नेपालमा एकैदिन कोरोनाका थप ३ संक्रमित भेटिए, पहिलोपटक एकबाट अर्कोमा संक्रमण भएको पुष्टि

Best Khabar Team | २०७६ चैत्र २२ गते शनिबार


०४ मार्च, २०२०
काठमाडौं । नेपालमा एकैदिन थप तीन जनामा नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी थप तीन जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि गरेको हो ।

यसअघि ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो भने आज थप तीनजना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार रोजगारीको लागि भारत पुगेका कैलाली र कञ्चनपुरका दुईजना र यसअघि संक्रमित भएकाको आफन्त गरी थप ३ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको हो । रोजगारीको लागि भारतको मुम्बई गएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनी आइसोलेसनमा थिए ।

ल्याव रिपोर्टमा उनमा कोरोना संक्रमण भेटिएको पुष्टि भएको हो । यस्तै, ल्यावको रिपोर्ट अनुसार कञ्चनपुरका ४१ वर्षीय पुरूषमा पनि कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । उनी भारतको उत्तराखण्डबाट केही साता अघि कञ्चनपुर फर्केका थिए । यस्तै आज थप भएका अर्का एकजना महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषका भाउजु रहेको मन्त्रालयले जनाएको छ । सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति ! भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति !

२०८२ बैशाख २७ गते शनिबार

१० मे, २०२५नयाँदिल्ली, भारत । ४ दिनदेखि भारत र...

नेकपाको  निर्णय : ३ नम्बर प्रदेशको  नाम बाग्मती, केन्द्र हेटौंडा नेकपाको निर्णय : ३ नम्बर प्रदेशको नाम बाग्मती, केन्द्र हेटौंडा

२०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा)...

भारतमा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरुमाथि सांघातिक हमला, दर्जनौं विद्यार्थी घाइते (भिडियोसहित) भारतमा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरुमाथि सांघातिक हमला, दर्जनौं विद्यार्थी घाइते (भिडियोसहित)

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० नयाँदिल्ली । भारतको चर्चित जवाहरलाल नेहरु...

युरोपमा कोरोनाको पहिलो ‘इपिसेन्टर’ इटलीले जुनदेखि पर्यटकलाई स्वागत गर्दै युरोपमा कोरोनाको पहिलो ‘इपिसेन्टर’ इटलीले जुनदेखि पर्यटकलाई स्वागत गर्दै

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०मिलानो । कोरोना भाइरस (कोभिड १९) को...

Top