काठमाडौंमा पक्राउ परेका चिनियाँ नागरिकबाट करोडौं मूल्यबराबरको विद्युतीय सामग्री बरामद, मोबाइलमात्रै ७ सय ४७ थान

Best Khabar Team | २०७६ पुष ९ गते बुधबार


तस्वीर : पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद विद्युतीय सामगी

२६ डिसेम्बर, २०१९
काठमाडौं । सामान्यतयाः एकजना व्यक्तिले कतिवटा मोबाइल बोक्छ होला ? एक, दुई वा बढीमा तीन । तर प्रहरीले गत आइतबार राजधानीका विभिन्न स्थानमा गरेको ‘सर्च अपरेशन’का क्रममा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकको साथबाट ७ सय ४७ थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका चिनियाँ नागरिक र उनीहरुबाट बरामद गरिएको मोबाइलको संख्याको अनुपात हेर्ने हो भने एक चिनियाँ नागरिक बराबर ६ वटा मोबाइल बरामद भएको प्रहरीले जनाएको हो ।

प्रहरीले गरेको अपरेशनका क्रममा पक्राउ परेका चिनियाँ नागरिकहरुको साथबाट ३ सय ३१ ल्यापटप समेत बरामद गरेको छ । यस हिसावले हेर्दा एक व्यक्ति बराबर २ वटा ल्यापटप प्रयोग गरिएको प्रहरीको तथ्यांकले जनाएको छ ।

‘ठ्याक्कै एक व्यक्तिले ६ वटा मोइबल र २ वटा ल्यापटप प्रयोग गरेको भन्ने होइन तर पक्राउ परेका चिनियाँ नागरिक, मोबाइल एवं ल्यापटपको संख्याको अनुपात हेर्दा एक व्यक्ति बराबर ६ मोइबल र २ ल्यापटप प्रयोगमा रहेको देखिन्छ ।’ अनुसन्धानमा सहभागी एक प्रहरी अधिकारीले बेस्टखबर डटकमलाई जानकारी दिए ।

पक्राउ गरिएको विद्यतुीय सामग्रीको नेपाली मूल्य करोडौं रुपियाँ बराबर रहेको प्रहरीको भनाई छ । आज प्रहरीले पक्राउ परेकाहरुको साथबाट बरामद गरिएको पासपोर्ट, मोइबल, ल्यापटप, सिपियु, सिमकार्डलगायतका सामग्रीसहित गरेको पत्रकार सम्मेलनमा कतिपय चिनियाँ नागरिकको पासपोर्ट फेला पार्न नसकिएको जनाएको छ ।

चिनियाँ आर्थिक प्रणालीमा गम्भीर असर पर्ने समूहको बारेमा चिनियाँ सरकारी टोलीले दिएको सूचनाको आधारमा प्रहरीले सर्च अपरेशन गरेको जनाएको छ । प्रहरीले आज गरेको पत्रकार सम्मेलनमा पक्राउ परेकाहरुको घर खानतलासी गर्दा ९८ वटा सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ डाइभ र ३ सय २७ सीमकार्ड बरामद गरेको तथ्यांक सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुलाई पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

प्रेम प्रस्ताव अस्वीकारको बहानामा काठमाडौंमा ‘तेजाव’ आक्रमण भएको खुलासा : दुई पक्राउ प्रेम प्रस्ताव अस्वीकारको बहानामा काठमाडौंमा ‘तेजाव’ आक्रमण भएको खुलासा : दुई पक्राउ

२०७७ श्रावण ९ गते शुक्रबार

२४ जुलाई, २०२०काठमाडौं । काठमाण्डौंको सितापाईलामा हिजो साँझ एक...

न्यायको गुहार माग्दै गंगामाया पुगिन् राष्ट्रसंघको कार्यालयमा न्यायको गुहार माग्दै गंगामाया पुगिन् राष्ट्रसंघको कार्यालयमा

२०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, ललितपुर । सशस्त्र युद्धका बेला आफ्ना छोरालाई...

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज अनिश्चित समयका लागि बन्द स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज अनिश्चित समयका लागि बन्द

२०७७ जेठ २१ गते बुधबार

०३ जुन, २०२०काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको ‘काठमाडौं मेडिकल...

‘युद्धकालमा’ छाडिएको बम पड्कँदा रोल्पामा ४ बालबालिकाको मृत्यु ‘युद्धकालमा’ छाडिएको बम पड्कँदा रोल्पामा ४ बालबालिकाको मृत्यु

२०७७ बैशाख १८ गते बिहिबार

३० अप्रिल, २०२०लिवाङ्ग । युद्दकालमा जमिनमा छाडिएको बम विस्फोट...

Top