तेश्रो पटक चीनमा सी चिनफिङ्ग नै राष्ट्रपति : राष्ट्रपतिकै प्रस्तावमा ली चियाङ बने नयाँ प्रधानमन्त्री

Best Khabar Team | २०७९ फाल्गुन २७ गते शनिबार


११ मार्च, २०२३
बेइजिङ्ग, चीन । मित्रराष्ट्र चीनका बर्तमान राष्ट्रपति सी चिनफिङ्ग तेश्रो कार्यकालका लागि पनि राष्ट्रपति बनेका छन् । यसअघि २ कार्यकालका लागि राष्ट्रपति बनेका सी यसपटक पनि राष्ट्रपतिमा सर्वसम्मत रुपमा चयन भएका हुन् । चिनिया संसदको रुपमा रहेको जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले ६९ वर्षका सीलाई नै सर्वसम्मत रुपमा राष्ट्रपतिको रुपमा चयन गरेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चिनियाँ जन कंग्रेसका ३ हजार सदस्यहरुले उनलाई स्वतस्फूर्तरुपमा राष्ट्रपतिको रुपमा चयन गरेका हुन् । यसपटक सीको विरुद्धमा कसैको पनि उम्मेद्वारी परेको थिएन । यसअघि सन् २०१३ को मार्च महिनामा उनी पहिलोपटक चीनका राष्ट्रपतिमा निर्वाचित बनेका थिए । यस्तै सन् २०१८ मा दोश्रोपटक पनि उनी दोश्रो कार्यकालका लागि राष्ट्रपति बनेका थिए । चीनमा राट्रपतिको कार्यकाल पाँच वर्षको रहेको छ । यस्तै जतिपटक पनि राष्ट्रपति बन्नका लागि कानुनले बाटो खुला गरिदिएको छ । आगामी सोमबार उनले तेश्रो कार्यकालको शुरुवातको रुपमा राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच नयाँ राष्ट्रपतिमा सी पुनः सर्वसम्मत भएसँगै चीनमा नयाँ प्रधानमन्त्री पनि चयन भएका छन् । चिनियाँ संसद जनकाँग्रेसले राष्ट्रपति सीको विस्वासपात्रको रुपमा रहेका ली चियाङ्गलाई नयाँ प्रधानमन्त्रीको रुपमा चयन गरेको छ । उनी राष्ट्रपती सीको प्रस्तावमै प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपतिको ठाडो प्रस्तावलाई चिनियाँ संसदले लीको नाम प्रधानमन्त्रीका लागि अनुमोदन गरेको थियो ।

तस्वीरहरु साभार : इन्टरनेट ।

यो सँगै विगत १० वर्षदेखि चीनको प्रधानमन्त्रीको रुपमा रहेका ली खछ्याङ पदमुक्त भएका छन् । उनलाई वर्तमान राष्ट्रपति सीको प्रतिस्पर्धी नेताको रुपमा हेरिँदै आएको छ । उनी चीनका पूर्व राष्ट्रपति हु जिन्ताओको विश्वासपात्रको रुपमा लिइन्छ । हाल प्रधानमन्त्री बनेका लीले विगतमा चीनका आर्थिक विकास र सुशासनका लागि महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

इजरायल आक्रमणमा मारिएका ४ नेपालीको शव काठमाडौं आइपुग्यो : आजै परिवारलाई बुझाइने इजरायल आक्रमणमा मारिएका ४ नेपालीको शव काठमाडौं आइपुग्यो : आजै परिवारलाई बुझाइने

२०८० कार्तिक ५ गते आइतबार

२२ अक्टोबर, २०२३काठमाडौं । गत अक्टोबर ७ मा इजरायलमा...

कोरोनाको संत्रास : चैत्र ११ देखि १७ सम्म नेपालभर अघोषित ‘कफर्यु’ कोरोनाको संत्रास : चैत्र ११ देखि १७ सम्म नेपालभर अघोषित ‘कफर्यु’

२०७६ चैत्र १० गते सोमबार

२३ मार्च, २०२०काठमाडौं । सरकारले आगामी १ साताका लागि...

‘हिमाल पारीको जिल्ला’ मनाङ्मा भेटिए पहिलो कोरोना संक्रमित ‘हिमाल पारीको जिल्ला’ मनाङ्मा भेटिए पहिलो कोरोना संक्रमित

२०७७ असार ४ गते बिहिबार

१८ जुन, २०२०चामे, मनाङ् । हिमाल पारीको जिल्लाको रुपमा...

अन्तर्राष्ट्रीय  उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय  उडान नहुने अन्तर्राष्ट्रीय उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय उडान नहुने

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि...

Top