तत्कालीन राजा बीरेन्द्रको बंशविनास भएको १८ वर्ष पुरा, हत्याकाण्ड अझै रहस्यमय

Best Khabar Team | २०७६ जेठ १९ गते आइतबार


०२ जुन, २०१९
वेस्टखबर टिम

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र बीरविक्रम शाहसहित उहाँको परिवारका ५ जनासहित ८ जनाको ज्यान जाने गरी दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते राति ९ बजे शुक्रबार राजपरिवारमा रात्रिभोज चलिरहेको बेलामा भएको दरबार नरसंहारमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह, रानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह, तत्कालीन युवराज दीपेन्द्र तथा निराजन विक्रम शाह, तत्कालीन अधिराज कुमारी श्रुती राज्यलक्ष्मी शाहको पनि सो हत्याकाण्डमा परी ज्यान गएको थियो । यस्तै शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र अधिराजकुमार धीरेन्द्र शाहको पनि सो हत्याकाण्डमा परी ज्यान गएको थियो ।

फाइल तस्वीर : हत्याकाण्डमा मारिएका राजा वीरेन्द्रको परिवार

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते भएका थिए।घटना घटेको १८ वर्ष पुरा भै सक्दा पनि यो हत्याकाण्ड कसले र किन घटायो भन्ने विषयमा अहिलेसम्म कुनै औपचारिक र आधिकारिक प्रमाण तथा जानकारीहरु सार्वजनिक हुन सकेको छैन । घटनालगत्तै तत्कालीन सरकारले सार्वजनिक रुपमै घोषणा गरी छानबिन समिति गठन गरेको थियो ।

छानविनका क्रममा तत्कालीन युवराज दिपेन्द्रले नै सो हत्याकाण्ड गराएको प्रतिवेदन सार्वजनिक गरेपनि त्यसलाई कसैले विश्वास गर्न सकिरहेका छैनन् । दरबार हत्याकाण्डका विषयमा अहिलेसम्म दर्जनौपुस्तकहरु प्रकाशित भएका छन् । तत्कालीन अवस्थामा दरबारमा काम गर्ने कर्मचारी, सेना तथा दरबार हत्याकाण्डलाई नजिकबाट नियाल्नेहरुले लेखेका यी पुस्तकहरुले पनि अहिलेसम्म हत्याकाण्डको मुख्यजड यहि हो भनेर किटान गर्न सकेको छैन । त्यसका कारणपनि दरबार हत्याकाण्ड अहिलेपनि रहस्यकै गर्भमा छ । कतिपयले विदेशी योजनामा हत्याकाण्ड भएको बताएका छन् भने कतिपयले स्वदेश तथा पारिवारिक झगडाको कारण हत्याकाण्ड भएको दाबी गरेका छन् । तर यी सबै दाबीका अगाडि कुनै तर्कपूर्ण प्रमाण छैन । नेपालको इतिहाँसमै कालो दिनको रुपमा रहेको जेठ १९ को आसपासमा दरबार हत्याकाण्डका विषयमा विभिन्न खाले विचारको मन्थन हुने गरेपनि वर्षका हरु साढे ११ यो विषय चर्चाबाट हराउँछ । तत्कालीन राजपरिवारलाई माया गर्ने तथा सच्चा देशभक्तहरुले भने अहिलेपनि हत्याकाण्डको वास्तविक रहस्य के होला भन्नेमा जिज्ञासु देखिन्छन् ।

जेठ १९ लाई नेपाली इतिहासमै कहालीलाग्दो दिनका रूपमा लिने गरिन्छ।

घटनाको छानबिन गर्न तत्कालीन सरकारले गठन गरेको समितिले तयार पारेको प्रतिवेदनले गोलीकाण्ड तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेको थियो। तर यसलाई धेरैले पत्याएका छैनन्। अहिलेसम्म त्यो हत्याकाण्ड कसले र किन ग‍र्यो भन्ने वास्तविकता अझै रहस्यकै गर्भमा छ।

सरकारले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रतिवद्दता जनाए पनि अहिलेसम्म कुनै कदम चालिएको छैन।

वीरेन्द्रको वंश नाशपछि ज्ञानेन्द्र शाहले सम्हालेपछि राजतन्त्र धेरै समय टिक्न सकेन। ज्ञानेन्द्र शाह नै नेपालको अन्तिम राजा बने।

माओवादी शसस्त्र युद्ध र ६२÷६३ को जनआन्दोलनपछि नेपाल गणतान्त्रिक मुलुक घोषणा भयो।
माओवादीको शसस्त्र द्वन्द्व र राजनीतिक दलहरुको जनआन्दोलन पछि नेपाल गणतान्त्रिक मुलुक घोषणा भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकामा कोरोनाबाट थप एक महिलाको मृत्यु, प्रहरी मुख्यालय भित्र संक्रमित प्रहरीको संख्या ७२ पुग्यो उपत्यकामा कोरोनाबाट थप एक महिलाको मृत्यु, प्रहरी मुख्यालय भित्र संक्रमित प्रहरीको संख्या ७२ पुग्यो

२०७७ श्रावण १६ गते शुक्रबार

३१ जुलाई, २०२०काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमणबाट...

भारतमा आम नागरिकलाई कोरोनो विरुद्धको खोप लगाउन शुरु भारतमा आम नागरिकलाई कोरोनो विरुद्धको खोप लगाउन शुरु

२०७७ माघ ४ गते आइतबार

१७ जनवरी, २०२१नयाँदिल्ली । भारतमा आज जनवरी १७ तारिखका...

काठमाडौंमा पक्राउ परेका चिनियाँ नागरिकबाट करोडौं मूल्यबराबरको विद्युतीय सामग्री बरामद, मोबाइलमात्रै ७ सय ४७ थान काठमाडौंमा पक्राउ परेका चिनियाँ नागरिकबाट करोडौं मूल्यबराबरको विद्युतीय सामग्री बरामद, मोबाइलमात्रै ७ सय ४७ थान

२०७६ पुष ९ गते बुधबार

२६ डिसेम्बर, २०१९ काठमाडौं । सामान्यतयाः एकजना व्यक्तिले कतिवटा...

आप्रबासी लिएर अबैधरुपमा युरोप आउँदै गरेको पानीजहाज दुर्घटना, कम्तीमा ७३ को मृत्यु आप्रबासी लिएर अबैधरुपमा युरोप आउँदै गरेको पानीजहाज दुर्घटना, कम्तीमा ७३ को मृत्यु

२०७९ फाल्गुन ३ गते बुधबार

१५ फेब्रुअरी, २०२३ लिंकरोभर, बेल्जियम । अबैध आप्रबासीलाई अबैध...

Top