भूकम्पले रुकुम र जाजरकोटमा ठूलो जनधनको क्षति : दर्जनौको मृत्यु, सयौं घाइते, उद्धारकार्य जारी (अपडेट)

Best Khabar Team | २०८० कार्तिक १८ गते शनिबार


०४ नोभेम्बर, २०२३ मुसिकोट, रुकुम । पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी हालसम्म ५ दर्जन बढी स्थानीयको ज्यान गएको बताइएको छ । प्रहरी र उद्दारमा खटिएका स्थानीय वासिन्दाका अनुसार भूकम्पले विशेष गरी रुकुम र जाजरकोटमा बढी जनधनको क्षति भएको छ । रुकुम पश्चिम र जाजजरकोटका विभिन्न स्थानमा भूकम्पमा परी हालसम्म करिब ६० जनाको ज्यान गएको उद्दारकर्मीहरुको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । मध्यरातमा भूकम्प गएका कारण उद्दारमा कठिनाई भएको छ ।

फाइल तस्वीर

ढुंगा माटोको कच्ची घर भत्कँदा घरभित्र सुतेका दर्जनौ स्थानीय वासिन्दाले ज्यान गुमाएका छन् । गएराति करिब पौने १२ बजे गएको सो भूकम्पले हालसम्म रुकुमका मात्रै ३० जनाको ज्यान गै सकेको छ । यस्तै छिमेकी जाजरकोटमा पनि यो समाचार तयार पार्दासम्म ३० जनाको ज्यान गएको स्थानीयले बताएका छन् । भूकम्पलगत्तै स्थानीय प्रहरी, जिल्लास्थित नेपाली सेना तथा सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएको छ । भूकम्पमा जोगिएका स्थानीय वासिन्दाहरुले पनि घाइतेको उद्दार तथा उनीहरुलाई स्थानीय अस्पतालसम्म लैजाने काममा गएरातिदेखि नै सहयोग गरिरहेका छन् ।

भूकम्पले रुकुममको आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, जाजरकोटको भेरी नगरपालिका, केशे गाउँपालिकामा धेरै जनधनको क्षति पुगेको छ । घाइतेहरुलाई स्थानीय वासिन्दा, सेना प्रहरीको सहयोगमा जिल्ला अस्पताल तथा नजिकको स्वास्थ्य संस्थामा लैजाने कार्य जारी छ । ग्रामिण भेगमा भूकम्पले के कति क्षति पु-यायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । यसैबीच सरकारले भूकम्पपीडितको उद्दार तथा राहतका लागि काठमाडौं तथा नेपालगञ्जबाट हेलिकोप्टरसहित चिकित्सकको टोली पठाउने तयारी गरेको छ ।

यसैबीच, मध्यरातको भूकम्पपछि पनि लगाताररुपमा पराकम्पन गै रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। केन्द्रका अनुसार यो समाचार तयार पार्दासम्म (शनिबार बिहान साढे ५ बजेसम्म) चार रेक्टरस्केल भन्दा माथिका ४ वटा पराकम्पन गै सकेको छ । लगातारको भूकम्पका कारण त्रसित बनेका स्थानीयहरु चिसो रातमा घर बाहिरै बस्न बाध्य भएका छन् । भूकम्पले यस क्षेत्रका अघिकांश घरहरुमा क्षति पु-याएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

New Zealand Natural Disaster : 5 Dead and many mising New Zealand Natural Disaster : 5 Dead and many mising

२०७६ मंशिर २३ गते सोमबार

09, Dec, 2019 New Zealand, At least five people...

भारत चीनबीचको सीमा विवाद : रुसको मध्यस्थतामा वार्ता हुँदै भारत चीनबीचको सीमा विवाद : रुसको मध्यस्थतामा वार्ता हुँदै

२०७७ असार ४ गते बिहिबार

१८ जुन, २०२०नयाँदिल्ली । गएको सोमबार राती भारत चीन...

अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी

२०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०ब्रसेल्स, बेल्जियम । युरोपेली मुलुकमा गर्मी (समर)...

पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई तत्काल चिन लैजाँदैनौं : चिनियाँ दूतावास पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई तत्काल चिन लैजाँदैनौं : चिनियाँ दूतावास

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० काठमाडौं । दुईसाताअघि काठमाडौंका विभिन्न स्थानबाट...

Top