Best Khabar Team | २०७५ चैत्र ९ गते शनिबार
२३ अप्रिल, २०१९
काठमाडौं । विभिन्न उमेर र पेशालाई लक्षित गरी राजधानीमा सौन्दर्य प्रतियोगिता हुने गर्दछ । यसै क्रममा विवाहित महिलालाई लक्षित गरी सौन्दर्य प्रतियोगिता आयोजना गरिएको छ । विवाहित महिलाहरुलाई लक्षित हालै गरिएको मिसेस् टप अफ द वल्र्ड नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता गरिएकोमा अलिना तुलाधरले जितेकी छन् ।
मिसेस् टप अफ द वल्र्ड नेपाल २०१९ रुपमाका लागि नेपालको आधिकारिक संस्था ईप्लानेट प्रा.लि.ले गरेको कार्यक्रममा तुलाधरले ताज पहिरिएकी हुन् । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली प्रतिनिधिको चयन, संयोजन प्रक्रिया र सम्पूर्ण व्यवस्थापन अनिला श्रेष्ठको अगुवाईमा ग्रीन आर्टस् मिडिया प्रा.लि.ले गरेको हो । मिसेस् टप अफ वल्र्ड २०१९ मा सहभागि हुनुपूर्व अलिनाले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धीत अभिमुखिकरण र प्रशिक्षण प्राप्त गर्नेछिन् ।
मिसेस् टप अफ द वल्र्ड २०१९ को अन्तर्राष्ट्रिय प्रतियोगिता लातभियाको रिगा शहरमा २०१९ मे २९ देखि जून २ तारिख सम्म सञ्चालन हुने बताईएको छ । स्नात्तकोत्तर अध्ययन पूरा गरेकी अलिना तुलाधर हाल सिभिल ग्रुपमा आबद्ध छिन् भने उनी व्युटिसियन पनि हुन् ।
मिसेस् टप अफ द वल्र्ड यस अघि रजनी थापाले वर्ष २०१५ को संस्करणमा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् । जसमा उनले फोर्थ २०१५ रनर अप तथा मिसेस् डायमण्ड अफ द वल्र्डको अवार्ड जितेकी थिइन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
देशैभरका छाउगोठ भत्काउन गृहमन्त्रालयको निर्देशन
२०७६ पुष ९ गते बुधबार
२५ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशभरका सबै छाउगोठ...
अमेरिकाका पूर्वराष्ट्रपति दम्पत्ति पहिलो सगरमाथा आरोहीको बारेमा चलचित्र बनाउँदै
२०७७ माघ २५ गते आइतबार
०७ फेब्रुअरी, २०२१काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओमामा...
देशभर कोरोना संक्रमितको संख्या ४६ सय*बाट उकालो लाग्यो
२०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा थप २...
भारतमा भएको बस दुर्घटनामा ३९ जनाको शव भेटियो, मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत : प्रधानमन्त्री मोदी
२०७७ फाल्गुन ४ गते मंगलबार
१६ फेब्रुअरी, २०२१नयाँदिल्ली । भारतको मध्य प्रदेशमा आज बिहान...
Top