२ हप्तामै पर्यटनमन्त्रीको समीक्षा : भ्रमणवर्ष २०२० सफलतातर्फ उन्मुख

Best Khabar Team | २०७६ माघ ४ गते शनिबार


१८ जनवरी, २०२०
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले भिजिट नेपाल–२०२० अभियान सफलतार्फ उन्मुख रहेको बताएका छन् । उनले सरकारले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउनको लागि धार्मिक पर्यटनको विकासमा समेत विशेष ध्यान दिएको सुनाए । ‘नेपालमा रहेका प्राकृतिक सम्पदा हेर्नको लागि विश्वभरिका पर्यटकहरु आउनेमा हामी विश्वस्त छौं ।’–उनले भने । उनले धार्मिक पर्यटनले भ्रमण वर्ष–२०२० सफल बनाउन टेवा पुग्ने स्पष्ट पारे ।

शनिबार बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ एवं चन्द्रागिरी धार्मिक पर्यटन वर्ष महोत्सव–२०७६ मूल समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल हिन्दू र बौद्धिष्ट दुवैको आस्था केन्द्रको रुपमा विश्वमै परिचित रहेको सुनाए । ‘अहिले विभिन्न देशहरुमा जातीय तथा धार्मिक द्वन्द्व भैरहेका छन्, तर नेपाल यसबाट सुरक्षित छ ।’–उनले भने,‘हाम्रो देश सानो देश भएपनि सांस्कृति, सामाजिक र धार्मिक रुपमा हामी धनी छौं । हामीसँग विभिन्न जातजाति छन्, तर जातीय रुपमा विविधिता भएपनि हामीभित्र एकता छ ।’

उनले नेपालमा सबै धर्मले एकैसाथ पूजा गर्ने स्थलपनि रहेको उल्लेख गरे । मन्त्रालयले धार्मिकस्थल र तिनीहरुको संरक्षणको लागि बजेट छुट्याएको उनले जानकारी दिए । विश्वभरिबाट नेपालको धार्मिक यात्रामा आउने विभिन्न धर्मका मानिसहरु यहाँ सुरक्षित हुनेपनि उनले विश्वास दिलाए । ‘र, सहज ढंगले आवातजावत गर्न सकेका छन् ।’–मन्त्री भट्टराईले थपे । उनले वर्तमान सरकारले हरेक किसिमका आलोचना सहेर अघि बढिरहेको पनि सुनाए ।

तर, बाहिर आलोचना भएपनि सरकारले विकास र समृद्धिको लागि द्रुत गतिमा काम गरिरहेको उनको जिकिर थियो । ‘भ्रमण वर्षको सुरुवातकै दिनमा हामीले १ सय ८ शंख फुकेका थियौं । यो भ्रमण वर्षलाई सफल पार्नको लागि दुईवटा संस्था धार्मिक संस्था पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषले अहिले राम्रोसँग काम गरिरहेका छन् ।

धार्मिक पर्यटनलाई पनि भ्रमण वर्षसँग जोड्ने काम गरेका छौं ।’ उनले आगामी फागुन १ गतेदेखि फागुन ९ गतेसम्म चन्द्रागिरि नगरपालिकाकै ऐतिहासिक बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ एवं चन्द्रागिरि धार्मिक पर्यटन वर्ष महोत्सवलाई पूर्ण रुपमा सफल बनाउनको लागि सहयोग गर्नेपनि घोषणा गरे । त्यस्तै, उनले शिवरात्री पनि नजिकिँदै गरेको सुनाउँदै यसलाई भव्य रुपमा सफल पार्न र मनाउनको लागि सरकार अहिलेदेखि नै लागिपरेको सुनाए ।

कार्यक्रममा ज्योतिष डा. रुद्रनाथ अधिकारीले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि पनि राज्यले धार्मिक पर्यटनको विकासमा विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिए । उनले भने,‘हामीले त नेपाल भ्रमण वर्षकै पूर्वसन्ध्यामै यो महायज्ञको शुभारम्भ गरेका थियौं । नेपालमा सबैभन्दा बढि सम्भावना भएको क्षेत्र पर्यटन र जलस्रोत भनिँदै आएको छ ।

तर, यसको विकासको लागि यो क्षेत्रलाई प्रभावकारी बनाउनको राज्यले ध्यान दिएको छजस्तो मलाई लाग्दैन् । भ्रमण वर्षलाई सफल तुल्याउनको लागि पनि धार्मिक पर्यटन आवश्यक छ ।’



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘कोरोना अझै केही समय रहन सक्छ, आवश्यक सावधानी अपनाऊँ’ : प्रधानमन्त्री ( सम्बोधनको पूर्णपाठसहित) ‘कोरोना अझै केही समय रहन सक्छ, आवश्यक सावधानी अपनाऊँ’ : प्रधानमन्त्री ( सम्बोधनको पूर्णपाठसहित)

२०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना...

काठमाडौं सतुंगलका ७ वर्षका बालकमा कोरोना, धरान र नेपालगञ्जमा थप ८ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या २६७ काठमाडौं सतुंगलका ७ वर्षका बालकमा कोरोना, धरान र नेपालगञ्जमा थप ८ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या २६७

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०काठमाडौैं । काठमाडौंमा एकजना ७ वर्षका बालकमा...

कास्कीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी : दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने कास्कीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी : दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने

२०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१लेकसाईड (पोखरा), कास्की । पछिल्ला दिनमा जिल्लाका...

एउटा तस्वीरले जगाएको ‘मानवता’… एउटा तस्वीरले जगाएको ‘मानवता’…

२०७६ पुष १८ गते शुक्रबार

– बन्दना सापकोटा / बेष्टखबर डटकम झण्डै २ सातादेखि...

Top