पोर्चुगलमा खेतीमा काम गर्ने नेपालीमा कोरोना संक्रमण, क्वारेन्टाइनमा राखेर उपचार गरिँदै

Best Khabar Team | २०७६ चैत्र २ गते आइतबार


१५ मार्च, २०२०
पोर्तिमाउ । पोर्चुगलको दक्षिण पूर्वमा पर्ने फारो जिल्लामा रहेको कृषि फार्ममा काम गर्ने एकजना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । फारोस्थित रिजनल हेल्थ सेन्टरका अनुसार केहीदिन अघि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती नेपालीलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

ल्याबको रिपोर्टमा उनमा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि उनलाई अहिले क्वारेन्टाईनमा राखेर उपचार थालिएको छ । यद्यपि उनको अवस्था सामान्य रहेको बताइएको छ । ती नेपाली फारोस्थित एउटा कृषि कम्पनीमा कार्यरत रहेकै अवस्थामा उनमा कोरोनाको संक्रमण देखिएको बताइको छ । उनमा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै काम गर्ने अन्य साथीभाई तथा उनी बस्ने घरका अन्यलाई पनि कारोनाको संक्रमण भएको हुनसक्ने आशंका गर्दै स्वास्थ्यकर्मीहरुले परिक्षण र आइसोलेसनको प्रक्रिया अघि बढाएको बताइएको छ । पोर्चुगलको दक्षिणमा पर्ने फारो जिल्लाको फारो क्षेत्रमा कोरोना संक्रमित भेटिएको यो पहिलो घटना हो ।

स्वास्थ्यसँग सम्बन्धित जनरल फर हेल्थले दिएको जानकारी अनुसार पोर्चुगलभर हालसम्म २ हजार २ सय ७१ जनाको ल्याब परिक्षण गरिएको छ । ती मध्ये २ सय ८१ जनाको ल्याब रिपोर्ट आउन बाँकी छ । स्थानीय समय अनुसार आइतबार साँझ साढे ६ बजेसम्म सिँगो पोर्चुगलमा २ सय ४५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

ती मध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । यस्तै १ सय ३९ जनालाई अस्पतालमा राखेर उपचार गरिँदैछ । पोर्चुगलमा कोरोनाको संक्रमणपछि २ जनाले अस्पतालमा उपचार गरी स्वास्थ्य लाभ गरेर घर फर्किसकेका छन् । पोर्चुगलको राजधानी लिस्बनमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । लिस्बनमा कोरोना प्रभावितको संख्या यो समाचार तयार पार्दासम्म १ सय १६ पुगेको छ ।

यस्तै उत्तरी पोर्तो जिल्लामा १ सय ३ र फारो जिल्लामा १० जनामा संक्रमण देखिएको छ, जुन अल्गार्भ क्षेत्रमा पर्दछ । तर फारो जिल्लाको फारो आससापमै कोरोना दोखिएको भने यो पहिलो घटना भएको बताइएको छ । भोलिबाट यहाँका सबै विद्यालय, क्याम्पसलगायत बन्द गरिएको छ भने सरकारले सार्वजनिक स्थानमा बसेर मदिरा सेवन गर्न र १०० जनाभन्दा बढी एकै ठाउँमा बसेर भिडभाड नगर्न निर्देशन दिएको छ । विश्वभर कोरोनाका कारण हालसम्म ५ हजार ७ सय ९६ जनाले ज्यान गुमाई सकेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हारेर होइन जितेर हराऔं कोरोना हारेर होइन जितेर हराऔं कोरोना

२०७७ जेठ १९ गते सोमबार

बैदेशिक रोजगारीका लागि जन्मभूमिलाई छाडेर कर्मभूमि कतारमा छु यतिबेला...

यी ४ अस्पतालबाट पाइनेछ अब कोरोनाका खोप लगाएकाहरुले आधिकारिक प्रमाणपत्र यी ४ अस्पतालबाट पाइनेछ अब कोरोनाका खोप लगाएकाहरुले आधिकारिक प्रमाणपत्र

२०७८ श्रावण ८ गते शुक्रबार

२३ जुलाई, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेकामध्ये...

केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० काठमाडौं । केन्याको राजधानी नैरवीस्थित एक...

फेरि थपिए १७ संक्रमित, नेपालभर २०८ मा कोरोना संक्रमण फेरि थपिए १७ संक्रमित, नेपालभर २०८ मा कोरोना संक्रमण

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । नेपालमा आज एकैदिन ७४ जनामा...

Top