Best Khabar Team | २०७९ फाल्गुन २७ गते शनिबार
११ मार्च, २०२३
बेइजिङ्ग, चीन । मित्रराष्ट्र चीनका बर्तमान राष्ट्रपति सी चिनफिङ्ग तेश्रो कार्यकालका लागि पनि राष्ट्रपति बनेका छन् । यसअघि २ कार्यकालका लागि राष्ट्रपति बनेका सी यसपटक पनि राष्ट्रपतिमा सर्वसम्मत रुपमा चयन भएका हुन् । चिनिया संसदको रुपमा रहेको जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले ६९ वर्षका सीलाई नै सर्वसम्मत रुपमा राष्ट्रपतिको रुपमा चयन गरेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चिनियाँ जन कंग्रेसका ३ हजार सदस्यहरुले उनलाई स्वतस्फूर्तरुपमा राष्ट्रपतिको रुपमा चयन गरेका हुन् । यसपटक सीको विरुद्धमा कसैको पनि उम्मेद्वारी परेको थिएन । यसअघि सन् २०१३ को मार्च महिनामा उनी पहिलोपटक चीनका राष्ट्रपतिमा निर्वाचित बनेका थिए । यस्तै सन् २०१८ मा दोश्रोपटक पनि उनी दोश्रो कार्यकालका लागि राष्ट्रपति बनेका थिए । चीनमा राट्रपतिको कार्यकाल पाँच वर्षको रहेको छ । यस्तै जतिपटक पनि राष्ट्रपति बन्नका लागि कानुनले बाटो खुला गरिदिएको छ । आगामी सोमबार उनले तेश्रो कार्यकालको शुरुवातको रुपमा राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच नयाँ राष्ट्रपतिमा सी पुनः सर्वसम्मत भएसँगै चीनमा नयाँ प्रधानमन्त्री पनि चयन भएका छन् । चिनियाँ संसद जनकाँग्रेसले राष्ट्रपति सीको विस्वासपात्रको रुपमा रहेका ली चियाङ्गलाई नयाँ प्रधानमन्त्रीको रुपमा चयन गरेको छ । उनी राष्ट्रपती सीको प्रस्तावमै प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपतिको ठाडो प्रस्तावलाई चिनियाँ संसदले लीको नाम प्रधानमन्त्रीका लागि अनुमोदन गरेको थियो ।

यो सँगै विगत १० वर्षदेखि चीनको प्रधानमन्त्रीको रुपमा रहेका ली खछ्याङ पदमुक्त भएका छन् । उनलाई वर्तमान राष्ट्रपति सीको प्रतिस्पर्धी नेताको रुपमा हेरिँदै आएको छ । उनी चीनका पूर्व राष्ट्रपति हु जिन्ताओको विश्वासपात्रको रुपमा लिइन्छ । हाल प्रधानमन्त्री बनेका लीले विगतमा चीनका आर्थिक विकास र सुशासनका लागि महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाको १०० दिन पुरा : विश्वभर १ लाख बढीको मृत्यु
२०७६ चैत्र २८ गते शुक्रबार
१० अप्रिल, २०२० पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । चीनको...
तनुहँको पर्यटकीय नगरी बन्दीपुरलाई ‘सिल’ गरियो, अस्पताल पनि २ साताका लागि बन्द
२०७७ असार ९ गते मंगलबार
२३ जुन, २०२०डुम्रे, तनहुँ । तहुँ जिल्लाको पर्यटकीय नगरीको...
आयल निगमले किनेको जग्गा विवाद : संसदीय समितिले अनुगमन गर्ने
२०७४ श्रावण २२ गते आइतबार
०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल आयल निगमले...
कोरोनाको कारण धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको काठमाडौंमा दाहसंस्कार !
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०काठमाडौं । बिहीबार राती काभ्रेको धुलिखेल अस्पतालमा...
Top