Best Khabar Team | २०७६ पुष ९ गते बुधबार

२६ डिसेम्बर, २०१९
काठमाडौं । सामान्यतयाः एकजना व्यक्तिले कतिवटा मोबाइल बोक्छ होला ? एक, दुई वा बढीमा तीन । तर प्रहरीले गत आइतबार राजधानीका विभिन्न स्थानमा गरेको ‘सर्च अपरेशन’का क्रममा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकको साथबाट ७ सय ४७ थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका चिनियाँ नागरिक र उनीहरुबाट बरामद गरिएको मोबाइलको संख्याको अनुपात हेर्ने हो भने एक चिनियाँ नागरिक बराबर ६ वटा मोबाइल बरामद भएको प्रहरीले जनाएको हो ।
प्रहरीले गरेको अपरेशनका क्रममा पक्राउ परेका चिनियाँ नागरिकहरुको साथबाट ३ सय ३१ ल्यापटप समेत बरामद गरेको छ । यस हिसावले हेर्दा एक व्यक्ति बराबर २ वटा ल्यापटप प्रयोग गरिएको प्रहरीको तथ्यांकले जनाएको छ ।
‘ठ्याक्कै एक व्यक्तिले ६ वटा मोइबल र २ वटा ल्यापटप प्रयोग गरेको भन्ने होइन तर पक्राउ परेका चिनियाँ नागरिक, मोबाइल एवं ल्यापटपको संख्याको अनुपात हेर्दा एक व्यक्ति बराबर ६ मोइबल र २ ल्यापटप प्रयोगमा रहेको देखिन्छ ।’ अनुसन्धानमा सहभागी एक प्रहरी अधिकारीले बेस्टखबर डटकमलाई जानकारी दिए ।
पक्राउ गरिएको विद्यतुीय सामग्रीको नेपाली मूल्य करोडौं रुपियाँ बराबर रहेको प्रहरीको भनाई छ । आज प्रहरीले पक्राउ परेकाहरुको साथबाट बरामद गरिएको पासपोर्ट, मोइबल, ल्यापटप, सिपियु, सिमकार्डलगायतका सामग्रीसहित गरेको पत्रकार सम्मेलनमा कतिपय चिनियाँ नागरिकको पासपोर्ट फेला पार्न नसकिएको जनाएको छ ।
चिनियाँ आर्थिक प्रणालीमा गम्भीर असर पर्ने समूहको बारेमा चिनियाँ सरकारी टोलीले दिएको सूचनाको आधारमा प्रहरीले सर्च अपरेशन गरेको जनाएको छ । प्रहरीले आज गरेको पत्रकार सम्मेलनमा पक्राउ परेकाहरुको घर खानतलासी गर्दा ९८ वटा सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ डाइभ र ३ सय २७ सीमकार्ड बरामद गरेको तथ्यांक सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुलाई पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारत बन्यो विश्वको तेश्रो कोरोना प्रभावित मुलुक, एकैदिन भेटिए करिब २४ हजार संक्रमित
२०७७ असार २१ गते आइतबार
०५ जुलाई, २०२०नयाँ दिल्ली । विश्वमा सबैभन्दा बढी कोरोना...
रानीपोखरीस्थित ‘प्रहरी कन्ट्रोल रुम’ मा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण
२०७७ श्रावण २६ गते सोमबार
१० अगस्ट, २०२०काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित प्रहरी कन्ट्रोल रुममा...
हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेडाईँको भारतमा निधन
२०८० कार्तिक ८ गते बुधबार
२५ अक्टोबर, २०२३काठमाडौं । सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनामा गम्भीर...
हटाईँदै होर्डिङ्गबोर्ड, फेरिँदै काठमाडौंको मुहार
२०७६ पुष ११ गते शुक्रबार
२७ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यकाको सौन्दन्य छोप्नका...
Top