हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते पाइलट सेढाईलाई थप उपचारका लागि भारत लगियो

Best Khabar Team | २०८० आश्विन २८ गते आइतबार


१५ अक्टोबर, २०२३
काठमाडौं । हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका मनाङ्ग एयरका पाइलट प्रकाश सेडाईलाई थप उपचारको लागि भारत लगिएको छ । हिजो बिहान सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनामा परेका पाइटल सेडाईलाई चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि भारतको मुम्बइ लगिएको हो । उनको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार हुने पारिवारिक स्रोतले जनाएको छ ।

ह्याम्स अस्पतालको विशेषज्ञ चिकित्सकको निगरानीमा पाइलट सेढाईलाई मुम्बई लगिँदै । तस्वीर सौजन्य : ह्याम्स अस्पताल

उनलाई ह्याम्स अस्पतालको चिकित्सकको निगरानीमा श्री एयरलाईनसको चार्टर विमान मार्फत् मुम्बई लगिएको हो । दुर्घटनामा गम्भीर घाइते बनेका सेढाईको काठमाडौंको ह्यास अस्पतालमा प्रारम्भिक उपचार गरिएको भएपनि थप उपचारका लागि चिकित्सकहरुले भारत लैजान सिफारिस गरेका थिए । हिजो बिहान सोलुखुम्बुको लुक्लाबाट लुबुचेका लागि उडेको मनाङ्ग एयरको सो हवाईजहाज दुर्घटनामा परेको हो । दुर्घटनापछि हेलिकोप्टरमा लागेको आगोमा परी उनको शरीरको मुख, हातखुट्टालगायतका ५० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

हाइ अल्टिच्युड लागेर विरामी परेका यात्रुलाई लिन पाइलट सेढाई बिहान सवा ७ बजे लुबुचे उडेका थिए । स्मरणीय के छ भने विगत ३ महिनामा मनाङ्ग एयरको यो दोश्रो हेलिकोप्टर दुर्घटना हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

२४ घण्टामा थपिए १ हजार ३५९ कोरोना संक्रमित २४ घण्टामा थपिए १ हजार ३५९ कोरोना संक्रमित

२०७७ भाद्र १९ गते शुक्रबार

०४ सेप्टेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १...

Mount Kailash  & Mystery Mount Kailash & Mystery

२०८० कार्तिक ६ गते सोमबार

– Mohit Borisagar / Known to be the abode...

सिन्धुपाल्चोक पहिरोमा वेपत्ता सबैको परिचय खुल्यो, एक गर्भवतीसहित ३८ वेपत्ता, ५ को शव भेटियो (नामावलीसहित) सिन्धुपाल्चोक पहिरोमा वेपत्ता सबैको परिचय खुल्यो, एक गर्भवतीसहित ३८ वेपत्ता, ५ को शव भेटियो (नामावलीसहित)

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुफाल गाउँपालिकाको वडा...

शैक्षिक संस्था तत्काल नखुल्ने शैक्षिक संस्था तत्काल नखुल्ने

२०७७ भाद्र १४ गते आइतबार

३० अगस्ट, २०२०काठमाडौं । सरकारले शिक्षण संस्था तथा धेरै...

Top