चीनको राजधानी बेइजिङका एकदर्जन आवासीय क्षेत्रमा ‘लकडाउन’, विद्यालय पनि बन्द

Best Khabar Team | २०७७ जेठ ३१ गते शनिबार


१३ जुन, २०२०
बेइजिङ्ग । कोरोना भाइरसको उद्गमस्थलको रुपमा रहेको चीनमा फेरि कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । तर विगतमा चीनको बुहान प्रान्तमा कोरोना संक्रमण देखिएको भएपनि अहिले राजधानी बेइजिङ्गबाट दक्षिणी क्षेत्रमा कोरोना संक्रमण देखिएको हो । राजधानी बेइजिङ्गबाट दक्षिणभागमा रहेको ‘सिनफादी’ नामक क्षेत्रको एउटा माुसबजारमा कार्यरत केही कामदारमा कोरोना देखिएपछि परीक्षणको दायरा बढाईको थियो ।

तस्वीर साभार: Google

त्यस क्षेत्रमा दर्जनौं संक्रमित भेटिएपछि अहिले सो बजार क्षेत्र र आपसामा रहेको कम्तीमा एकदर्जन आवासीय क्षेत्रमा लकडाउन शुरु गरिएको छ । पछिल्लो २ महिनायता चीनमा कोरोना संक्रमणको दर एकदमै न्यून रहेको भएपनि फेरि राजधानी बेइजिङ्गका केही क्षेत्रमा फेरि कोरोना संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । हालै सो क्षेत्रमा ५० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले त्यस क्षेत्रमा सञ्चालित मासु तथा अन्य पसल र सम्पूर्ण बजार क्षेत्र अनिश्चितकालका लागि बन्द गरेको छ ।

तस्वीर साभार: AFP News

यस्तै आसपासका विद्यालयहरुपनि बन्द गराईएका छन् । त्यसो त विगतमा पनि चीनको राजधानी बेइजिङ्गमा कोरोना महामारीको रुपमा फैलिन पाएको थिएन । तर झण्डै २ महिनापछि फेरि पहिलो पटक एकैदिन ५० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएपनि स्थानीय प्रशासनले विशेष सावधानी अपनाउन थालेको हो । चीनमा हालसम्म ८४ हजार भन्दा बढीमा संक्रमण देखिएको छ भने ४६ सय भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

तस्वीर साभार: AFP News

तर पछिल्ला केहीदिनयता कोरोना संक्रमित नभेटिएको चीनमा फेरि एकैपटक यतिधेरै संख्यामा कोरोना देखिएपछि चिनियाँ सरकारले विशेष सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोर्चुगलद्वारा आगामी मे १७ सम्मका लागि युरोप बाहिरका सबै हवाई सेवा बन्द पोर्चुगलद्वारा आगामी मे १७ सम्मका लागि युरोप बाहिरका सबै हवाई सेवा बन्द

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२०पोर्तिमाउ । पोर्चुगल सरकारले कोरोना भाइरसको संक्रमणलाई...

होटल बन्द भएपछि हायात होटलका मजदुर संगठनले आन्दोलन सबै कार्यक्रम फिर्ता लिए होटल बन्द भएपछि हायात होटलका मजदुर संगठनले आन्दोलन सबै कार्यक्रम फिर्ता लिए

२०७६ असार ५ गते बिहिबार

२०, जुन, २०१९ काठमाडौं । होटल प्रशासनले होटल बन्द...

नेपालमा कोरोना : चौथो संक्रमितपनि डिस्चार्ज, २७ को उपचार चल्दै नेपालमा कोरोना : चौथो संक्रमितपनि डिस्चार्ज, २७ को उपचार चल्दै

२०७७ बैशाख ७ गते आइतबार

१९ अप्रिल, २०२०धनगढी । नेपालमा कोरोना संक्रमणमा परी निको...

मिसेस् युनिभर्समा अनिलालाई ‘मिसेस् लोयल’को उपाधी मिसेस् युनिभर्समा अनिलालाई ‘मिसेस् लोयल’को उपाधी

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । विश्वका ९० देशका विवाहिता...

Top