पूर्वसभामुख महरा थुनामुक्त

Best Khabar Team | २०७६ फाल्गुन ५ गते सोमबार


फाइल तस्वीर : कृष्णबहादुर महरा

१७ फेब्रुअरी, २०२०
काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कारको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरा जेलबाट छुटेका छन् । जिल्ला अदालत काठमाडौंले आज महराको पक्षमा फैसला सुनाएपछि महरा जेलमुक्त भएका हुन् । अदालतमा बयानका क्रममा महराविरुद्ध जाहेरी दिने संसद सचिवालयकी कर्मचारी शाहीले महराले आफूविरुद्ध बलात्कार प्रयास नगरेको बयान दिएपछि महरा थुनामुक्त भएका हुन् ।

अदालतको आदेशसँगै महरा महरा डिल्लीबजार कारागारबाट मुक्त भएका छन् । गत असोज १२ असोज गते सचिवालयकी महिला कर्मचारीलाई बलात्कारको आरोप लागेपछि त्यसको २ दिन पछि नेकपाको बैठक बसेर महरालाई सभामुख र संसद पद दुबैबाट निलम्बन गरिएको थियो । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको भन्दै महरा विरुद्ध गत असोजमा प्रहरीमा उजुरी परेपछि महरालाई सभामुख निवास बालुवाटारबाटै पक्राउ गरी घटनाको अनुसन्धान प्रक्रिया अघि बढाईको थियो ।

महराविरुद्ध फैसला गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गतेपूर्पक्षका लागि जेल चलाउने आदेश दिएसँगै महरा हालसम्म डिल्लीबजारस्थित कारागारमा बस्दै आएका थिए । जिल्ला अदालतको आदेशका विरुद्ध महराले उच्च अदालत पाटन पुगेर पुनरावेदनको माग गरेका थिए तर उच्च अदालतले पनि जिल्ला अदालतको आदेश सदर गरेका कारण उनी थुनामै बस्न बाध्य भएका थिए ।

पूर्वसभामुख महराविरुद्धको मुद्दामा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा हिजो दिनभर अन्तिम सुनुवाइ चलेको थियो। सरकारी पक्षबाट उमाकान्त खनाललगायतले बहस गरेको भएपनि महराको पक्षबाट बरिष्ठ अधिवक्ताहरु रमण श्रेष्ठ, शेरबहादुर केसी,लभ मैनाली,दिनमणी पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भुटानमा पहिलोपटक भेटियो कोरोना संक्रमित, थिप्पुका विद्यालय बन्द, नाका पनि सिल गरियो भुटानमा पहिलोपटक भेटियो कोरोना संक्रमित, थिप्पुका विद्यालय बन्द, नाका पनि सिल गरियो

२०७६ फाल्गुन २३ गते शुक्रबार

०६ मार्च, २०२० थिम्पु । भुटानमा पहिलो पटक कोरोना...

चिनियाँ राष्ट्रपति उत्तर कोरिया पुगेलगत्तै ट्रम्पले किमलाई पत्र पठाए चिनियाँ राष्ट्रपति उत्तर कोरिया पुगेलगत्तै ट्रम्पले किमलाई पत्र पठाए

२०७६ असार ८ गते आइतबार

२३ जुन, २०१९न्यूयोर्क । पछिल्लो समयमा अमेरिका र चीनबीच...

विश्वमा पहिलोपटक कोरोना भाइरसबाट कुकुरको मृत्यु, अमेरिकामा ‘जर्मन सेफर्ड’ प्रजातिको कुकुरमा कोरोना संक्रमण पुष्टि विश्वमा पहिलोपटक कोरोना भाइरसबाट कुकुरको मृत्यु, अमेरिकामा ‘जर्मन सेफर्ड’ प्रजातिको कुकुरमा कोरोना संक्रमण पुष्टि

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०न्युर्योक, अमेरिका । कोरोना भाइरसबाट पहिलोपटक विश्वमा...

आस्था राउत एयरपोर्ट काण्ड : कफिको कप लिएर विमानस्थलको चेकिङ्गसम्म पुगेपछिको  लफडा (भिडियोसहित) आस्था राउत एयरपोर्ट काण्ड : कफिको कप लिएर विमानस्थलको चेकिङ्गसम्म पुगेपछिको लफडा (भिडियोसहित)

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२०काठमाडौं । गायिका आस्था राउतले आफूलाई काठमाडौंको...

Top