फ्रान्सको एफिल टावरमाथिबाट पहिलोपटक नेपाली पुस्तक लोकार्पण

Best Khabar Team | २०७९ फाल्गुन २६ गते शुक्रबार


०९ मार्च, २०२३
पेरिस, फ्रान्स । फ्रान्सको राजधानी पेरिसस्थित एफिल टावरबाट पहिलोपटक नेपाली पुस्तक लोकार्पण गरिएको छ । विभिन्न १२ जना लेखकहरुले लेख्नुभएको ‘आमा छोरी : मदर डटर लिभिङ्ग लिगेसी’ नामक नेपाली पुस्तकलाई ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर एफिल टावरको दोश्रो तलाबाट सार्वजनिक गरिएको हो ।

दृष्टिबिहिन लेखिका बुना दाहालको नेतृत्वमा अन्य १२ जना नेपाली महिलाहरुले लेखेको पुस्तक बुधबार एक कार्यक्रमका बीच फ्रान्सस्थित नेपाली राजदूतावासका प्रमुख दिपक अधिकारी, उपप्रमुख सिता बस्नेतलगायतले लोकार्पण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पेरिसस्थित नेपाली राजदूतावासका प्रमुख अधिकारीले नेपाली छोरीहरुले लेखेका कृति विश्वको आकर्षणको केन्द्र एफिल टावरबाट सार्वजनिक हुनु ऐतिहासिक भएको बताए । दृष्टिबिहिन भएपनि पुस्तक लेखनजस्तो गहन कार्य गर्ने र यसको नेतृत्व लिने दाहालको कर्मप्रति उनले मुक्तकण्ठले प्रशंसा गरे।

यस्तै दूतावासका उपप्रमुख बस्नेतले नेपाली नारीहरु अहिलपनि घरेलु हिंसा, बलात्कारजस्ता घटनाको सिकार हुनुपरेको भन्दै व्यवहारिकरुपमा समाजको सोच नबदलिएसम्म महिलाका समस्या समस्यामै सिमित रहने बताइन् । ‘आमा छोरी : मदर डटर लिभिङ्ग लिगेसी’ नामक पुस्तकको लेखनमा प्रेरणा र नेतृत्व लिने दृष्टिबिहिन लेखिका बुना दाहालले पुस्तक विश्वभरका आमा छोरीको सम्बन्धको प्रतिनिधित्व गरेको बताइन् ।

तस्वीरहरु : कर्म भुटिया ।

उनले आफूले दृष्टि नदेखेपनि एफिल टावर चढेर पुस्तक सार्वजनिक गर्नुको कारण दृष्टिविहिन र महिलाप्रति समाजले गर्ने व्यवहारप्रति सांकेतिक खबरदारी रहेको बताइन् । कार्यक्रमको संयोजन फ्रान्समा बसेर नेपाली भाषा अध्यापन गराउँदै आएकी सुमित्रा बुर्लाकोटीले गरेकी थिइन् । अमेरिका, बेलायत र नेपालमा रहेका विभिन्न १२ जना नेपाली लेखिकाहरुले आमा छोरीबीचको सम्बन्ध, आमाले परिवारमा खेल्ने भूमिकालगायतको विषयलाई अनुभवको रुपमा पुस्तकमा उल्लेख गरेका छन् । डाइनामिक बुना र ब्लाइन्ड कोर्पस्ल र फ्रान्सस्थित पाकोफोनले कार्यक्रमको आयोजना गरेको थियो । पुस्तकको प्रकाशन डाइनामिक बुना र ब्लाइन्ड कोर्पस्ले गरेको हो । कुल १ सय ९० पृष्ठ रहेको ‘आमा छोरी : मदर डटर लिभिङ्ग लिगेसी’ नामक पुस्तक साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितले सम्पादन् गरेका हुन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बीरगञ्जमा भेटिएका ५३ जना संक्रमितमध्ये सेना, स्वास्थ्यकर्मी र उनीहरुको परिवार पनि बीरगञ्जमा भेटिएका ५३ जना संक्रमितमध्ये सेना, स्वास्थ्यकर्मी र उनीहरुको परिवार पनि

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०ठोरी, पर्सा । पछिल्ला दिनहरुमा बीरगञ्जमा कोरोना...

पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु,  जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ पुग्यो पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु, जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

२०७७ भाद्र ६ गते शनिबार

२२ अगस्ट, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कारोना संक्रमितमध्ये थप...

काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीको...

नेपालमा कोरोना : संक्रमितको संख्या साढे १६ हजार नाघ्यो, ८ हजार बढीले कोरोनालाई जिते नेपालमा कोरोना : संक्रमितको संख्या साढे १६ हजार नाघ्यो, ८ हजार बढीले कोरोनालाई जिते

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०काठमाडौं । देशका विभिन्न भागमा हालसम्म कोरोना...

Top