२५ वर्षपछि विस्तार हुँदै अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल खण्ड

Best Khabar Team | २०७९ फाल्गुन ७ गते आइतबार


१९ फेब्रुअरी, २०२३
काठमाडौं । काठमाडौं उपत्यका अन्तर्गत भक्तपुर हुँदै बाहिरिने मूख्य राजमार्ग अन्तर्गतको सूर्यबिनायक–धुलिखेल सडक खण्डको स्तरोन्नती र सडकविस्तार हुने भएको छ । अरनिको राजमार्ग अन्र्तगत सूर्यबिनायकदेखि धुलिखेलसम्मको साढे १५ किलोमिटर सडकखण्ड आगामी ३ वर्षभित्रमा सक्ने गरी ४ लेनको रुपमा विस्तार गरिने भएको छ ।

तस्वीर साभार : गुगल म्याप ।

काभ्रेको धुलिखेल हुँदै काठमाडौं उपत्यका भित्रने तथा बाहिरिने मूख्य राजमार्गको रुपमा रहेको सडक सडकखण्ड २५ वर्षअघि निमार्ण गरिएको भएपनि यसको स्तरोन्नती भएको थिएन । जसका कारण पछिल्ला वर्षहरुमा उपत्यका भित्रने र बाहिरिने सवारी साधनको चाप थेग्नलाई यो सडकलाई हम्मे हम्मे पर्दै आएको थियो । साँघुरो सडककाकारण यात्रु तथा सवारीसाधनहरु घण्टौं जाममा पर्ने गरेका छन् । सडक साँघुरो हुँदा दुर्घटना पनि बढेपनि यसको विस्तार गर्नेतर्फ सडक बनेको २५ वर्षपछि मात्रै सरकारको ध्यान पुगेको छ ।

कुल ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने यो सडक पहिलो चरणमा साँगादेखि धुलिखेलसम्म विस्तार हुनेछ । यस्तै भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगासम्म दोश्रो चरणमा विस्तार गर्ने गरी सम्झौता भएको भौतिक योजना तथा निर्माण मन्त्रालयले जनाएको छ । पहिलो चरणको ठेक्का प्रक्रियाको जिम्मा लामा कन्स्ट्रक्सनले पाएको छ । सूर्यबिनायकदेखि धुलिखेलसम्मको सडकको दूरी कुल १५ दशमलव ५ किलोमिटर रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विश्वमा पहिलोपटक कोरोना भाइरसबाट कुकुरको मृत्यु, अमेरिकामा ‘जर्मन सेफर्ड’ प्रजातिको कुकुरमा कोरोना संक्रमण पुष्टि विश्वमा पहिलोपटक कोरोना भाइरसबाट कुकुरको मृत्यु, अमेरिकामा ‘जर्मन सेफर्ड’ प्रजातिको कुकुरमा कोरोना संक्रमण पुष्टि

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०न्युर्योक, अमेरिका । कोरोना भाइरसबाट पहिलोपटक विश्वमा...

नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी

२०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट...

विरलै  देखिने घटना : शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि…….(भाइरल भिडियो ) विरलै देखिने घटना : शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि…….(भाइरल भिडियो )

२०७७ बैशाख १५ गते सोमबार

२७ अप्रिल, २०२०कन्याम । इलाममा आज दिउँसो ज्यान गुमाएका...

पछिल्लो २४ घण्टामा भेटिए १ हजार १११ संक्रमित , काठमाडौंमा एकैदिन थपिए हालसम्मकै धेरै पछिल्लो २४ घण्टामा भेटिए १ हजार १११ संक्रमित , काठमाडौंमा एकैदिन थपिए हालसम्मकै धेरै

२०७७ भाद्र ११ गते बिहिबार

२७ अगस्ट, २०२०काठमाडौं । नेपालमा पहिलोपटक एकैदिन १ हजार...

Top