भूकम्पले रुकुम र जाजरकोटमा ठूलो जनधनको क्षति : दर्जनौको मृत्यु, सयौं घाइते, उद्धारकार्य जारी (अपडेट)

Best Khabar Team | २०८० कार्तिक १८ गते शनिबार


०४ नोभेम्बर, २०२३ मुसिकोट, रुकुम । पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी हालसम्म ५ दर्जन बढी स्थानीयको ज्यान गएको बताइएको छ । प्रहरी र उद्दारमा खटिएका स्थानीय वासिन्दाका अनुसार भूकम्पले विशेष गरी रुकुम र जाजरकोटमा बढी जनधनको क्षति भएको छ । रुकुम पश्चिम र जाजजरकोटका विभिन्न स्थानमा भूकम्पमा परी हालसम्म करिब ६० जनाको ज्यान गएको उद्दारकर्मीहरुको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । मध्यरातमा भूकम्प गएका कारण उद्दारमा कठिनाई भएको छ ।

फाइल तस्वीर

ढुंगा माटोको कच्ची घर भत्कँदा घरभित्र सुतेका दर्जनौ स्थानीय वासिन्दाले ज्यान गुमाएका छन् । गएराति करिब पौने १२ बजे गएको सो भूकम्पले हालसम्म रुकुमका मात्रै ३० जनाको ज्यान गै सकेको छ । यस्तै छिमेकी जाजरकोटमा पनि यो समाचार तयार पार्दासम्म ३० जनाको ज्यान गएको स्थानीयले बताएका छन् । भूकम्पलगत्तै स्थानीय प्रहरी, जिल्लास्थित नेपाली सेना तथा सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएको छ । भूकम्पमा जोगिएका स्थानीय वासिन्दाहरुले पनि घाइतेको उद्दार तथा उनीहरुलाई स्थानीय अस्पतालसम्म लैजाने काममा गएरातिदेखि नै सहयोग गरिरहेका छन् ।

भूकम्पले रुकुममको आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, जाजरकोटको भेरी नगरपालिका, केशे गाउँपालिकामा धेरै जनधनको क्षति पुगेको छ । घाइतेहरुलाई स्थानीय वासिन्दा, सेना प्रहरीको सहयोगमा जिल्ला अस्पताल तथा नजिकको स्वास्थ्य संस्थामा लैजाने कार्य जारी छ । ग्रामिण भेगमा भूकम्पले के कति क्षति पु-यायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । यसैबीच सरकारले भूकम्पपीडितको उद्दार तथा राहतका लागि काठमाडौं तथा नेपालगञ्जबाट हेलिकोप्टरसहित चिकित्सकको टोली पठाउने तयारी गरेको छ ।

यसैबीच, मध्यरातको भूकम्पपछि पनि लगाताररुपमा पराकम्पन गै रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। केन्द्रका अनुसार यो समाचार तयार पार्दासम्म (शनिबार बिहान साढे ५ बजेसम्म) चार रेक्टरस्केल भन्दा माथिका ४ वटा पराकम्पन गै सकेको छ । लगातारको भूकम्पका कारण त्रसित बनेका स्थानीयहरु चिसो रातमा घर बाहिरै बस्न बाध्य भएका छन् । भूकम्पले यस क्षेत्रका अघिकांश घरहरुमा क्षति पु-याएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भूकम्पमा परी टर्कीमा १८ को मृत्यु, सयौं घाइते भूकम्पमा परी टर्कीमा १८ को मृत्यु, सयौं घाइते

२०७६ माघ ११ गते शनिबार

२५ जनवरी, २०२० इस्तानबुल । टर्कीको पूर्वी क्षेत्रमा अवस्थित...

फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० हेलसिंगी । युरोपेली मुलुक फिनल्याण्डकी प्रधानमन्त्रीले...

उदयपुर भुल्केका ८ जनामा कोरोना आशंका : थप परीक्षणका लागि स्वाब धरान पठाईयो उदयपुर भुल्केका ८ जनामा कोरोना आशंका : थप परीक्षणका लागि स्वाब धरान पठाईयो

२०७७ बैशाख ९ गते मंगलबार

२१ अप्रिल, २०२०गाईघाट । उदयपुरको भुल्केस्थित एकै गाउँका ८...

अमेरिकामा बर्दीमै रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार, एक गम्भीर घाइते अमेरिकामा बर्दीमै रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार, एक गम्भीर घाइते

२०७६ माघ २६ गते आइतबार

०९ फेब्रुअरी, २०२० न्यूर्योक । अमेरिकाको न्यूर्योकमा आज साँझ...

Top