Best Khabar Team | २०७४ श्रावण २२ गते आइतबार
०६ अगस्ट, २०१७
काठमाडौं । सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने अछाम जिल्लामा लेक लागेर (हाइ अल्टिच्यूटबाट) बाट नवनिर्वाचित वडा अध्यक्षको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको मल्लेख गाउँपालिका वडा नम्बर ५ का हालै निर्वाचित अध्यक्ष रामबहादुर बोहोराको अल्टिच्युटका कारण ज्यान गएको हो ।
प्रसिद्ध धार्मिकस्थल बाजुराको बडीमालिका जाने क्रममा उनको बाटैमा निधन भएको प्रहरीको भनाई छ । स्थानीय त्रिवेणी नगरपालिका वडा नम्बर ९ स्थित लौरी विनायक भन्ने स्थानमा एक्कासी हाइ अल्टिच्यूट लागेपछि उनी बेहोस बनेका थिए । स्थानीय वासिन्दाका अनुसार उनको केहीबेरपछि सोही स्थानमै ज्यान गएको थियो ।
घटनास्थल पुग्न जिल्ला सदरमुकामबाट २ दिन पैदल यात्रा तय गर्नुपर्नेछ । मृतक बोहोराको शव हाल सोही स्थानमा रहेको र शव ल्याउनका लागि गृहमन्त्रालय मार्फत् हेलिकोप्टर झिकाउन पहल भै रहेको बताइएको छ ।
दोश्रो चरणको स्थानीय तहको चुनावमा बोहोरा मल्लेख गाउँपालिका वडा नम्बर ५ बाट वडा अध्यक्षमा विजयी भएका थिए । नेपाली काँग्रेसबाट वडा अध्यक्षमा विजयी बोहोरा सशस्त्र द्वन्द्वका बेला सशस्त्र प्रहरीमा कार्यरत थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा थप ३ साता ‘लकडाउन’ लम्बियो, मृतकको संख्या साढे ३ सय नाघ्यो
२०७७ बैशाख २ गते मंगलबार
१४ अप्रिल, २०२० नयाँदिल्ली । विश्वभर महामारीको रुपमा फैलिएको...
अभिनेत्री मनीषा कोइराला काठमाडौं आएलगत्तै ‘क्वारेन्टाइनमा’
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०काठमाडौं । बलिउड अभिनेत्री नेपाली चेली मनीषा...
चराउन लगेकै बेला प्राण त्यागिन् ८४ वर्षकी ‘रतनकली’ले
२०७६ पुष १२ गते शनिबार
२ ८ डिसेम्बर, २०१९ कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय...
४ महिनापछि दर्शनार्थीका लागि भगवान् पशुपतिनाथको मन्दिर खुल्ला गर्ने तयारी
२०७७ श्रावण ३ गते शनिबार
१८ जुलाई, २०२०काठमाडौं । हिन्दुहरुको आराध्यदेव भगवान श्री पशुपतिनाथको...
Top