देशभर १०९ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको उपचार सफल

Best Khabar Team | २०७७ बैशाख २७ गते शनिबार


०९ मे, २०२०
काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज जारी गरेको विज्ञप्ति अनुसार देशभरबाट थप ३ महिला र ४ पुरुष गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उदयपुरको भुल्केकी १८, ४५ र ६५ वर्षकी ३ जना महिलामा कोरोना संक्रमण देखिएको हो ।

विराटनगरस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कपिलबस्तुका १७, १८ र १८ बर्षका ३ जना युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पर्साको छपकैयामा ६२ वर्षका एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार उनीहरु सबैको अवस्था सामान्य रहेको छ । मन्त्रालयका अनुसार देशभर अहिले कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । ती मध्ये २७ जनाको उपचार सफल भै घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाको दोश्रो लहरको जोखिम : अबदेखि सार्वजनिक यातयातमा  माक्स अनिवार्य कोरोनाको दोश्रो लहरको जोखिम : अबदेखि सार्वजनिक यातयातमा माक्स अनिवार्य

२०७७ चैत्र १३ गते शुक्रबार

२६ मार्च, २०२१काठमाडौं । सरकारले काठमाडौंलगायत देशभर सञ्चालन हुने...

अधिकमास (पुरुषोत्तम महिना) र यसको धार्मिक महत्व अधिकमास (पुरुषोत्तम महिना) र यसको धार्मिक महत्व

२०७७ भाद्र ११ गते बिहिबार

– विश्वनाथ खरेलएउटै महिनामा दुईवटा औंसी प-यो भने त्यसलाई...

आगिञ्चोकमा सडक सकस : ‘कुरिकुरी सरकार’ (भिडियोसहित) आगिञ्चोकमा सडक सकस : ‘कुरिकुरी सरकार’ (भिडियोसहित)

२०७६ माघ ७ गते मंगलबार

काठमाडौंको पश्चिमी छिमेकी जिल्ला धादिङ्ग । काठमाडौंबाट मलेखु हुँदै...

नेपालमा कोरोना संक्रमण बढ्दो : पछिल्लो २४ घण्टामा ४ सय २५ जना थपिए नेपालमा कोरोना संक्रमण बढ्दो : पछिल्लो २४ घण्टामा ४ सय २५ जना थपिए

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । पछिल्ला केही साता यता नेपालमा...

Top