Best Khabar Team | २०८१ पुष २४ गते बुधबार
०८ जनवरी, २०२५
बन्दना सापकोटा, न्यूयोर्क, अमेरिका । संयुक्त राज्य अमेरिकाको विभिन्न राज्य व्यापक हिमपात तथा डँढेलोबाट प्रभावित बनेको छ । केहीदिनअघि शुरुभएको हिमपातका कारण केही राज्यमा केहीले ज्यान समेत गुमाएको खबरहरु सार्वजनिक भै रहँदा अमेरिकाकै केही राज्यमा मंगलबारबाट डँढेलो शुरु भएको छ । जसका कारण दशौं हजार स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । उत्तरी ध्रुबबाट आएको चिसो हावासका कारण मध्य एट्लान्टिक क्षेत्रबाट शुरुभएको हिमआँधीबाट अमेरिकाको भजिर्नियालगायतका सात राज्यमा व्यापक हिमपात भएको छ ।
यो अमेरिकामा पछिल्लो १० वर्षयताको सबैभन्दा ठूलो हिमआँधी भएको अमेरिकी अधिकारीहरुको भनाई छ । आँधीका कारण मध्य अमेरिकाका झण्डै ६ करोड मानिस प्रभावित भएको स्थानीय सञ्चारमाध्यहरुले जनाएका छन् । हिमपात र हावाहुरीका कारण देशका विभिन्न स्थानमा हालसम्म ५ जनाको मृत्यु भएको तथा सयौं दुर्घटनाहरु भएको बताइएको छ । भर्जिनियालगायत धेरै ठाउँमा ८ देखि १० इन्च बाक्लो हिउँ जमेको छ । हिमपतका कारण सडक, घर र सवारी साधनहरु हिँउले ढाकेको अवस्थामा छन् ।

मध्य र पूर्वी अमेरिकामा हिमपातका चिसोका कारण रेल र सडक सेवा अवरुद्ध भएको छ । हवाई यातायात पनि नराम्ररी प्रभावित भएको छ । हिउँदे हावाहुरीका कारण मुलुकभर १४ सयभन्दा बढी उडान रद्द गर्नुपरेको विमानस्थानका अधिकारीहरुलाई उद्दृत गर्दै स्थानीय समाचारहरुमा उल्लेख गरिएको छ । सरकार उद्धार टोली बनाएर विभिन्न प्रदेशमा खटाएको भएपनि उद्दारमा कठिनाई भै रहेको छ । हिमपात नरोकिउन्जेसम्म मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ। सडकबाट हिउँ हटाउन विभिन्न क्षेत्रमा दर्जनौ टोलीहरु खटिएका छन् ।
यता अमेरिकाको क्यालिफोर्नियामा हिजोदेखि भीषण डेँढेलो फैलिएको छ । क्यालिफोर्निया राज्य तथा लसएन्जलस क्षेत्रमा हिजोदेखि शुरुभएको डँढेलो हालसम्म झण्डै ७ वर्गकिलोमिटर क्षेत्रमा फैलिइसकेको छ । अधिकारीहरुले आगो नियन्त्रणमा लिनका लागि सयौं दमकल, हेलिकोप्टर तथा अग्निनियन्त्रकहरुलाई खटाएका छन् ।

१६० किलोमिटर प्रतिघण्टाको वेगले हावा चलिरहेका कारण आगो नियन्त्रणमा कठिनाइ भएको अधिकारीहरुले जनाएका छन् । डँढेलोका कारण त्यस क्षेत्रमा रहेका करिब ३ हजारभन्दा बढी घरहरु जोखिममा परेका छन् । सुरक्षा अधिकारीहरुले स्थानीय वासिन्दालाई सुरिक्षत स्थानमा जानका लागि भनेका छन् । प्यासिफिक प्यालिसेड्सबाट सुरु भएको डँढेलोका कारण स्थानीयहरु घर तथा सवारी साधन छाडेर सुरक्षित स्थानतर्फ भागेका छन् ।
व्यापक हावाहुरीका कारण आगलागी नियन्त्रणमा लिन कठिनाई भएको बताइएको छ । आगलागीका कारण अहिलेसम्म मानवीय क्षति भने नभएको सुरक्षा निकायले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अष्ट्रेलियामा आगोको वितण्डा
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यको जंगलमा...
विरलै देखिने घटना : शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि…….(भाइरल भिडियो )
२०७७ बैशाख १५ गते सोमबार
२७ अप्रिल, २०२०कन्याम । इलाममा आज दिउँसो ज्यान गुमाएका...
बिवाह बन्धनमा बाँधिइन् स्वेता
२०७७ मंशिर २२ गते सोमबार
०७ डिसेम्बर, २०२०काठमाडौं । नायिका स्वेता खड्का पुनः विवाह...
हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेडाईँको भारतमा निधन
२०८० कार्तिक ८ गते बुधबार
२५ अक्टोबर, २०२३काठमाडौं । सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनामा गम्भीर...
Top