काठमाडौं छाड्दै सर्वसाधारण, ५ दिनमा १ लाख बढी बाहिरिए

Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार


१९ मार्च, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमण र यसबाट उत्पन्न हुने सक्ने अवस्थालाई मध्यनजर गर्दै देशको राजधानी काठमाडौं छाडेर गाउँ जाने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ । चैतको पाँच दिनमा मात्रै (चैत १ गतेदेखि ५ गते राति १२ बजेसम्म ) काठमाडौं छाडेर गाउँ फर्कनेहरुको १ संख्या लाख भन्दा बढी बढेको प्रहरीको भनाई छ । काठमाडौं प्रवेश गर्ने नाकाहरु साँगा, फर्पिङ्ग, नागार्गुन तथा नागढुंगाबाट गरी दैनिक २० हजारको हाराहारीमा साना तथा ठूला सवारी साधनहरुबाट मानिसहरु बाहिरिने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

फाइल तस्वीर

जबकी यही समयमा काठमाडौं भित्रनेको संख्या निक्कै कम छ । एक त काठमाडौंका अधिकांश विद्यालयहरुको (कक्षा ९ सम्मको) अन्तिम परीक्षा सकिइसकेको तथा अर्कोतर्फ कोरोनाको प्रकोपबाट सर्वसाधारणहरु त्रसित बनेपछि काठमाडौं छाड्नेको संख्या ह्वात्तै बढ्न थालेको छ । साथै सरकारले हिजोमात्रै एसईई तथा चैत्र महिनामा सञ्चालनका लागि तय भएका सबै क्याम्पस तथा विद्यालय तहका सबै परीक्षा तत्कालका लागि स्थगित भएको जनाएपछि थप विद्यार्थी तथा सर्वसाधारण काठमाडौं छाड्दै छन् ।

आज पनि बिहानैदेखि काठमाडौंको नागढुंगा नाकाबाट बाहिरिनेको संख्या बाक्लो रहेको ट्राफिक प्रहरीको भनाई छ । महामारी फैलिए शहर भन्दा गाउँ सुरक्षित हुने ठानेर आफूहरु गाउँ फर्कन लागेको कलंकीमा भेटिएकी गोर्खाकी गोमा वाग्लेले बताईन् । काठमाडौंमा एक त महामारीको डर त्यसमा पनि दैनिक उपभोग्य सामग्रीको अभाव र कालोबजारी तथा चर्को मूल्य । यी सबैलाई छल्नका लागि गाउँ फर्कनुको विकल्प नभएको नयाँ बसपार्कमा भेटिएका नेपालगञ्जका रमेश गिरी बताउँछन् ।

कोरोनाको प्रकोप विश्वव्यापी बनेपछि हाल काठमाडौंमा दैनिक उपभोग्य बस्तु, चामल, ग्यास, पेट्रोल, डिजेल, मट्टितेललगायतको चर्को अभाव देखिन थालेको छ । उपलब्ध भै हालेपनि चर्को मूल्य तिर्नुपर्ने अवस्था देखिएपछि आम नागरिकले काठमाडौंको विकल्प खोज्न थालेका हुन् । हिजोमात्रै सरकारले काठमाडौंलगायत देशभरका स्कुल तथा कलेजहरु चैत्र महिनाभरका लागि बन्द गर्ने घोषणा गरेसँगै काठमाडौंबाट बाहिरिनेको संख्या थप बढेको हो ।

कतिपय बालबालिका पढाउनकै लागि काठमाडौंमा चर्को कोठाभाडा तिरेर बाध्यताबस यहाँ बस्दै आएका छन् । विद्यालय बन्द भएपछि उनीहरुसँग काठमाडौं छाड्नुको विकल्प थिएन । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या नभेटिएपनि यसको विश्वव्यापी असरलाई मध्यनजर गर्दै काठमाडौंबाट आम नागरिकहरु आफ्नो गाउँघर फर्कन थालेका हुन् ।

यो संख्या भोलिका दिनमा अझै बढ्ने निश्चित छ । किनभने कतिपय अफिसहरु अहिलेपनि खुल्लै छन् । ती कार्यालयहरु पनि बन्द भएको अवस्थामा काठमाडौं सुनसान प्राय बन्ने निश्चित छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘चेला’लाई विदेश पठाउने भन्दै लाखौं ठगी गर्ने ‘बाबा’ काठमाडौंमा पक्राउ ‘चेला’लाई विदेश पठाउने भन्दै लाखौं ठगी गर्ने ‘बाबा’ काठमाडौंमा पक्राउ

२०७६ पुष २८ गते सोमबार

१३ जनवरी, २०२० काठमाडौं । आफूलाई तान्त्रिक बाबा भएको...

कोरोनाको क्षति इटली भन्दा अमेरिकामा धेरै : मृतकको संख्या २० हजार नाघ्यो, एकैदिन २ हजार बढीको ज्यान गयो कोरोनाको क्षति इटली भन्दा अमेरिकामा धेरै : मृतकको संख्या २० हजार नाघ्यो, एकैदिन २ हजार बढीको ज्यान गयो

२०७६ चैत्र २९ गते शनिबार

११ अप्रिल, २०२० न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा...

देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबारको...

काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण

२०७७ पुष ८ गते बुधबार

२३ डिसेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...

Top