विषाक्त रक्सी सेवनबाट महोत्तरीमा ५ जनाको ज्यान गयो

Best Khabar Team | २०७७ बैशाख १८ गते बिहिबार


३० अप्रिल, २०२०
जलेश्वर । घरमै बनाइएको विषाक्त मदिरा सेवनबाट महोत्तरीमा पाँच जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार जिल्लाको भँगाहा विगत एक साताको अवधिमा पाँचजनाको ज्यान गएको हो ।

भँगाहाको नयाँ टोलस्थित मझौलियाका ५५ वर्षीय लालबाबु सिंह र ४२ वर्षीय नथुनी महरा, मेघरौलका ४५ वर्षीय मोहन चौधरी, रौतहटका ४० वर्षीय महेन्द्र चौधरी र सिकिन्दर सिंहको ज्यान गएको प्रहरीको भनाई छ । महेन्द्र र सिकिन्दर भँगाहामा काठको काम गर्दै आएका मिस्त्री हुन् । उनीहरु दुईजनाको बैशाख ११ मा ज्यान गएको बताइएको छ ।

उनीहरु सबैले धनुषा र महोत्तरीमा अबैध रुपमा उत्पादन गरिएको घरेलु मदिरा सेवन गरेको र उनीहरुको सोही विषाक्त मदिराका सेबनकै कारण ज्यान गएको हुनसक्ने बताइएको छ । स्थनीय वडा अध्यक्ष बासुदेव सिंहका अनुसार विगतमा पनि महोत्तरी र धनुषामा यस्ता घटना भएका थिए । जिल्ला प्रहरी कार्यालयले पनि घटनाको पुष्टि गरेको छ ।

प्रहरीका अनुसार ११ गते बैशाख २ जना र १७ गते तीन जना गरी कुल पाँच जनाको ज्यान गएको र उनीहरुको मृत्युको कारण गाउँमै उत्पादन गरिएको विषाक्त मदिरा नै हो । यद्यपि उनीहरुको मृत्युको कारण पुष्टि गर्नका लागि मृतकको शव हाल जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ । यसअघि प्रहरीले सो दुई जिल्लामा अबैध मदिरा उत्पादन गर्ने कार्य नियन्त्रणका लागि अभियान नै चलाएको भएपनि अहिले पनि ती क्षेत्रमा लुकिछिपी रुपमा अबैध मदिरा उत्पादन हुँदै आएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकामा यात्रुबाहक बसभित्रै गोली प्रहार, १ को मृत्यु ५ घाइते अमेरिकामा यात्रुबाहक बसभित्रै गोली प्रहार, १ को मृत्यु ५ घाइते

२०७६ माघ २१ गते मंगलबार

सुनिल तिवारी, न्यूर्योक । अमेरिकाको क्यालिफोर्नियामा आज बिहान यात्रुबाहक...

पनौतीमा आमाछोरीको मृत्यु प्रकरण : मध्यरातमा  गोली चल्यो, प्रहरीविटमा आगजनी, केही घाइते पनौतीमा आमाछोरीको मृत्यु प्रकरण : मध्यरातमा गोली चल्यो, प्रहरीविटमा आगजनी, केही घाइते

२०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०बनेपा । काभ्रेको पनौतीमा प्रहरी र स्थानीय...

बेलायत, माल्टा र आयरल्याण्डबाट नेपालमा लगाइएको उडान प्रतिबन्ध हट्यो, सशर्त यात्रा गर्न अनुमति (विज्ञप्तिसहित) बेलायत, माल्टा र आयरल्याण्डबाट नेपालमा लगाइएको उडान प्रतिबन्ध हट्यो, सशर्त यात्रा गर्न अनुमति (विज्ञप्तिसहित)

२०७७ माघ १५ गते बिहिबार

२८ जनवरी, २०२१वेस्टह्याम, लण्डन । कोरोना संक्रमण रोक्न भन्दै...

सुनसरीमा गाडी र माइक्रो ठोक्किँदा ४ को मृत्यु, १३ घाइते सुनसरीमा गाडी र माइक्रो ठोक्किँदा ४ को मृत्यु, १३ घाइते

२०७६ माघ १९ गते आइतबार

०२ फेबुअरी, २०२० इनरुवा । पूर्वी नेपालको सुनसरीमा आज...

Top