्ग जिल्लाको ऐसेलुखर्क गाउँपालिका रहेको बुझिएको छ । बेलायतको जर्ज इलिट अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था पछिल्लो ४ दिन यता नराम्ररी विग्रेको थियो । मृगौलाको रोगबाट पीडित बीमा गएको वर्षमात्रै बेलायत आएको बताइएको छ । उनी पूर्व पूर्व बृटिस गोर्खा बुबा तथा आमाको साथमा बेलायतमा बस्दै आएकी थिइन् । उनी अविवाहित रहेको बुझिएको छ ।

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने उनी सबैभन्दा कम उमेरकी युवती हुन् । यसैबीच लण्डनमै कोरोना संक्रमणबाट अर्का एक बृद्दको पनि ज्यान गएको छ । नेपालको झापा घर भएका हंसराज लिंङ्गदेनको पनि कोरोनाको संक्रमणमा परी ज्यान गएको हो । बेलायतको रेडिङमा बस्ने पूर्व प्रधानाध्यापक समेत रहेका लिङ्देनको लण्डनको रोयल बर्कसायर अस्पतालमा निधन भएको बताइएको छ । उनी २० दिनअघि उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

झापा खुदुनाबारीको जनता माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक रहेका हंसराज विगत १४ वर्षदेखि लण्डनमा बस्दै आएका थिए । यो सँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या २० पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

५ महिनापछि खुले देशभरका होटलहरू, पर्यटक आउने कहिले कहिले ? ५ महिनापछि खुले देशभरका होटलहरू, पर्यटक आउने कहिले कहिले ?

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

गतवर्ष भन्दा १ सय मेट्रिक टन बढी कन्दमुल काठमाडौं भित्रि-यो, भारबाट तरुल बढी आयात गतवर्ष भन्दा १ सय मेट्रिक टन बढी कन्दमुल काठमाडौं भित्रि-यो, भारबाट तरुल बढी आयात

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० काठमाडौं । विशेषत हिन्दुहरुले मनाउने माघे...

के नेपालमै रोक्न सकिन्न विदेसिने युवालाई ? के नेपालमै रोक्न सकिन्न विदेसिने युवालाई ?

२०७६ चैत्र १६ गते आइतबार

– डा.देवीप्रसाद आचार्य युवा अवस्था जीवनको उर्बर समय हो।...

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध साइबर अपराधको उजुरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध साइबर अपराधको उजुरी

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित ३...

Top