Best Khabar Team | २०८० कार्तिक १७ गते शुक्रबार
०३ नोभेम्बर, २०२३
काठमाडौं । देशभरका करिब ३२ लाख बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाईँदै छ । नेपाल सरकारको बार्षिक कार्यक्रम अनुसार हरेक वर्ष पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधी खुवाउने कार्यक्रम अन्तर्गत यो वर्ष दोश्रो चरणको कार्यक्रम सञ्चालन भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार देशभरका करिब ३२ लाख बालकालिकालाई यो अभियान अन्र्तगत भिटामिन ए तथा जुकाको औषधी खुवाईँदै छ ।

विशेष गरी जन्मेको ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विक्रम सम्बत २०५३ सालबाट नियमित रुपमा वर्षमा २ पटक भिटामिन ए औषधी खुवाउँदै आइरहेको छ । यस्तै जुकाको औषधि भने विक्रम सम्वत २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिन्छ । यो कार्यक्रम अन्तर्गत देशभर करिब ५५ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामामा ह्रास आउने भएकाले यसका विरुद्ध लड्नका अभियान सञ्चालन गरिएको परिवार स्वाथ्य महाशाखले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायतमा स्वास्थ्यमन्त्रीलाई पनि कोरोना संक्रमण, घरमै क्वारेन्टाईनमा राखियो
२०७६ फाल्गुन २८ गते बुधबार
११ मार्च, २०२०लण्डन । पछिल्लो समयमा विश्वव्यापी बन्दै गएको...
तत्कालीन राजा बीरेन्द्रको बंशविनास भएको १८ वर्ष पुरा, हत्याकाण्ड अझै रहस्यमय
२०७६ जेठ १९ गते आइतबार
०२ जुन, २०१९ वेस्टखबर टिम काठमाडौं । तत्कालीन राजा...
स्वर्गद्वारी दर्शनका लागि हिडेका ५ जनाको जीप दुर्घटनामा मृत्यु
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१स्वर्गद्वारी, प्युठान । प्युठानमा आज बिहान भएको...
हवाई उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द गर्ने सरकारको निर्णय
२०७७ असार १५ गते सोमबार
२९ जुन, २०२०काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको...
Top