झापा, रौतहट, बाग्लुङ् र मकवानपुरमा थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ८ सय नाघ्यो

Best Khabar Team | २०७७ जेठ १४ गते बुधबार


२७ मे, २०२०
काठमाडौं । देशका विभिन्न जिल्लामा आजपनि कोरोना संक्रमितहरु भेटिनेक्रम जारी छ । सम्बन्धित जिल्ला तथा क्षेत्रमा रहेको कोरोना परिक्षण केन्द्र तथा काठमाडौंको राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । आज पूर्वी नेपालको झापा, रौतहट तथा बाग्लुङ्ग, र मकवानपुर जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार झापाका विभिन्न स्थानमा आज थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । प्राप्त जानकारी अनुसार जिल्लाको गौरादह नरपालिकाका २ जना र बाँकी १५ जना कचनकवल गाउँपालिकाका स्थानीयबासिन्दा भएको बताइएको छ । कोशी अञ्चल अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । यस्तै, केही समयअघि भारतबाट नेपाल प्रवेश गरेकाहरुमध्ये रौतहटका ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।

सांकेतिक तस्वीर : बेस्टखबर ग्राफिक्स

रौतहटको चपुर नगरपालिकामा ७ जना, गौर नगरपालिकामामा ८ जना, ईशनाथ नगरपालिकामा १६ जना, देवाहीगोनाही नगरपालिकामा २, र कटहरिया नगरपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । रोजगारीका लागि छिमेकी मुलुक भारत गएको र लकडाउनकै बीच भएको उद्दारपछि उनीहरु भारतबाट नेपाल आएको सम्बन्धित नगरपालिकाले जानकारी दिएको छ । उनीहरु हाल स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमितहरुलाई स्थानीय अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको बताइएको छ । यस्तै बारामा ८ र सिराहमा २ जनामा पनि कोरोना देखिएको छ ।

यता बाग्लुङ् जिल्लामा हालै भारतबाट फर्केका ८ जना युवकमा कोरोना संक्रमण देखिएको छ । जिल्लाको बडिगाड र तमानखोलाका ८ जना युवकमा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यलयको भनाई छ । उनीहरु हालै भारतबाट नेपाल फर्केका युवाहरु रहेको बताइएको छ । उनीहरुलाई अहिले बाग्लुङ्गको सदरमुकाममा रहेको धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ । यस्तै आजै हेटौडामा एक महिलामा पनि कोरोना संक्रमण भेटिएको छ । उनी केही समयअघि चितवनबाट हेटौंडा गएको खुलेको छ । संक्रमितमध्ये सबैको अवस्था सामान्य रहेको बताइएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ४ जनाको ज्यान गएको छ भने ८ सय १० जनामा संक्रमण देखिएको छ । यस्तै १ सय ७५ जना उपचारपछि घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन

२०७६ पुष २० गते आइतबार

०५ जनवरी, २०२० काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र...

४८ घण्टापछि बेलायत र फ्रान्सबीच नयाँ सहमति : दुबै देशबीचको सीमा यात्रा खुकुलो ४८ घण्टापछि बेलायत र फ्रान्सबीच नयाँ सहमति : दुबै देशबीचको सीमा यात्रा खुकुलो

२०७७ पुष ८ गते बुधबार

२३ डिसेम्बर, २०२०पेरिस, फ्रान्स । अन्ततः दुईदेशबीचको सहमतिसँगै फ्रान्स...

अस्पतालले भन्यो : ‘कोरोना संक्रमितको मृत्यु भएकै छैन, मृत्युको विषयमा समाचार लेख्दा संवेदनशील बनौं’ अस्पतालले भन्यो : ‘कोरोना संक्रमितको मृत्यु भएकै छैन, मृत्युको विषयमा समाचार लेख्दा संवेदनशील बनौं’

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०बुटबल । कोरोना संक्रमणलगायत अन्य विभिन्न समस्याबाट...

काठमाडौं उपत्यकामा एकैपटक १७ जनामा कोरोना संक्रमण देखियो, संक्रमितमध्ये २ जना चिकित्सक काठमाडौं उपत्यकामा एकैपटक १७ जनामा कोरोना संक्रमण देखियो, संक्रमितमध्ये २ जना चिकित्सक

२०७७ असार १७ गते बुधबार

०१ जुलाई, २०२०काठमाडौं । देशको राजधानी काठमाडौं उपत्यकामा पछिल्लो...

Top