विवाहित महिलालाई लक्षित गरी सौन्दर्य प्रतियोगिता, तुलाधरले पहिरिइन् ताज

Best Khabar Team | २०७५ चैत्र ९ गते शनिबार


२३ अप्रिल, २०१९
काठमाडौं । विभिन्न उमेर र पेशालाई लक्षित गरी राजधानीमा सौन्दर्य प्रतियोगिता हुने गर्दछ । यसै क्रममा विवाहित महिलालाई लक्षित गरी सौन्दर्य प्रतियोगिता आयोजना गरिएको छ । विवाहित महिलाहरुलाई लक्षित हालै गरिएको मिसेस् टप अफ द वल्र्ड नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता गरिएकोमा अलिना तुलाधरले जितेकी छन् ।

मिसेस् टप अफ द वल्र्ड नेपाल २०१९ रुपमाका लागि नेपालको आधिकारिक संस्था ईप्लानेट प्रा.लि.ले गरेको कार्यक्रममा तुलाधरले ताज पहिरिएकी हुन् । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली प्रतिनिधिको चयन, संयोजन प्रक्रिया र सम्पूर्ण व्यवस्थापन अनिला श्रेष्ठको अगुवाईमा ग्रीन आर्टस् मिडिया प्रा.लि.ले गरेको हो । मिसेस् टप अफ वल्र्ड २०१९ मा सहभागि हुनुपूर्व अलिनाले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धीत अभिमुखिकरण र प्रशिक्षण प्राप्त गर्नेछिन् ।

मिसेस् टप अफ द वल्र्ड २०१९ को अन्तर्राष्ट्रिय प्रतियोगिता लातभियाको रिगा शहरमा २०१९ मे २९ देखि जून २ तारिख सम्म सञ्चालन हुने बताईएको छ । स्नात्तकोत्तर अध्ययन पूरा गरेकी अलिना तुलाधर हाल सिभिल ग्रुपमा आबद्ध छिन् भने उनी व्युटिसियन पनि हुन् ।

मिसेस् टप अफ द वल्र्ड यस अघि रजनी थापाले वर्ष २०१५ को संस्करणमा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् । जसमा उनले फोर्थ २०१५ रनर अप तथा मिसेस् डायमण्ड अफ द वल्र्डको अवार्ड जितेकी थिइन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युवा भ्रमणमा रोक लगायो ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युवा भ्रमणमा रोक लगायो

२०७६ जेठ २३ गते बिहिबार

०६ जुन, २०१९न्यूयोर्क । छिमेकी मुलुक क्युवाको भ्रमणमा आफ्ना...

विश्वभर कोरोनाबाट साढे सात लाख बढीको मृत्यु, १५० भन्दा बढी राष्ट्रमा दैनिक देखिँदैछन् संक्रमित विश्वभर कोरोनाबाट साढे सात लाख बढीको मृत्यु, १५० भन्दा बढी राष्ट्रमा दैनिक देखिँदैछन् संक्रमित

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०न्यूर्योक, अमेरिका । कोरोना भाइरसको संक्रमण शुरुभएदेखि...

मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९कलैया । जाडोयाम शुरुभएसँगै मध्य तराईका जिल्लाहरुमा...

माओवादीका केन्द्रीयसहित ८ नेताकार्यकर्ता पक्राउ माओवादीका केन्द्रीयसहित ८ नेताकार्यकर्ता पक्राउ

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको...

Top