Best Khabar Team | २०७९ फाल्गुन ९ गते मंगलबार
२१ फेब्रुअरी, २०२३
नयाँदिल्ली । जर्मन चान्सलर ओलाफ स्कोल्जल यही साता भारत भ्रमण गर्दैछन् । सन् २०११ मा जर्मन र भारतबीच द्विवार्षिक अन्तर–सरकारी परामर्श संयन्त्र सुरु भएदेखि जर्मन चान्सलरबाट हुन लागेको यो पहिलो भ्रमण भएको भारतीय विदेशमन्त्रालयले जनाएको छ । जर्मन चान्सलर स्कोल्ज यही फेब्रुअरी २५ मा भारतको राजधानी नयाँदिल्ली अवतरण गर्नेछन् ।

उनका साथमा जर्मनका उच्चपदस्थ टोली, व्यापारिक प्रतिष्ठानका बरिष्ठ व्यक्तिहरुसमेतले भारत भ्रमण गर्नेछन् । नयाँदिल्लीमा रहँदा उनले भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग भेटवार्ता गर्नेछन् । यस्तै त्यसको भोलिपल्ट जर्मन चान्सलरस्कोल्जलगायतको टोली भारतको अर्को शहर बैंङ्गलोर जानेछ् । जर्मन चान्सलरको भारत भ्रमण विशेषतः द्विपक्षीय, क्षेत्रीय र विश्वस्तरीय महत्त्वका अलावा सुदृढ लगानी र व्यापारिक सम्बन्ध, हरित एवं दीगो विकासमा सहयोगलगायतमा केन्द्रित रहने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम
२०७७ बैशाख २० गते शनिबार
०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका...
याङ्गुनका सडकमा ओर्लियो मानव सागर !
२०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१याङ्गगुन । म्यान्मारमा केहीदिनअघि भएको सैनिक ‘कू’...
अष्ट्रेलियाले विदेशी नागरिकलाई प्रवेशमा रोक लगायो, ६ महिनासम्म यो क्रम निरन्तर रहनसक्ने
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२० सिड्नी । कोरोना भाईरस (कोभिड १९)...
विभिन्न आयोगले पायो पूर्णता , प्रमुखहरुले लिए आजै शपथ
२०७५ चैत्र ७ गते बिहिबार
२१ मार्च, २०१७ काठमाडौं । विभिन्न आयोगहरुमा रिक्त रहेका...
Top