भारतसँगको साप्ताहिक हवाई उडान दोब्बर बनाउँदै नेपाल

Best Khabar Team | २०७८ श्रावण ४ गते सोमबार


१९ जुलाई, २०२१
नयाँदिल्ली, भारत । नेपालले भारतसँग हाल भैरहेको हवाई उडान संख्या दोब्बर बढाउने निर्णय गरेको छ । नेपालबाट हाल भारतमा सातामा ३ वटामात्रै हवाई उडान भैरहेकोमा आगामी जुन २४ तारिखदेखि भने यो सख्या दोब्बर बनाउन लागिएको हो । नेपालमा नयाँ सरकार गठनभएसँगै बसेको मन्त्रीपरिषद्को बैठकले यात्रुहरुको चाप र कम उडान हुँदा उनीहरुले तिर्नुपरेको चर्को भाडादरलाई मध्यनजर गर्दै उडान दोब्बर बनाउने निर्णय गरेको हो ।

फाइल तस्वीर ।

यद्यपि यो नियम भने आगामी साउन ९ अर्थात् जुन २४ बाटमात्रै लागुहुने । हाल नेपाल भारत सातामा ३ वटामात्रै उडान हुँदै आएको छ । जसका कारण नेपालबाट भारत आउन चाहनेहरुले दोब्बर महंगोसम्म भाडा तिर्नुपरेको गुनासो गरिरहेका छन् । हाल नेपाली ध्वजाबाहक नेपाल बायुसेवा निगमले नेपालमा सातामा ३ वडा उडान भरिरहेको छ । यस्तै भारतबाट पनि सातामा ३ वटामात्रै उडान भैरहेको छ ।

अब भने सोमबार, बुधबार र शनिबार नेपाल बायुसेवा निगमले उडान भर्नेछ । तर भारतले आगमी दिनमा कति उडान नेपालका लागि थप्छ भन्ने अहिलेसम्म निर्णय सार्वजनिक भैसकेको छैन । कोरोनाको कारण नियमित हवाई उडानमा कटौती भएका कारण अत्यावश्यक कामले नेपाल भारत हवाई यात्रा गर्नुपर्ने यात्रुहरु मार्कामा परेका थिए । भारतसँगै नेपालमा पनि अहिले कोरोना संक्रमितको संख्या घट्न थालेपछि हवाई उडान बढाउन लागिएको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हारेर होइन जितेर हराऔं कोरोना हारेर होइन जितेर हराऔं कोरोना

२०७७ जेठ १९ गते सोमबार

बैदेशिक रोजगारीका लागि जन्मभूमिलाई छाडेर कर्मभूमि कतारमा छु यतिबेला...

पश्चिमी बायुको प्रभाव : देशका अधिकांश स्थानमा आइतबारसम्म वर्षाको सम्भावना पश्चिमी बायुको प्रभाव : देशका अधिकांश स्थानमा आइतबारसम्म वर्षाको सम्भावना

२०७७ जेठ १६ गते शुक्रबार

२९ मे, २०२०काठमाडौं । स्थानीय तथा पश्चिमी बायुको संयुक्त...

सेप्टेम्बर १६ (भदौ मसान्त) सम्म आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी सञ्चालन नहुने सेप्टेम्बर १६ (भदौ मसान्त) सम्म आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी सञ्चालन नहुने

२०७७ भाद्र १४ गते आइतबार

३० अगस्ट, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशव्यापी रुपमा कोरोना...

सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

२०७७ मंशिर १५ गते सोमबार

३० नोभेम्बर, २०२०काठमाडौं । सरकारले छिमेकी मुलुक भारतसहित नेपालसँग...

Top