विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू

Best Khabar Team | २०७७ बैशाख २७ गते शनिबार


०९ मे, २०२०
मिरक्युयेब, कुवेत । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न खाडी राष्ट्र कुवेतले आगामी २० दिनका लागि सिँगो देशमा कर्फ्यूको घोषणा गरेको छ । विदेशमा रहेका आफ्ना नागरिकलाई सकुशल स्वदेश फिर्ता ल्याएपछि यहाँको मन्त्रीपरिषद्ले भोलि साँझ अर्थात् मे १० तारिख अपरान्ह ४ बजेदेखि लागू हुने गरी २० दिनको लागि सिँगो देशमा कर्फ्यू आदेशको घोषणा गरेको हो ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन यो घोषणा गर्नुपरेको भन्दै यहाँको सरकारले कोरोना नियन्त्रण गर्ने महाअभियानलाई घरभित्रै बसेर सहयोग गर्न सबै देशबासीलाई अपिल गरेको छ । कर्फ्यूको बेला घरबाहिर ननिस्कन र कुनै अप्ठेरो वा स्वास्थ्य सम्बन्धी आशंका भए नजिकको प्रहरी वा स्वास्थ्यकर्मीसँग सम्पर्कमा रहनका लागि सरकारले सूचना जारी गरेको छ । कर्फुयको समयभरी विद्यालय, कलकारखाना, उद्योगधन्दालगायत सबै पूर्णरुपमा बन्द रहनेछन् । यद्यपि अत्यावश्यकीय सेवामा रहेका विभिन्न संघ संस्थाले सरकारी नियमलाई पालन गरी आफ्नो सेवा सूचारु गर्न सक्नेछन् ।

यसमा एम्बुलेन्स, प्रेस, औषधी बोकेका गाडी, हुलाक, नगरपालिका, औषधी पसल, सहकारी पसललगायत पर्दछन् । यद्यपि पत्रिकाको प्रिन्ट भर्सन भने कर्फुयुको समयावधिभर बन्द रहनेछ । यहाँका व्यापार तथा उद्योग मामिला हेर्ने मन्त्री खालिद अब रावदानका अनुसार कर्फ्यूका समयमा आम उपभोक्तालाई अवश्यक पर्ने दैनिक उपभोग्य सामगीलाई मध्यनजर गर्दै साना किराना पसल तथा सहकारी पसलहरु खुल्ला रहने छन् । त्यसका लागि पहिले नै समय लिनुपर्ने छ र तोकिएको समयमा परिवारका एकजना सदस्य सामान लिनका लागि निर्धारित पसल वा सहकारीसम्म जान सक्नेछन् । यसरी पूर्व निर्धारित समय लिएर जाने पसलहरु अपरान्ह साढे ४ बजेदखि साँझ ६ बजेसम्म खुल्ला रहनेछ ।

तोकिएका पसलमा जानेले अनिवार्य रुपमा माक्स लगाउनुपर्ने हुन्छ । टेलिभिजन सम्बोधनका क्रममा यहाँका आन्तरिक मन्त्री अनस अल सहेलले भने –“स्वास्थ्य, सुरक्षा, बिजुली, तेल तथा नगरपालिकाको सेवा जस्ता महत्वपूर्ण सेवा प्रवाह गर्नेहरुमाथि कफूर्यले कुनै असर गर्ने छैन । तर यी निकायमा काम गर्नेहरुले आवश्यकीय स्वास्थ्य सुरक्षा सावधानी अपनाउनुपर्ने छ ।” यसअघि गत अप्रिल २० मा कुवेत सरकारले केही खुकुलो कफ्र्र्युको घोषणा गरेको थियो । यो क्रम भोलि साँझ ४ बजेसम्म जारी रहने छ ।

भोलिसम्म बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म किनमेल तथा अन्य गतिविधिको लागि कर्फ्यू खुकुलो बनाइएको भएपनि भोलि साँझ ४ बजेदेखि भने २० दिनसम्म सिँगो देश ठप्प रहने छ । अध्ययन, रोजगारी तथा घुमघामका लागि अमेरिका, बेलायत, युरोप, अष्टेलिया, कोरियालगायतका देशमा गएका आफ्ना देशका नागरिकहरुलाई स्वदेश ल्याएपछि कुवेत सरकारले कफ्र्युको समयावधि बढाएको हो । कर्फ्यूका कारण मुस्लिम धर्माबलम्बीको महान पर्व रमदान पनि प्रभावित बनेको छ । कुवेतमा यो समाचार तयार पार्दासम्म ७ हजार २ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ४७ जनाको ज्यान गै सकेको छ भने २ हजार ४ सय ६६ जना उपचारपछि घर फर्केका छन् ।

अहिले विशेष गरी राजधानी कुवेत सिटी, साल्मिया, जिजिबलगायतका क्षेत्र जहाँ बढी जनघनत्व रहको क्षेत्रहरु छन्, ती क्षेत्रमा प्रहरीले विशेष निगरानी गरिरहेको छ । जिजिवमा मानिसहरुको चहलपहल बढी भएपछि त्यो क्षेत्रलाई काँडेतार लगाएर शिल गरिएको छ । भोलिदेखि २० दिनसम्म कफ्र्युको घोषणा गरिएपछि सपिङ्ग मलहरुमा मानिसहरुको लामो लाईन लागेको छ । आवश्यक सामग्री सँग्रहका लागि उनीहरु बिहानै देखि लाइनमा बसेका हुन् ।

नेपाली समस्यामा
यसैबीच कुवेतमा रहेका हजारौं नेपालीले कोरोनाका कारण विभिन्न खाले समस्या भोग्दै आएका छन् । विशेषगरी भिषा समयावधि सकिएका, एउटा भनेर अर्कै ठाउँमा अबैध रुपमा काम गरेर बसेका नेपालीहरु कोरोनाका कारण उत्पन्न कफ्र्युको मारमा परेका हुन् । उनीहरुले यसअघि नै कुवेतस्थित नेपाली दुतावास अगाडि प्रदर्शन गरी नेपाल जान पाउनुपर्ने माग गरेको भएपनि नेपाल सरकारले तत्काल उनीहरुलाई स्वदेश लैजान सक्ने अवस्था देखिएको छैन । जसका कारण उनीहरु अहिले कुवेत सरकारले तोकेका विभिन्न स्थानमा बसिरहेका छन् । कुवेत सरकारले नै उनीहरुको खानपानको व्यवस्था गरिदिएको छ ।

उनीहरुलाई कुवेत सरकारले आम माफी दिएको भएपनि तत्काल नेपाल सरकारले उद्दार गर्न नसक्दा आफूहरु समस्यामा परेको यहाँ रहेका नेपालीहरु बताउँछन् । हाल करिब ४ हजारको संख्यामा यस्ता नेपालीहरु रहेका छन् । यद्यपि कानुनी रुपमा कम्पनी वा घरमा काम गर्नेहरुको हकमा भने सरकारी सेवा सुविधा तथा सरकारले तोकेको नियम अनुसार काम नभएको समयमा पनि निश्चित रकम प्राप्त हुनेछन् । सरकारले कफ्र्युको घोषणा गरेसँगै यहाँका कामकाजी नेपालीहरुपनि समस्यामा परेका छन् ।

विशेष गरी सरकारले तोकेको पसलमा सामान लिनका लागि जानुपर्ने बाध्यता भएपनि आफूसँग व्यक्तिगत गाडी नहुने तथा सार्वजनिक गाडीहरु तथा ट्याक्सीहरु समेत नचल्दा उनीहरुले दैनिक उपभोग्य सामग्री गरिद गर्नमा समस्या पर्ने बताउँदै आएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

इटहरीका मेयर पत्रकार विरुद्ध क्रुद्ध, रवि लामिछानेलाई ठाडै थर्काए (हेर्नोस् भिडियो) इटहरीका मेयर पत्रकार विरुद्ध क्रुद्ध, रवि लामिछानेलाई ठाडै थर्काए (हेर्नोस् भिडियो)

२०७६ जेठ २१ गते मंगलबार

०४ जुन, २०१९ काठमाडौं । सुनसरीस्थित इटहरी उपमहानगरपालिकाका मेयर...

कोरोना कहरकैबीच दशैं शुरु : सर्तकता नअपनाइए संक्रमणले भयाबह रुप लिनसक्ने खतरा ! कोरोना कहरकैबीच दशैं शुरु : सर्तकता नअपनाइए संक्रमणले भयाबह रुप लिनसक्ने खतरा !

२०७७ कार्तिक १ गते शनिबार

१७ अक्टोबर, २०२०काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाडको रुपमा...

धरौटीमा छुटिन् गायिका राउत धरौटीमा छुटिन् गायिका राउत

२०७६ माघ १४ गते मंगलबार

२८ जनवरी, २०२० काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा...

२२ औं फ्लोरा एक्स्पोमा ३५ हजार दर्शक २२ औं फ्लोरा एक्स्पोमा ३५ हजार दर्शक

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी २२...

Top