Best Khabar Team | २०७७ बैशाख १२ गते शुक्रबार

२४ अप्रिल, २०२०
बेस्टह्याम । पछिल्लो पटक बेलायतमा कोरोना संक्रमणबाट एक नेपाली युवतीको ज्यान गएको छ । लण्डनको नटिन्टनमा बस्दै आएकी ३२ वर्षकी बीमा नाछिरिङ्गको कोरोना संक्रमणमा परी २ दिन अघि ज्यान गएको हो । २ सातायाता कोरोनाको संक्रमण देखिएपछि उनी अस्पतालमा उपचाररत थिइन् । तर उपचारकै क्रममा मंगलबार राति उनको ज्यान गएको अस्पतालको भनाई उद्दृत गर्दै बेलयातमा रहेका उनका नातेदारहरुले बताएका छन् ।
मृतक बीमाको नेपालको घर खोटाङ्ग जिल्लाको ऐसेलुखर्क गाउँपालिका रहेको बुझिएको छ । बेलायतको जर्ज इलिट अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था पछिल्लो ४ दिन यता नराम्ररी विग्रेको थियो । मृगौलाको रोगबाट पीडित बीमा गएको वर्षमात्रै बेलायत आएको बताइएको छ । उनी पूर्व पूर्व बृटिस गोर्खा बुबा तथा आमाको साथमा बेलायतमा बस्दै आएकी थिइन् । उनी अविवाहित रहेको बुझिएको छ ।

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने उनी सबैभन्दा कम उमेरकी युवती हुन् । यसैबीच लण्डनमै कोरोना संक्रमणबाट अर्का एक बृद्दको पनि ज्यान गएको छ । नेपालको झापा घर भएका हंसराज लिंङ्गदेनको पनि कोरोनाको संक्रमणमा परी ज्यान गएको हो । बेलायतको रेडिङमा बस्ने पूर्व प्रधानाध्यापक समेत रहेका लिङ्देनको लण्डनको रोयल बर्कसायर अस्पतालमा निधन भएको बताइएको छ । उनी २० दिनअघि उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
झापा खुदुनाबारीको जनता माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक रहेका हंसराज विगत १४ वर्षदेखि लण्डनमा बस्दै आएका थिए । यो सँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या २० पुगेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘काठमाण्डौं भ्याली’मा लकडाउन कडा पारियो, सडक गल्लीमा निस्के पक्राउ गरिने, हिँडेर समेत काठमाडौं आउन नपाईने
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०काठमाडौं । कोरोना (कोभिड१९) को संक्रमणको जोखिम...
देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो
२०७७ मंशिर १६ गते मंगलबार
०१ डिसेम्बर, २०२०काठमाडौं । देशभर विगत २४ घण्टायता थप...
कोरोना विरुद्धको भ्याक्सिन अर्को सातादेखि लगाउने तयारी, १० लाख खोप काठमाडौं आइपुग्यो
२०७७ माघ ८ गते बिहिबार
२१ जनावरी, २०२१काठमाडौं । कोरोना भाइरस विरुद्ध तयार पारिएको...
ब्रह्मलीन भए नेपाली सांगीतिक आकाशका ‘रत्न’ अर्थात् रत्नशमशेर थापा
२०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२०काठमाडौं । नेपाली सांगीतिक आकाशमा ‘रत्न’को रुपमा...
Top