कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै

Best Khabar Team | २०७७ जेठ २९ गते बिहिबार


११ जुन, २०२०
काठमाडौं । बैदेशिक रोजगारी तथा अन्य काम विशेषले कुबेत पुगेर लकडाउनका कारण रोकिएका १ सय ५० नेपालीलाई पहिलो चरणमा उद्दार गरेर नेपाल ल्याइएको छ । कुवेत सरकार र कुवेतस्थित नेपाली दुतावासको पहलमा कुवेतमा रहेका उनीहरुलाई हिजो कुवेतबाट नेपाल पठाईको थियो । उनीहरु आज बिहान काठमाडौंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनीहरुलाई विमानस्थलबाट सरकारे साझा बसमा राखेर काठमाडौंका विभिन्न भागमा रहेका होल्डिङ्ग सेन्टरमा राखेको छ ।

एक रात त्यहाँ राखेर उनीहरुको शरीरको तापक्रमलगायतका अन्य आधारभूत स्वास्थ्य जाँच गरेपछि भोलिदेखि प्रदेश अनुसार निर्माण गरिएको क्वारेन्टाइनमा पठाइने सरकारी स्रोतको भनाई छ । सरकारले काठमाडौंका विभिन्न क्षेत्रमा देशका सातवटै प्रदेशका नागरिकलाई राख्नका लागि भनेर क्वारेन्टाइन निर्माण गरेको छ । विशेषगरी विदेशबाट उद्दार गरेर ल्याइने नेपालीहरुलाई यस्तो सेन्टरमा राख्ने र त्यसको निगरानी नेपाली सेनाले गर्नेछ । सरकारले काठमाडौंका ४ दर्जन बढी होटलहरुलाई पनि क्वारेन्टाइन बनाएर त्यसमा बस्न चाहना हुनेहरुले आफ्नै खर्चमा बस्नसक्ने गरी प्रवन्ध मिलाएको छ ।

आज उद्दार गरिएकाहरुलाई जजिरा एयरवेज एयरवेजको विमानमा राखेर काठमाडौं ल्याइएको थियो । यस्तै आजै साँझसम्म थप १ सय ५० नेपालीलाई अर्को उडानबाट काठमाडौं ल्याईँदै छ । रोजगारीका लागि कुवेत पुगेर काम गुमाएका, भिषा सकिएका, महिला, बालबालिका भएकाहरुलगायतलाई पहिलो प्राथमिकतामा राखेर उद्दार गरिएको हो । यस्तै दीर्घरोगी, विरामी परेर तुरुन्त अस्पताल जानुपर्ने, घरमा आफन्त गुमाएकालगायतलाई अर्को चरणको उडानबाट काठमाडौं ल्याईँदै छ । कुवेतमा हालसम्म करिब ५ हजार नेपाली घर फर्केन सूचीमा रहेको कुवेतस्थित नेपाली दुतावास स्रोतको भनाई छ । सरकारले विदेशमा रहेका नेपालीहरुलाई उद्दार गर्नका लागि निम्न अनुसारको विमान उडान तालिका नै सार्वजनिक गरिसकेको छ ।

उडान तालिका निम्न अनुसार हुने सरकारले जनाएको छ ।

  • मिति उडान हुने देश
  • जेठ २९ कुवेतबाट दुई उडान हुने
  • जेठ ३२ ढाका, बंगलादेश
  • असार १ माल्दिभ्स, मलेसिया
  • असार १ साउदी अरेविया, सिंगापुर, कम्बोडिया र ओमन
  • असार २ संयुक्त अरब इमिरेट्स,
  • असार २ कतार, कुवेत, श्रीलंका र माल्दिभ्स
  • असार ३ अष्ट्रेलिया, थाइल्यान्ड, बहराइन
  • असार ३ बंगलादेश, कतार र संयुक्त राज्य अमेरिका
  • असार ४ साउदी अरब, संयुक्त अरब इमिरेट्स
  • असार ४ मलेसिया र ओमन
  • असार ५ नारिता विमानस्थल, जापान, कुवेत, साउदी अरब
  • असार ५ नाइजेरिया
  • असार ६ साइप्रस, मलेसिया, कतार
  • असार ६ संयुक्त अरब इमिरेट्स, बंगलादेश
  • असार ६ माल्टा, युरोपियन युनियन
  • असार ७ दक्षिण कोरिया, ओमन, कुवेत
  • असार ७ मलेसिया
  • असार ८ अष्ट्रेलिया, थाइल्यान्ड, पाकिस्तान
  • असार ८ कतार
  • असार ९ जापान, माल्दिभ्स,
  • असार ९ संयुक्त अरब इमिरेट्स र युगान्डा
  • असार १० साउदी अरब, कुवेत
  • असार ११ साइप्रस र इजरायल

यो पनि पढ्नुहोस् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाबाट नेपालमा ३३ औं मृत्यु, कतारबाट फर्केका थिए गोर्खाका मृतक पुरुष कोरोनाबाट नेपालमा ३३ औं मृत्यु, कतारबाट फर्केका थिए गोर्खाका मृतक पुरुष

२०७७ असार २० गते शनिबार

०४ जुलाई, २०२०काठमाडौं । नेपालमा कारोना संक्रमणबाट थप १...

भारतमा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरुमाथि सांघातिक हमला, दर्जनौं विद्यार्थी घाइते (भिडियोसहित) भारतमा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरुमाथि सांघातिक हमला, दर्जनौं विद्यार्थी घाइते (भिडियोसहित)

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० नयाँदिल्ली । भारतको चर्चित जवाहरलाल नेहरु...

काठमाडौं, धादिङ् र जनकपुरका गरी थप ३ जनामा कोरोना : देशभर संक्रमित हुनेको संख्या २४९ पुग्यो काठमाडौं, धादिङ् र जनकपुरका गरी थप ३ जनामा कोरोना : देशभर संक्रमित हुनेको संख्या २४९ पुग्यो

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०काठमाडौं । काठमाडौं, धादिङ्ग र जनकपुरमा गरी...

जोडियो पोखरा–विराटनगर हवाई सेवा जोडियो पोखरा–विराटनगर हवाई सेवा

२०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, २०२० पोखरा । पर्यटकीय नगरीको रुपमा परिचित...

Top