विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै

Best Khabar Team | २०८१ पुष २१ गते आइतबार


०६ डिसेम्बर, २०२५ पोखरा । मानव एवं समस्त प्राणीजगतको कल्याणको हेतुले पोखरामा विश्व शान्ति तथा आध्यात्मिक पूजापाठ कार्यक्रम हुने भएको छ । बोधि श्रबण धर्म संघ नेपालको आयोजनामा गर्न लागिएको कार्यक्रम यही पुष २४ देखि २६ गतेसम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा संचालन हुनेछ । तीन दिनसम्म चल्ने पुजापाठ कार्यक्रममा मनुष्य, समस्त पशुपंक्षी, बनस्पति हित एवं अकाल मृत्युबरण गरी मोक्ष प्राप्त गर्न नसकेको आत्माहरुको मोक्षको कामना गरिने जनाइएको छ । 

कार्यक्रममा विश्वका विभिन्न ६० मुलुक तथा नेपालका विभिन्न जिल्लाका बोधि धर्मका अनुयायी, भक्तजन गरी करिब २५ हजार जनाको सहभागिता रहने अनुमान संघले गरेको छ । त्यस अवसरमा सन्यासी गुरुमार्ग, महात्मा तथा  गुरुआमाहरुले कार्यक्रम अवधिभर विश्व शान्ति तथा मानव र समस्त प्राणिजगतको कल्याणको लागि पूजा तथा प्रार्थना गर्नेछन् । संघले हरेक वर्ष आध्यामिक पूजापाठ तथा समाज कल्याणका क्षेत्रमा देशव्यापी रुपमा  विभिन्न कार्यक्रमहरुसमेत गर्दै आएको छ । ३५ हजार वर्षपछि विशेष विधिबाट प्राण प्रतिष्ठा गरी बोधि धर्मलाई पूर्नजीवित गराइएको  भन्दै आगामी मंगलबारबाट शुरुहुने कार्यक्रमको सबै तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोना : संक्रमितको संख्या साढे १६ हजार नाघ्यो, ८ हजार बढीले कोरोनालाई जिते नेपालमा कोरोना : संक्रमितको संख्या साढे १६ हजार नाघ्यो, ८ हजार बढीले कोरोनालाई जिते

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०काठमाडौं । देशका विभिन्न भागमा हालसम्म कोरोना...

भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक

२०७६ मंशिर २३ गते सोमबार

०९ डिसेम्बर, २०१९ काठमाडौं । भारतले नेपाली भूमि समेटेर...

काठमाडौंमा अब ठेलागाडा र साइकलमा व्यापार गर्न नपाईने काठमाडौंमा अब ठेलागाडा र साइकलमा व्यापार गर्न नपाईने

२०७९ पुष २६ गते मंगलबार

१० जनवरी, २०२३काठमाडौं । मुलुकको एकमात्रै महानगरपालिका अर्थात् काठमाडौं...

लक्जेम्बर्ग : दुनियाँको पहिलो देश, जहाँ हुँदैछ सार्वजनिक यातयात निःशुल्क लक्जेम्बर्ग : दुनियाँको पहिलो देश, जहाँ हुँदैछ सार्वजनिक यातयात निःशुल्क

२०७६ फाल्गुन १३ गते मंगलबार

२५ फेब्रुअरी, २०२० पि.एल ‘तरंग’लिंकरोभर, बेल्जियम । तपाईँ बसेको...

Top