काठमाडौं छाड्दै सर्वसाधारण, ५ दिनमा १ लाख बढी बाहिरिए

Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार


१९ मार्च, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमण र यसबाट उत्पन्न हुने सक्ने अवस्थालाई मध्यनजर गर्दै देशको राजधानी काठमाडौं छाडेर गाउँ जाने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ । चैतको पाँच दिनमा मात्रै (चैत १ गतेदेखि ५ गते राति १२ बजेसम्म ) काठमाडौं छाडेर गाउँ फर्कनेहरुको १ संख्या लाख भन्दा बढी बढेको प्रहरीको भनाई छ । काठमाडौं प्रवेश गर्ने नाकाहरु साँगा, फर्पिङ्ग, नागार्गुन तथा नागढुंगाबाट गरी दैनिक २० हजारको हाराहारीमा साना तथा ठूला सवारी साधनहरुबाट मानिसहरु बाहिरिने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

फाइल तस्वीर

जबकी यही समयमा काठमाडौं भित्रनेको संख्या निक्कै कम छ । एक त काठमाडौंका अधिकांश विद्यालयहरुको (कक्षा ९ सम्मको) अन्तिम परीक्षा सकिइसकेको तथा अर्कोतर्फ कोरोनाको प्रकोपबाट सर्वसाधारणहरु त्रसित बनेपछि काठमाडौं छाड्नेको संख्या ह्वात्तै बढ्न थालेको छ । साथै सरकारले हिजोमात्रै एसईई तथा चैत्र महिनामा सञ्चालनका लागि तय भएका सबै क्याम्पस तथा विद्यालय तहका सबै परीक्षा तत्कालका लागि स्थगित भएको जनाएपछि थप विद्यार्थी तथा सर्वसाधारण काठमाडौं छाड्दै छन् ।

आज पनि बिहानैदेखि काठमाडौंको नागढुंगा नाकाबाट बाहिरिनेको संख्या बाक्लो रहेको ट्राफिक प्रहरीको भनाई छ । महामारी फैलिए शहर भन्दा गाउँ सुरक्षित हुने ठानेर आफूहरु गाउँ फर्कन लागेको कलंकीमा भेटिएकी गोर्खाकी गोमा वाग्लेले बताईन् । काठमाडौंमा एक त महामारीको डर त्यसमा पनि दैनिक उपभोग्य सामग्रीको अभाव र कालोबजारी तथा चर्को मूल्य । यी सबैलाई छल्नका लागि गाउँ फर्कनुको विकल्प नभएको नयाँ बसपार्कमा भेटिएका नेपालगञ्जका रमेश गिरी बताउँछन् ।

कोरोनाको प्रकोप विश्वव्यापी बनेपछि हाल काठमाडौंमा दैनिक उपभोग्य बस्तु, चामल, ग्यास, पेट्रोल, डिजेल, मट्टितेललगायतको चर्को अभाव देखिन थालेको छ । उपलब्ध भै हालेपनि चर्को मूल्य तिर्नुपर्ने अवस्था देखिएपछि आम नागरिकले काठमाडौंको विकल्प खोज्न थालेका हुन् । हिजोमात्रै सरकारले काठमाडौंलगायत देशभरका स्कुल तथा कलेजहरु चैत्र महिनाभरका लागि बन्द गर्ने घोषणा गरेसँगै काठमाडौंबाट बाहिरिनेको संख्या थप बढेको हो ।

कतिपय बालबालिका पढाउनकै लागि काठमाडौंमा चर्को कोठाभाडा तिरेर बाध्यताबस यहाँ बस्दै आएका छन् । विद्यालय बन्द भएपछि उनीहरुसँग काठमाडौं छाड्नुको विकल्प थिएन । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या नभेटिएपनि यसको विश्वव्यापी असरलाई मध्यनजर गर्दै काठमाडौंबाट आम नागरिकहरु आफ्नो गाउँघर फर्कन थालेका हुन् ।

यो संख्या भोलिका दिनमा अझै बढ्ने निश्चित छ । किनभने कतिपय अफिसहरु अहिलेपनि खुल्लै छन् । ती कार्यालयहरु पनि बन्द भएको अवस्थामा काठमाडौं सुनसान प्राय बन्ने निश्चित छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हिरासतमुक्त भएलगत्तै गजुरेलले भने : कालापानीबाट भारतीय सेना हटाउँछौं हिरासतमुक्त भएलगत्तै गजुरेलले भने : कालापानीबाट भारतीय सेना हटाउँछौं

२०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९ काठमाडौं । सिमा मिचिएको विषयमा ज्ञापन...

फ्रान्स घुम्न आएका चिनियाँ पर्यटकको कोरोना भाइरसको संक्रमणबाट निधन फ्रान्स घुम्न आएका चिनियाँ पर्यटकको कोरोना भाइरसको संक्रमणबाट निधन

२०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२० पेरिस । फ्रान्सको राजधानी पेरिस घुम्न...

नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका गरी ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबैको अवस्था सामान्य नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका गरी ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबैको अवस्था सामान्य

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०काठमाडौं । देशभर हालसम्म ५ जना सुरक्षाकर्मीमा...

सिन्धुपाल्चोकमा भीषण पहिरो : ३० घरमाथि पहिरो खस्यो, कम्तीमा ३ दर्जन स्थानीय वेपत्ता सिन्धुपाल्चोकमा भीषण पहिरो : ३० घरमाथि पहिरो खस्यो, कम्तीमा ३ दर्जन स्थानीय वेपत्ता

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको पहिरोमा...

Top