Best Khabar Team | २०७७ जेठ १४ गते बुधबार
२७ मे, २०२०
काठमाडौं । देशका विभिन्न जिल्लामा आजपनि कोरोना संक्रमितहरु भेटिनेक्रम जारी छ । सम्बन्धित जिल्ला तथा क्षेत्रमा रहेको कोरोना परिक्षण केन्द्र तथा काठमाडौंको राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । आज पूर्वी नेपालको झापा, रौतहट तथा बाग्लुङ्ग, र मकवानपुर जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार झापाका विभिन्न स्थानमा आज थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । प्राप्त जानकारी अनुसार जिल्लाको गौरादह नरपालिकाका २ जना र बाँकी १५ जना कचनकवल गाउँपालिकाका स्थानीयबासिन्दा भएको बताइएको छ । कोशी अञ्चल अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । यस्तै, केही समयअघि भारतबाट नेपाल प्रवेश गरेकाहरुमध्ये रौतहटका ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।

रौतहटको चपुर नगरपालिकामा ७ जना, गौर नगरपालिकामामा ८ जना, ईशनाथ नगरपालिकामा १६ जना, देवाहीगोनाही नगरपालिकामा २, र कटहरिया नगरपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । रोजगारीका लागि छिमेकी मुलुक भारत गएको र लकडाउनकै बीच भएको उद्दारपछि उनीहरु भारतबाट नेपाल आएको सम्बन्धित नगरपालिकाले जानकारी दिएको छ । उनीहरु हाल स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमितहरुलाई स्थानीय अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको बताइएको छ । यस्तै बारामा ८ र सिराहमा २ जनामा पनि कोरोना देखिएको छ ।
यता बाग्लुङ् जिल्लामा हालै भारतबाट फर्केका ८ जना युवकमा कोरोना संक्रमण देखिएको छ । जिल्लाको बडिगाड र तमानखोलाका ८ जना युवकमा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यलयको भनाई छ । उनीहरु हालै भारतबाट नेपाल फर्केका युवाहरु रहेको बताइएको छ । उनीहरुलाई अहिले बाग्लुङ्गको सदरमुकाममा रहेको धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ । यस्तै आजै हेटौडामा एक महिलामा पनि कोरोना संक्रमण भेटिएको छ । उनी केही समयअघि चितवनबाट हेटौंडा गएको खुलेको छ । संक्रमितमध्ये सबैको अवस्था सामान्य रहेको बताइएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ४ जनाको ज्यान गएको छ भने ८ सय १० जनामा संक्रमण देखिएको छ । यस्तै १ सय ७५ जना उपचारपछि घर फर्केका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
एकै टोलका १५ जनामा कोरोना संक्रमण
२०७७ बैशाख २१ गते आइतबार
०३ मे, २०२०नेपालगञ्ज । नेपालमा पहिलोपटक एकैदिन एकै जिल्लाको...
टेक्सासको चर्चमा प्रार्थना चलिरहँदा बन्दुक आक्रमण, २ मारिए (भिडियोसहित)
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९टेक्सास । अमेरिकाको टेक्सासमा क्रिश्चियन धर्मावलम्बीहरु भेला...
प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन काँग्रेसको जम्बो टोली युरोप आउँदै
२०७६ जेठ २० गते सोमबार
०३ जुलाई, २०१९ कोपनहेगन । नेपाली काँग्रेसको प्रवासी संगठन...
सन् २०२० को दशकलाई पर्यटन दशकको रुपमा विकास गर्ने सरकारको घोषणा
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । सरकारले सन् २०२० को...
Top