विषाक्त रक्सी सेवनबाट महोत्तरीमा ५ जनाको ज्यान गयो

Best Khabar Team | २०७७ बैशाख १८ गते बिहिबार


३० अप्रिल, २०२०
जलेश्वर । घरमै बनाइएको विषाक्त मदिरा सेवनबाट महोत्तरीमा पाँच जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार जिल्लाको भँगाहा विगत एक साताको अवधिमा पाँचजनाको ज्यान गएको हो ।

भँगाहाको नयाँ टोलस्थित मझौलियाका ५५ वर्षीय लालबाबु सिंह र ४२ वर्षीय नथुनी महरा, मेघरौलका ४५ वर्षीय मोहन चौधरी, रौतहटका ४० वर्षीय महेन्द्र चौधरी र सिकिन्दर सिंहको ज्यान गएको प्रहरीको भनाई छ । महेन्द्र र सिकिन्दर भँगाहामा काठको काम गर्दै आएका मिस्त्री हुन् । उनीहरु दुईजनाको बैशाख ११ मा ज्यान गएको बताइएको छ ।

उनीहरु सबैले धनुषा र महोत्तरीमा अबैध रुपमा उत्पादन गरिएको घरेलु मदिरा सेवन गरेको र उनीहरुको सोही विषाक्त मदिराका सेबनकै कारण ज्यान गएको हुनसक्ने बताइएको छ । स्थनीय वडा अध्यक्ष बासुदेव सिंहका अनुसार विगतमा पनि महोत्तरी र धनुषामा यस्ता घटना भएका थिए । जिल्ला प्रहरी कार्यालयले पनि घटनाको पुष्टि गरेको छ ।

प्रहरीका अनुसार ११ गते बैशाख २ जना र १७ गते तीन जना गरी कुल पाँच जनाको ज्यान गएको र उनीहरुको मृत्युको कारण गाउँमै उत्पादन गरिएको विषाक्त मदिरा नै हो । यद्यपि उनीहरुको मृत्युको कारण पुष्टि गर्नका लागि मृतकको शव हाल जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ । यसअघि प्रहरीले सो दुई जिल्लामा अबैध मदिरा उत्पादन गर्ने कार्य नियन्त्रणका लागि अभियान नै चलाएको भएपनि अहिले पनि ती क्षेत्रमा लुकिछिपी रुपमा अबैध मदिरा उत्पादन हुँदै आएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चीनको हेनान प्रान्तमा ६० वर्षयताकै भीषण वर्षात्, दर्जन बढीको ज्यान गयो, लाखौं विस्थापित चीनको हेनान प्रान्तमा ६० वर्षयताकै भीषण वर्षात्, दर्जन बढीको ज्यान गयो, लाखौं विस्थापित

२०७८ श्रावण ६ गते बुधबार

२१ जुलाई, २०२१बेइजिङ्ग, चीन । पछिल्ला २४ घण्टादेखि दिनका...

महानायक राजेश  हमालका भाईको  उपचारका क्रममा भारतमा निधन महानायक राजेश हमालका भाईको उपचारका क्रममा भारतमा निधन

२०७७ श्रावण ७ गते बुधबार

२२ जुलाई, २०२०नयाँदिल्ली, भारत । नेपाली चलचित्र क्षेत्रमा महानायकको...

पाल्पाका एक पुरुषको कोरोनाबाट मृत्यु :  देशभर मृतकको संख्या १० पुग्यो पाल्पाका एक पुरुषको कोरोनाबाट मृत्यु : देशभर मृतकको संख्या १० पुग्यो

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०तानसेन, पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका घर...

जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते

२०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०काराकास । भेनेजुयलाको पश्चिमी क्षेत्रमा रहेको एउटा...

Top