अछाममा ‘हाइ अल्टिच्यूट’ बाट वडा अध्यक्षको ज्यान गयो

Best Khabar Team | २०७४ श्रावण २२ गते आइतबार






०६ अगस्ट, २०१७
काठमाडौं । सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने अछाम जिल्लामा लेक लागेर (हाइ अल्टिच्यूटबाट) बाट नवनिर्वाचित वडा अध्यक्षको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको मल्लेख गाउँपालिका वडा नम्बर ५ का हालै निर्वाचित अध्यक्ष रामबहादुर बोहोराको अल्टिच्युटका कारण ज्यान गएको हो ।

प्रसिद्ध धार्मिकस्थल बाजुराको बडीमालिका जाने क्रममा उनको बाटैमा निधन भएको प्रहरीको भनाई छ । स्थानीय त्रिवेणी नगरपालिका वडा नम्बर ९ स्थित लौरी विनायक भन्ने स्थानमा एक्कासी हाइ अल्टिच्यूट लागेपछि उनी बेहोस बनेका थिए । स्थानीय वासिन्दाका अनुसार उनको केहीबेरपछि सोही स्थानमै ज्यान गएको थियो ।

घटनास्थल पुग्न जिल्ला सदरमुकामबाट २ दिन पैदल यात्रा तय गर्नुपर्नेछ । मृतक बोहोराको शव हाल सोही स्थानमा रहेको र शव ल्याउनका लागि गृहमन्त्रालय मार्फत् हेलिकोप्टर झिकाउन पहल भै रहेको बताइएको छ ।

दोश्रो चरणको स्थानीय तहको चुनावमा बोहोरा मल्लेख गाउँपालिका वडा नम्बर ५ बाट वडा अध्यक्षमा विजयी भएका थिए । नेपाली काँग्रेसबाट वडा अध्यक्षमा विजयी बोहोरा सशस्त्र द्वन्द्वका बेला सशस्त्र प्रहरीमा कार्यरत थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सेप्टेम्बर १६ (भदौ मसान्त) सम्म आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी सञ्चालन नहुने सेप्टेम्बर १६ (भदौ मसान्त) सम्म आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी सञ्चालन नहुने

२०७७ भाद्र १४ गते आइतबार

३० अगस्ट, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशव्यापी रुपमा कोरोना...

कोरोना संक्रमित विश्वका झण्डै ८६ हजार मानिसको उपचार सफल कोरोना संक्रमित विश्वका झण्डै ८६ हजार मानिसको उपचार सफल

२०७६ चैत्र ६ गते बिहिबार

विश्वभर अहिले कोरोना भाइरसको प्रकोप बढ्दै छ । विश्वका...

माओवादीका केन्द्रीयसहित ८ नेताकार्यकर्ता पक्राउ माओवादीका केन्द्रीयसहित ८ नेताकार्यकर्ता पक्राउ

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको...

कमलादीबाट बरामद भएको १५ किलो सम्भावित ‘सुनको’ परीक्षण हुँदै कमलादीबाट बरामद भएको १५ किलो सम्भावित ‘सुनको’ परीक्षण हुँदै

२०७७ श्रावण १३ गते मंगलबार

२९ जुलाई, २०२०काठमाडौं । काठमाडौंको कमलादीमा प्रहरीले १५ किलो...

Top