Best Khabar Team | २०७९ फाल्गुन ९ गते मंगलबार
२१ फेब्रुअरी, २०२३
इस्तानबुल, टर्की । झण्डै ४६ हजारको ज्यान जाने गरी शक्तिशाली भूकम्प गएको २ सातापछि टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । टर्कीको हतय प्रान्त केन्द्रबिन्दु भएर सोमबार गएको भूकम्पमा परी हालसम्म ३ जनाको मृत्यु भएको तथा ७ सय भन्दा बढी घाइते भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सोमबार पुनः गएको भूकम्प ६ दशमलव ३ म्याग्नेच्युडको रहेको टर्कीको विपद् तथा आकस्मिक व्यवस्थापन संस्था एएफएडीले उल्लेख गरेको छ । साँझ करिब पौने ९ बजे स्थानीय समयअनुसार गएको सो भूकम्पको धक्का छिमेकी सिरियामा समेत महशुस गरिएको थियो । यसअघि गएको फेब्रुअरी ६ मा गएको भूकम्पमा परी हालसम्म टर्कीमा मात्रै कम्तीमा ४६ हजार जनाको ज्यान गएको तथ्य सार्वजनिक भएको छ ।

सो भूकम्पले छिमेकी मुलुकमा पनि हजारौको ज्यान लिएको थियो । भूकम्पमा परी परी घाइते भएकाहरुको उद्दार तथा उपचारको काम अहिलेसम्म जारी छ । फेब्रुअरी ६ को ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्पपछि पनि टर्कीमा सानाठूला गरी सयौं भूकम्पका पराकम्पनहरु गै रहेको बताइएको छ । सोमबार गएको भूकम्पको केन्द्रबिन्दु टर्कीको इस्तानबुलबाट दक्षिणी समुद्री क्षेत्रमा पर्दछ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो
२०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४...
पौषेझरी दर्किँरहँदा बृद्दाश्रम खोज्दै भौतारिने यी अभागी आमा…….
२०७६ पुष १९ गते शनिबार
काठमाडौं । पुस १८ गते शुक्रबार, बिहानैदेखि काठमाडौंको मौसम...
आहा ! कैलाश पर्वत
२०७६ पुष १७ गते बिहिबार
शब्द तथा तस्वीर : पि.एल. ‘तरंग’ /बेष्टखबर डटकम तपाईँहरुमध्ये...
धादिङ्गमा जीप दुर्घटना, ४ को मृत्यु, १२ घाइते
२०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१९ धादिङ्ग । धादिङ्गको गजुरी गाउँपालिकामा जीप...
Top