गोर्खाका अर्याल फ्रान्सको ओभरभिलिय शहरको उपप्रमुख बन्ने दौडमा

Best Khabar Team | २०७६ माघ २० गते सोमबार


०३ फेब्रुअरी २०२०
पेरिस । युरोपेली मुलुक फ्रान्सको राजधानी पेरिससँगै जोडिएको ओभरभिलिय शहरको उपप्रमुख बन्ने दौडमा एकजना गोर्खाली युवक अघि बढेका छन् । आगामी मार्च तेश्रो तथा चौथो हप्तामा हुन गैरहेको नगरपालिकाको चुनावमा गोर्खाका निर्मल अर्यालले आफूलाई उपप्रमुखको उम्मेद्वारको रुपमा घोषणा गर्ने तयारी गरेका छन् ।

विगत ३ दशकदेखि यस क्षेत्रमा बस्दै आएका अर्यालले स्थानीय सोसियलिस्ट पार्टीको तर्फबाट ओभरभिलिय शहरको उपप्रमुखको रुपमा उम्मेद्वारी घोषणा गर्ने बताएका छन् । उनी मार्क गुएरिएनको समुह बाट चुनावी प्रतिस्पर्धामा होमिन लागेका हुन् । मार्कले सोसियलस्टि पार्टीको तर्फबाट ओभरभिलिय शहरको प्रमुखमा उम्मेद्वारी घोषणा गरेका छन् ।

विगतमा गैर आवासीय नेपाली संघ फ्रान्सको युवा संयोजक अर्यालले गैर आवासीय नेपाली संघ फ्रान्सको पूर्व सभापतिको जिम्मेवारी समेत सफलतापूर्वक सम्हालीसकेका छन् । । भै हाल सिभिल इन्जिनियरको रुपमा कार्यरत रहेका व्यक्ति हुन् । विभिन्न बैंकहरुसमेत काम गरेको तथा फ्रान्समा बस्ने नेपाली, आप्रबासी एवं फ्रेञ्चहरुसँग अत्यन्तै राम्रो सम्बन्ध राख्न सफल अर्यालको भूमिकालार्ई यहाँको सोसिअलिस्ट पार्टीले पनि राम्रो कदर गर्ने गरेको छ ।

सोही कारण यस पटकको चुनावमा उनलाई शहरको उपप्रमुख जस्तो पदमा उठ्नको लागि टिकट प्रदान गर्दैछ । अर्याल चुनाव लड्न लागेको यहाँको ओभरभिलिय शहरमा ८३ हजार जनसंख्या छ, जसमा आप्रबासीहरुको बाहुल्यता रहेको छ ।

यहाँ धेरै नेपालीहरुको बसोबास रहेको छ, यो कारण पनि अर्याललाई चुनाव जित्न थप सहयोग पुग्ने देखिन्छ । स्मरणीय के छ भने फ्रान्समा आप्रबासीहरुको हक अधिकार रक्षाको लागि सकारात्मक कमद उठाउँदै आएको सोसिअलिस्ट पार्टीमा पछिल्लो समयमा युवाहरुको झुकाव बढी छ । जसले युवा उम्मेद्वाहरुलाई बलियो साथ र समर्थन दिनेछ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उखु किसानले पाएनन् भुक्तानी, २ चिनीमिल सञ्चालकको बैंक खाता रोक्का उखु किसानले पाएनन् भुक्तानी, २ चिनीमिल सञ्चालकको बैंक खाता रोक्का

२०७६ माघ ८ गते बुधबार

२२ जनवरी, २०२०काठमाडौं । किसानबाट उखु किनेबापत रकम भुक्तान...

रुकुममा ६ जनाको हत्या प्रकरण : एकै गाउँका ३४ जना विरुद्ध मुद्दा दायर, थुनछेक बहस भोलिबाटै रुकुममा ६ जनाको हत्या प्रकरण : एकै गाउँका ३४ जना विरुद्ध मुद्दा दायर, थुनछेक बहस भोलिबाटै

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०चौरजहारी, रुकुम । ६ जनाको ज्यान जाने...

लगानी सम्मेलन गर्न लाग्नु स्वागतयोग्य : पूर्व अर्थमन्त्री महत लगानी सम्मेलन गर्न लाग्नु स्वागतयोग्य : पूर्व अर्थमन्त्री महत

२०७५ चैत्र ७ गते बिहिबार

२१ मार्च, २०१९ काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण...

नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एक मन्त्रीको कोरानाबाट मृत्यु नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एक मन्त्रीको कोरानाबाट मृत्यु

२०७७ श्रावण १८ गते आइतबार

०२ अगस्ट, २०२०नयाँ दिल्ली । छिमेकी मुलुक नेपालसँग सिमाना...

Top