राजा महेन्द्रको पालामा बनेको पोखराको रत्नमन्दिर अब सर्वसाधारणको लागि खुल्ला हुँदै

Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार


१९ डिसेम्बर, २०१९
बैदाम । तत्कालीन राजा महेन्द्र शाहको पालामा निर्माण भएको पोखराको रत्न मन्दिर अब सर्वसाधारणको लागि खुल्ला गरिँदैछ । मुलुकमा राजतन्त्रको अन्त्य भएको एक दशकपछि रत्नमन्दिर अब सर्वसाधारणको लागि खुल्ला हुन लागेको हो ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल ट्रस्टको स्वामित्वमा रहेको यो मन्दिर सर्वसाधारणको लागि खुल्ला हुन लागेको हो । राजतन्त्रका बेला विभिन्न देशका राजदूतहरूबाट चढाइने ओहोदाको प्रमाणपत्र समेत यही स्थानमा ग्रहण गर्ने गरिन्थ्यो । मन्दिर एक सय ११ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

फोटो : प्रदिप सापकोटा/बेस्टखबर डटकम

रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् भने परिसरभित्र प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन समेत रहेको छ । शुरुमा रत्नमन्दिर र त्यसपछि त्यसभित्र रहेको हिमागृह पनि सर्व सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । हालका लागि नेपाल ट्रस्टको कार्यालय पोखरामा रहेका कर्मचारीहरुबाटै सो कार्यलयको व्यवस्थान गर्ने गरी तयारी अघि बढेको बताइएको छ । पुस १६ गते अर्थात् अंग्रेजी नयाँ वर्षको अवसर पारेर जनवरी १ देखि नै रत्नमन्दिर सबैका लागि खुल्ला गर्न लागिएको हो ।

मन्दिर प्रवेशका लागि के कति टिकट लिने भन्ने विषयमा भने छलफल भै रहेको बाइएको छ । राजतन्त्रको अन्त्य भै सकेपछि सो मन्दिर खुल्ला गर्नका लागि सरकारलाई चौतर्फी दबाब परेको थियो । काठमाडौंस्थित नारायणहिटी राजदरवार सर्वसाधारणको खुला गरिएपनि अहिलेसम्म सो मन्दिर सर्वसाधारणको लागि खुल्ला दिएन ।

रत्न मन्दिरको नाममले चर्चित यो स्थान तत्कालीन राजा महेन्द्रले आफ्नी कान्छि श्रीमती रत्नको नामबाट राखेका थिए । विसं २०१३ मा निर्माण गरिएको यो स्थानमा राजपारिवारका सदस्यहरु पोखरा आउँदा बसोबास गर्ने गर्दथे । यसका अलावा उच्च पदस्थ विदेशी पाहुना आउँदा समेत दरबारले यो स्थानलाई प्रयोग गर्ने गर्दथ्यो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाको संक्रमणबाट फ्रान्समा थप एक जनाको मृत्यु, युरोपमा फैलँदै कोरोना कोरोनाको संक्रमणबाट फ्रान्समा थप एक जनाको मृत्यु, युरोपमा फैलँदै कोरोना

२०७६ फाल्गुन १४ गते बुधबार

२६ फेब्रुअरी, २०२० पेरिस । फ्रान्सको राजधानी पेरिसमा थप...

कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित) कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित)

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना...

सांसद अपहरण काण्ड : काठमाडौं प्रहरीमा उजुरी दर्ता भएन सांसद अपहरण काण्ड : काठमाडौं प्रहरीमा उजुरी दर्ता भएन

२०७७ बैशाख १४ गते आइतबार

२६अप्रिल, २०२०काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोलीले दायर...

रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०चन्द्रनिगाहपुर । रौतहटमा आज थप २२ जनामा...

Top