दुईसातापछि टर्कीमा फेरि शक्तिशाली भूकम्प : सयौं घाइते

Best Khabar Team | २०७९ फाल्गुन ९ गते मंगलबार


२१ फेब्रुअरी, २०२३
इस्तानबुल, टर्की । झण्डै ४६ हजारको ज्यान जाने गरी शक्तिशाली भूकम्प गएको २ सातापछि टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । टर्कीको हतय प्रान्त केन्द्रबिन्दु भएर सोमबार गएको भूकम्पमा परी हालसम्म ३ जनाको मृत्यु भएको तथा ७ सय भन्दा बढी घाइते भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सोमबार पुनः गएको भूकम्प ६‌ दशमलव ३ म्याग्नेच्युडको रहेको टर्कीको विपद् तथा आकस्मिक व्यवस्थापन संस्था एएफएडीले उल्लेख गरेको छ । साँझ करिब पौने ९ बजे स्थानीय समयअनुसार गएको सो भूकम्पको धक्का छिमेकी सिरियामा समेत महशुस गरिएको थियो । यसअघि गएको फेब्रुअरी ६ मा गएको भूकम्पमा परी हालसम्म टर्कीमा मात्रै कम्तीमा ४६ हजार जनाको ज्यान गएको तथ्य सार्वजनिक भएको छ ।

तस्वीर : अलजजिरा

सो भूकम्पले छिमेकी मुलुकमा पनि हजारौको ज्यान लिएको थियो । भूकम्पमा परी परी घाइते भएकाहरुको उद्दार तथा उपचारको काम अहिलेसम्म जारी छ । फेब्रुअरी ६ को ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्पपछि पनि टर्कीमा सानाठूला गरी सयौं भूकम्पका पराकम्पनहरु गै रहेको बताइएको छ । सोमबार गएको भूकम्पको केन्द्रबिन्दु टर्कीको इस्तानबुलबाट दक्षिणी समुद्री क्षेत्रमा पर्दछ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । प्रदेशनम्बर ३ मा पर्ने...

फेरि बढ्न थाले नेपालमा कोरोना संक्रमित फेरि बढ्न थाले नेपालमा कोरोना संक्रमित

२०७७ चैत्र २४ गते मंगलबार

०६ अप्रिल, २०२१काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणको...

‘बहादुर कुकुर’हरुले गोर्खामा चितुवा मारे ‘बहादुर कुकुर’हरुले गोर्खामा चितुवा मारे

२०७५ चैत्र ८ गते शुक्रबार

२२ मार्च, २०१९ काठमाडौं । सामान्य बोलीचालिको भाषामा हामी...

पोर्चुगलका चिकित्सकको मर्मस्पर्शी भिडियो, जसले भाबुक तुल्याउँछ (भिडियोसहित) पोर्चुगलका चिकित्सकको मर्मस्पर्शी भिडियो, जसले भाबुक तुल्याउँछ (भिडियोसहित)

२०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०पोर्तिमाउ । विश्वभर कोरोनाको महामारी चलिरहँदा यसको...

Top