Best Khabar Team | २०७६ माघ २० गते सोमबार
०३ फेब्रुअरी २०२०
पेरिस । युरोपेली मुलुक फ्रान्सको राजधानी पेरिससँगै जोडिएको ओभरभिलिय शहरको उपप्रमुख बन्ने दौडमा एकजना गोर्खाली युवक अघि बढेका छन् । आगामी मार्च तेश्रो तथा चौथो हप्तामा हुन गैरहेको नगरपालिकाको चुनावमा गोर्खाका निर्मल अर्यालले आफूलाई उपप्रमुखको उम्मेद्वारको रुपमा घोषणा गर्ने तयारी गरेका छन् ।

विगत ३ दशकदेखि यस क्षेत्रमा बस्दै आएका अर्यालले स्थानीय सोसियलिस्ट पार्टीको तर्फबाट ओभरभिलिय शहरको उपप्रमुखको रुपमा उम्मेद्वारी घोषणा गर्ने बताएका छन् । उनी मार्क गुएरिएनको समुह बाट चुनावी प्रतिस्पर्धामा होमिन लागेका हुन् । मार्कले सोसियलस्टि पार्टीको तर्फबाट ओभरभिलिय शहरको प्रमुखमा उम्मेद्वारी घोषणा गरेका छन् ।
विगतमा गैर आवासीय नेपाली संघ फ्रान्सको युवा संयोजक अर्यालले गैर आवासीय नेपाली संघ फ्रान्सको पूर्व सभापतिको जिम्मेवारी समेत सफलतापूर्वक सम्हालीसकेका छन् । । भै हाल सिभिल इन्जिनियरको रुपमा कार्यरत रहेका व्यक्ति हुन् । विभिन्न बैंकहरुसमेत काम गरेको तथा फ्रान्समा बस्ने नेपाली, आप्रबासी एवं फ्रेञ्चहरुसँग अत्यन्तै राम्रो सम्बन्ध राख्न सफल अर्यालको भूमिकालार्ई यहाँको सोसिअलिस्ट पार्टीले पनि राम्रो कदर गर्ने गरेको छ ।
सोही कारण यस पटकको चुनावमा उनलाई शहरको उपप्रमुख जस्तो पदमा उठ्नको लागि टिकट प्रदान गर्दैछ । अर्याल चुनाव लड्न लागेको यहाँको ओभरभिलिय शहरमा ८३ हजार जनसंख्या छ, जसमा आप्रबासीहरुको बाहुल्यता रहेको छ ।

यहाँ धेरै नेपालीहरुको बसोबास रहेको छ, यो कारण पनि अर्याललाई चुनाव जित्न थप सहयोग पुग्ने देखिन्छ । स्मरणीय के छ भने फ्रान्समा आप्रबासीहरुको हक अधिकार रक्षाको लागि सकारात्मक कमद उठाउँदै आएको सोसिअलिस्ट पार्टीमा पछिल्लो समयमा युवाहरुको झुकाव बढी छ । जसले युवा उम्मेद्वाहरुलाई बलियो साथ र समर्थन दिनेछ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५३ हजार नाघ्यो
२०७६ चैत्र २१ गते शुक्रबार
०३ अप्रिल, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको...
पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट)
२०८० कार्तिक ५ गते आइतबार
२२ फेब्रुअरी, २०२३तानसेन, पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल घुमेर...
सर्लाही घटनामा आयोगको चासो, हत्या गरिएको विप्लव समूहको दाबी
२०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१८ । सर्लाहीको लालबन्दी नगरपालिकामा प्रहरीसँगको भिडन्तमा...
बालुवाटार जग्गा प्रकरण : पूर्व प्रधानमन्त्री माधव नेपाल र पूर्व मुख्यसचिव पौडेलसँग पनि सोधपुछ
२०७६ पुष ६ गते आइतबार
२२ डिसेम्बर, २०१९ काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवाससँगै जोडिएको...
Top