Best Khabar Team | २०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०
काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज जारी गरेको विज्ञप्ति अनुसार देशभरबाट थप ३ महिला र ४ पुरुष गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उदयपुरको भुल्केकी १८, ४५ र ६५ वर्षकी ३ जना महिलामा कोरोना संक्रमण देखिएको हो ।

विराटनगरस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कपिलबस्तुका १७, १८ र १८ बर्षका ३ जना युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पर्साको छपकैयामा ६२ वर्षका एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार उनीहरु सबैको अवस्था सामान्य रहेको छ । मन्त्रालयका अनुसार देशभर अहिले कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । ती मध्ये २७ जनाको उपचार सफल भै घर फर्केका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेवारी संस्कृतिमा भीमरथारोहण (संस्कार)
२०८२ श्रावण ३ गते शनिबार
बाबुराम तिमल्सिनाभाषा तथा संस्कृतिविद जव मानिस विस्तार विस्तार बूढो...
समाज परिवर्तनका लागि अभियान छेड्दै महिला नौमती बाजा समूह
२०७६ पुष २ गते बुधबार
१८ डिसेम्बर, २०१९ काठमाडौं । महिलाहरुको एउटा समूहले नौमती...
कोरोनाको महामारीकै बीच बेल्जियमको राजधानी ब्रसेल्समा किन भयो प्रहरीको गाडी तोडफोड ? (भिडियोसहित)
२०७६ चैत्र ३० गते आइतबार
पि.एल. तरंग / लिंकरोभर, बेल्जियम । महामारी बन्दै गएको...
शैक्षिक संस्था तत्काल नखुल्ने
२०७७ भाद्र १४ गते आइतबार
३० अगस्ट, २०२०काठमाडौं । सरकारले शिक्षण संस्था तथा धेरै...
Top