Best Khabar Team | २०८१ पुष २१ गते आइतबार
०६ डिसेम्बर, २०२५ पोखरा । मानव एवं समस्त प्राणीजगतको कल्याणको हेतुले पोखरामा विश्व शान्ति तथा आध्यात्मिक पूजापाठ कार्यक्रम हुने भएको छ । बोधि श्रबण धर्म संघ नेपालको आयोजनामा गर्न लागिएको कार्यक्रम यही पुष २४ देखि २६ गतेसम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा संचालन हुनेछ । तीन दिनसम्म चल्ने पुजापाठ कार्यक्रममा मनुष्य, समस्त पशुपंक्षी, बनस्पति हित एवं अकाल मृत्युबरण गरी मोक्ष प्राप्त गर्न नसकेको आत्माहरुको मोक्षको कामना गरिने जनाइएको छ ।

कार्यक्रममा विश्वका विभिन्न ६० मुलुक तथा नेपालका विभिन्न जिल्लाका बोधि धर्मका अनुयायी, भक्तजन गरी करिब २५ हजार जनाको सहभागिता रहने अनुमान संघले गरेको छ । त्यस अवसरमा सन्यासी गुरुमार्ग, महात्मा तथा गुरुआमाहरुले कार्यक्रम अवधिभर विश्व शान्ति तथा मानव र समस्त प्राणिजगतको कल्याणको लागि पूजा तथा प्रार्थना गर्नेछन् । संघले हरेक वर्ष आध्यामिक पूजापाठ तथा समाज कल्याणका क्षेत्रमा देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरुसमेत गर्दै आएको छ । ३५ हजार वर्षपछि विशेष विधिबाट प्राण प्रतिष्ठा गरी बोधि धर्मलाई पूर्नजीवित गराइएको भन्दै आगामी मंगलबारबाट शुरुहुने कार्यक्रमको सबै तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।


स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंमा पक्राउ परेका चिनियाँ नागरिकबाट करोडौं मूल्यबराबरको विद्युतीय सामग्री बरामद, मोबाइलमात्रै ७ सय ४७ थान
२०७६ पुष ९ गते बुधबार
२६ डिसेम्बर, २०१९ काठमाडौं । सामान्यतयाः एकजना व्यक्तिले कतिवटा...
लक्जेम्बर्ग : दुनियाँको पहिलो देश, जहाँ हुँदैछ सार्वजनिक यातयात निःशुल्क
२०७६ फाल्गुन १३ गते मंगलबार
२५ फेब्रुअरी, २०२० पि.एल ‘तरंग’लिंकरोभर, बेल्जियम । तपाईँ बसेको...
देशभर १०९ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको उपचार सफल
२०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या १...
राजा महेन्द्रको पालामा बनेको पोखराको रत्नमन्दिर अब सर्वसाधारणको लागि खुल्ला हुँदै
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९बैदाम । तत्कालीन राजा महेन्द्र शाहको पालामा...
Top