पसिनाको मुल्य माग्दै काठमाडौंमा किसान आन्दोलन

Best Khabar Team | २०७७ मंशिर २८ गते आइतबार


१३ डिसेम्बर, २०२०
काठमाडौं । आफूहरुले चिनी मिललाई विक्री गरेको उखुको बाँकी रकम दिलाउन सरकारसँग् मागगर्दै तराईका विभिन्न जिल्लाका किसानहरु काठमाडौं आइ पुगेर आन्दोलित भएका छन् । सिँगो विश्व तथा नेपाल समेत कोरानाको चपेटामा रुमलिरहेका बेला तराईका विभिन्न जिल्लाका उखु किसान काठमाडौं आएर फेरि सरकारसँग न्याय मागिरहेका हुन् ।

विगतमा आफूहरुले उत्पादन गरेको उखु विभिन्न चिनी मिललाई विक्री गरिएको भएपनि ती चिनी मिलले आफूहरुलाई बक्यौता रकम दिनका आनाकानी गरेको भन्दै उनीहरुले फेरि काठमाडौंमा आन्दोलन शुरु गरेका हुन् । सरकारसँग भएको सहमतिको करिब १ वर्ष पुग्न लाग्दा उनीहरु फेरि काठमाडौं आएर सरकारसँग न्यायको ढोका ढकढक्याउन बाध्य भएका हुन् । यही माग राखेर गत वर्ष पुसको पहिलो साता उनीहरुले राजधानी केन्द्रीत आन्दोलन गरेका थिए ।

करिब ३ सातासम्म आन्दोलन गरेपछि चिनी मिल सञ्चालक सरकार र किसानहबीच उखुको मुल्य तत्काल उपलब्ध गराउने विषयमा सहमति बनको थियो । सहमतिमा माघ महिनाभित्र किसानलाई बाँकी बक्यौता रकम दिने सहमति सरकार र किसानको उपस्थितिमा चिनी मिल सञ्चालकहरुले गरेका थिए । तर सहमति भएको १ वर्षसम्मपनि अझै अधिकांश चिनी मिलले किसानको बक्यौता रकम नदिएपछि कोरोनाको जोखिमलाई वेवास्ता गर्दै उखु किसानहरु काठमाडौंमा आन्दोलन गर्न आइपुगेका हुन् ।

उनीहरुले आजदेखि काठमाडौंको माइतीघर मण्डला केन्द्रीत आन्दोलन शुरु गरेका छन् । ‘उखु किसान सङ्घर्ष समिति’ को संयोजनमा शुरु भएको आन्दोलनमा सहभागीहरुले विगतमा भएका सहमती कार्यान्वयन गराउनुपर्ने, किसानलाई राज्यले हेर्ने दृष्टिकोण बदल्नुपर्ने तथा किसानलाई पर्याप्त अनुदानको व्यवस्था गरी कृषिकर्म गर्ने वातावरण बनाउनुपर्नेलगायतका माग अघि सारेका छन् ।

हालसम्म किसानहरुलाई श्रीराम चिनी उद्योगले ३२ करोड अन्नपूर्ण चिनी उद्योगले १७ करोड, लुम्बिनी चिनी उद्योगले ८ करोड ४१ लाख र इन्दिरा चिनी उद्योगले ४ करोड ७० लाख बक्यौदा किसानहरुलाई तिर्न बाँकी रहेको उद्योग मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

विगतमा भएको आन्दोलनमा एक महिनाभित्र उखुको बाँकी बक्यौता रकम तिर्नका लागि उखुमिल सञ्चालकलाई बाध्य बनाउने सरकारी आश्वासनपछि किसानहरुले आन्दोलन रोकेका थिए । तर यसपटक आश्वासन र सहमतिमा आन्दोलन नरोक्ने भन्दै करिब ३० जना किसानहरु ३ दिनअघि काठमाडौं आएर आन्दोलनमा होमिएका हुन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालकी पहिलो महिला प्रधानमन्त्री कार्कीको अबको दायित्व नेपालकी पहिलो महिला प्रधानमन्त्री कार्कीको अबको दायित्व

२०८२ भाद्र २८ गते शनिबार

नेपालको इतिहाँसमा पहिलो पटक महिला प्रधानमन्त्रीको रुपमा पूर्वप्रधानन्यायधीश सुशीला...

देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा

२०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१काठमाडौं । केहीदिनयता देशभर कोरोना संक्रमितको संख्या...

म्यानमारबाट २६ नेपाली स्वदेश फिर्ता, दुबईबाट पनि आजै आउँदै म्यानमारबाट २६ नेपाली स्वदेश फिर्ता, दुबईबाट पनि आजै आउँदै

२०७७ जेठ २३ गते शुक्रबार

०५ मे, २०२०काठमाडौं । मुलुकमा लकडाउन भएको ७० दिनपछि...

तनुहँको पर्यटकीय नगरी बन्दीपुरलाई ‘सिल’ गरियो, अस्पताल पनि २ साताका लागि बन्द तनुहँको पर्यटकीय नगरी बन्दीपुरलाई ‘सिल’ गरियो, अस्पताल पनि २ साताका लागि बन्द

२०७७ असार ९ गते मंगलबार

२३ जुन, २०२०डुम्रे, तनहुँ । तहुँ जिल्लाको पर्यटकीय नगरीको...

Top