Best Khabar Team | २०७९ फाल्गुन १५ गते सोमबार
२७ फेब्रुअरी, २०२३
काठमाडौं । सरकारले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै देशभरका केही सरकारी कार्यालयहरु सातैदिन खोल्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले मालपोत कार्यालय, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी कार्यालय सातैदिन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।

यी सरकारी कार्यालयहरुमा पछिल्ला दिनहरुमा सेवाग्राहीहरुको संख्या ह्वात्तै बढेपछि उनीहरुको समस्यालाई मध्यनजर गर्दै तत्कालका यी सरकारी कार्यालय खोलेर सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय गरेको मन्त्रीपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । विदाको दिन काम गर्ने सरकारी कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने वा उनीहरुलाई बढी पारिश्रमिक दिएर काममा लगाउने भन्ने विषयमा भने सरकारले छिट्टै निर्णय गर्ने मन्त्रीपरिषद् स्रोतले जानकारी दिएको छ । सरकारी कार्यालयहरुमा सेवाग्राहीको चाप बढ्न थालेको र घण्टौं लाईनमा बस्दा समेत सेवा पाउन नपाएको गुनासो बढ्न थालेपछि सरकारले यो निर्णय गरेको हो ।
सरकारले सरकारी विदाको दिन तथा शनिबारसमेत भीडभाड हुने कार्यालयलाई खुल्ला राखेर सेवा प्रवाहलाई निरन्तरता दिन लागेसँगै सेवाग्राहीहरुले खुसी व्यक्ति गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाको विश्वव्यापी प्रकोप : नेपालसहित विश्वभर १ सय १७ नेपालीको मृत्यु
२०७७ जेठ ११ गते आइतबार
२४ मे, २०२०वेस्टह्याम, बेलायत । विश्वव्यापी रुपमा फैलिएको कोरोना...
‘बहादुर कुकुर’हरुले गोर्खामा चितुवा मारे
२०७५ चैत्र ८ गते शुक्रबार
२२ मार्च, २०१९ काठमाडौं । सामान्य बोलीचालिको भाषामा हामी...
मतिष्कघातले लग्यो काँग्रेस नेता जोशीलाई
२०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता...
अमेरिकाको टेक्सासमा नेपाली बालक गाडिभित्रै मृत भेटिए
२०७६ असार १९ गते बिहिबार
०४ जुलाई, २०१९ टेक्सास । अमेरिकाको टेक्सास राज्यमा परिवासँग...
Top