Best Khabar Team | २०८० आश्विन २८ गते आइतबार
१५ अक्टोबर, २०२३
काठमाडौं । हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका मनाङ्ग एयरका पाइलट प्रकाश सेडाईलाई थप उपचारको लागि भारत लगिएको छ । हिजो बिहान सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनामा परेका पाइटल सेडाईलाई चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि भारतको मुम्बइ लगिएको हो । उनको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार हुने पारिवारिक स्रोतले जनाएको छ ।

उनलाई ह्याम्स अस्पतालको चिकित्सकको निगरानीमा श्री एयरलाईनसको चार्टर विमान मार्फत् मुम्बई लगिएको हो । दुर्घटनामा गम्भीर घाइते बनेका सेढाईको काठमाडौंको ह्यास अस्पतालमा प्रारम्भिक उपचार गरिएको भएपनि थप उपचारका लागि चिकित्सकहरुले भारत लैजान सिफारिस गरेका थिए । हिजो बिहान सोलुखुम्बुको लुक्लाबाट लुबुचेका लागि उडेको मनाङ्ग एयरको सो हवाईजहाज दुर्घटनामा परेको हो । दुर्घटनापछि हेलिकोप्टरमा लागेको आगोमा परी उनको शरीरको मुख, हातखुट्टालगायतका ५० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

हाइ अल्टिच्युड लागेर विरामी परेका यात्रुलाई लिन पाइलट सेढाई बिहान सवा ७ बजे लुबुचे उडेका थिए । स्मरणीय के छ भने विगत ३ महिनामा मनाङ्ग एयरको यो दोश्रो हेलिकोप्टर दुर्घटना हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
११ वर्षपछि गायक घमेश दुलाल फेरि गायन क्षेत्रमा फर्किए (भिडियोसहित)
२०७७ फाल्गुन १४ गते शुक्रबार
२६ फेब्रुअरी, २०२१काठमाडौं । कुनैबेला नेपाली सांगीतिक आकाशमा घमेश...
अमेरिकाको न्यूर्योकमा २ जना नेपालीमा कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२ न्यूर्योक । अमेरिकाको न्यूर्योकमा रहेका २...
इटहरीका मेयर पत्रकार विरुद्ध क्रुद्ध, रवि लामिछानेलाई ठाडै थर्काए (हेर्नोस् भिडियो)
२०७६ जेठ २१ गते मंगलबार
०४ जुन, २०१९ काठमाडौं । सुनसरीस्थित इटहरी उपमहानगरपालिकाका मेयर...
तथ्यांकमा हेर्नुहोस्, कोरोनाबाट अति प्रभावित विश्वका ७ मुलुक (सूचीसहित)
२०७६ चैत्र २६ गते बुधबार
०८ अप्रिल, २०२०पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । गत २०१९...
Top