Best Khabar Team | २०८० कार्तिक ११ गते शनिबार
२८ अक्टोबर, २०२३
गमगढी, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा एकै परिवारका ४ जनाको समूहिक हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थल पुगेको छ । बाँकेको कोहलपुलबाट तालिमप्राप्त कुकुरसहित प्रहरी अधिकारीहरुको विशेष टोली आज बिहान स्थानीय मुन्दु गाउँ पुगेका हो । टोलीले आजैबाट घटनाको विषयमा विस्तृत अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

शुक्रबारदेखि स्थानीय प्रहरीले घटनास्थललाई सिल गरेर राखेको छ । मुगेको छायाँनाथ रारा नगरपालिका–५ मुन्दु गाउँमा शुक्रबार बिहान एकै परिवारका ४ जनाको शव भेटिएको थियो । प्रहरीले दिएको जानकारी अनुसार स्थानीय २८ वर्षकी श्रीदेवी बोहोरा, उनका ११ र १ वर्षका छोराहरु क्रमश मनोज र रहर बोहोरा तथा सात वर्षकी छोरी अप्सरा बोहोरा घरमै मृत अवस्थामा भेटिएका थिए । श्रीदेवीका श्रीमान् बैदेशिक रोजगारीमा रहेका बेला उनको परिवारका ४ जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको स्थानीयले जानकारी दिएका छन् ।

मुगुको सदरमुकामदेखि ३ घन्टा टाढा रहेको मुन्दु गाउँकी श्रीदेवी माइतमा दशैंको टिका लगाएर घर फर्केकै भोलिपल्ट दुई छोरा र छोरीसहित मृत अवस्थामा भेटिएकी हुन् । उनीहरु सबैको हत्या भएको आशंका गर्दै प्रहरीले विशेष ढंगले अनुसन्धान अघि बढाएको छ । घटनामा गाउँकै व्यक्तिको संलग्नता हुनसक्ने आशंका गरिएको छ । घटना सुनेलगत्तै श्रीदेवीका श्रीमान् दिपक बोहोरा कतारबाट काठमाडौं फर्केका छन् । उनीपनि आजै साँझसम्म मुगुस्थित घर आइपुग्ने बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भुसको आगोझै फैलँदै कोरोना : तत्काल ‘एक्सन’ नलिए अवस्था भयाबह बन्ने चेतावनी
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौंलगायत देशका...
कोरोनाका कारण हालसम्म विदेशमा रहेका २ सय ४३ नेपालीको मृत्यु
२०७७ भाद्र २८ गते आइतबार
१३ सेप्टेम्बर, २०२०दोहा, कतार । कोरोना भाइरसको संक्रमण फैलिएदेखि...
कपिलबस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा एकैदिन २४ जनामा कोरोना संक्रमण, १३४ पुगे संक्रमितहरु
२०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२० काठमाडौं । नेपालमा एकैदिन २४ जना...
भारतमा भूकम्प, भूकम्पको केन्द्रबिन्दु हरियाणा
२०७७ जेठ १६ गते शुक्रबार
२९ मे, २०२०नयाँदिल्ली । भारतमा केहीबेरअघि भूकम्प गएको छ...
Top