स्वीटजरल्याण्डले पठाएको ३० हजार थान पीसीआरसहितका स्वास्थ्य सामग्री नेपाल पुग्यो

Best Khabar Team | २०७७ बैशाख २५ गते बिहिबार


०७ मे, २०२०
जेनेभा । स्वीट्जरल्याण्ड सरकारले नेपाल सरकारमार्फत नेपाली जनतामा कोरोना परीक्षणका लागि पठाएको पीसीआर टेस्ट कीट आज काठमाडौं पुगेको छ । हिजो जेनेभाबाट स्वास्थ्य सामग्री लिएर उडेको नेपाल बायुसेवा निगमको विमानले आज पु-याएको सो किट लिन स्वास्थमन्त्री भानुभक्त ढकाल नै विमानस्थलमा पुगेका थिए ।

स्वीटजरल्याण्ड सरकारको विकास सहयोग एसडीडीमार्फत हस्तान्तर गरिएको स्वास्थ्य सामाग्रीमा ३० हजार थान पीसीआर टेस्ट किटसहितका अन्य कोरोना परीक्षणसम्बन्धी विभिन्न किसिमका स्वास्थ्य सामाग्रीहरु रहेको बताइएको छ । नेपाल विमानस्थलको वाईड बढी विमानले बोकेर लगेको सो सामग्री काठमाडौंको त्रिभुवन विमानस्थलमा नेपालस्थित स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन् ।

यसअघि पनि स्वीट्जरल्याण्ड सरकारले नेपाल सरकारलाई पीसीआर सेट, इन्फ्रारेड थर्मोमिटर, एन ९५ माक्सलगायतका स्वास्थ्य सामग्री हस्तारन्तर गरिसकेको छ । भोलिका दिनमा आवश्यक परे अन्य सामग्री समेत हस्तान्तरण गरिने स्वीटजरल्याण्ड सरकारको भनाई रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल हुँदा दर्जन सवारी साधनमा क्षति, १ को मृत्यु, केही घाइते काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल हुँदा दर्जन सवारी साधनमा क्षति, १ को मृत्यु, केही घाइते

२०७६ फाल्गुन १२ गते सोमबार

२४ फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंको कलंकीमा अघि साँझ...

एकैदिन कोरोना जित्ने नेपालकी यी दुई नारी ! एकैदिन कोरोना जित्ने नेपालकी यी दुई नारी !

२०७७ बैशाख ६ गते शनिबार

– पि.एल. तरंग/ विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना...

विप्लव समूहद्वारा ‘भूमाफिया’ ढकालको काठमाडौंस्थित घरमा बम प्रहार विप्लव समूहद्वारा ‘भूमाफिया’ ढकालको काठमाडौंस्थित घरमा बम प्रहार

२०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२० काठमाडौं । बहुचर्चित काठमाडौंको ललिता निवासको...

९ महिनापछि मनकामना मन्दिर खुल्दै, मन्दिर भित्रै पसेर दर्शन गर्न भने तत्काल नपाईने ९ महिनापछि मनकामना मन्दिर खुल्दै, मन्दिर भित्रै पसेर दर्शन गर्न भने तत्काल नपाईने

२०७७ मंशिर २३ गते मंगलबार

०८ डिसेम्बर, २०२०कुरिनटार, गोरखा । गत चैत्र महिनादेखि कोरोना...

Top